आज अग्रजबाट टिका र आशिष थापिदै
पूर्णपुष्टि, कार्तिक ७ ।
आज विजया दशमी आफुभन्दा अग्रजबाट टिका जमरा लगाएर आशिर्वाद लिनेक्रम चलिरहेको छ । यसवर्षको दशैंै शान्तिपूर्वक उल्लासमय ढंगले भइरहेको छ ।
घरघरमा आमा बुवा तथा अग्रजबाट टिका थापेर मिठो परिकार, नाचगानमा रमाउने गरिएको छ । घरका साथै आफन्त, नरनाताकोमा समेत टिका थाप्न घुम्ने चलन छ । माइती, मावली, ससुरालीमा विशेष पाहुनाको रुपमा आउजाउ गर्ने नेपाली चलन हो । पाहुना जाँदा कोशेली बोक्ने चलन छ ।
पहुनालाई घरको विशेष परिकार मासु, सेलरोटी, खाना, फलफुल आदि खुवाउने गरिन्छ । यो पर्व विशेष भेटघाटको पर्वको रुपमा पनि हुन्छ । बर्षौ पछिको भेटघाट हुन्छ यतिबेला । टाढा देश परदेश गएकाहरु प्नि घर फर्केका हुन्छन् ।
गाउँमा लिङ्गे पिङ लगाई खेल्ने गरिन्छ । बर्षमा एकपटक भइ छोड्नुपर्छ भन्ने मान्यतालाई पिङ खेलेर पुरा गरिन्छ । पहिले पहिले रोटेपिङ बन्ने गथ्र्यो । आजभोली कथा मात्र बाँकी छ । लिंगै पिङ पनि...









