Friday, August 21News That Matters

Breaking News 1

समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानलै विजयी

समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानलै विजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ९ आज भएको जिल्ला समन्वय समिति उदयपुरको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ । काग्रेस, माओवादी केन्द्र र एकिकृत सवाजवादी तिन दलिय गठबन्धनले एमालेलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ । गठबन्धनबाट प्रमुखमा गौर ब. विश्वकर्मा विजयी भएका छन् । उनले एमालेका ईन्द्र ब. कार्कीलाई पराजित गरेका छन् । यस्तै उपप्रमुखमा काग्रेसका तेज प्रसार गिरीले एमालेकी हेम कुमारी विश्वकर्मालाई पराजित गरेका छन् । समन्वय समितिको सदस्यमा गठबन्धनबाट नेपली काग्रेसका विष्णु कटुवाल, मन्जु कुमारी कटुवाल, माअ‍ेवादीबाट गोमा कार्की ढुङ्गाना, पद कुमारी राई, ईन्द्र ब. थापा, विन्दा कुमारी विश्वकर्मा विजयी भएका छन् ।...
बस दुर्घटनाहुँदा एकको मृत्यु, ११ घाइते मध्ये उदयपुरका एक दम्पतीको अवस्था गम्भिर

बस दुर्घटनाहुँदा एकको मृत्यु, ११ घाइते मध्ये उदयपुरका एक दम्पतीको अवस्था गम्भिर

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ९ सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिनु भएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिनुभयो । विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उहाँकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ...
वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी

वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ९ देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७७ । ७८ को साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो । चालु आव २०७८÷७९ को सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि रु एक खर्ब ५३ अर्ब ३६ करोड ७ लाख मुल्यको २५ लाख ३१ हजार ६ सय ६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आव भन्दा ७८।५१ प्रतिशत बढी इन्धन आयात हो । त्यस्तै, वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धी भएको छ । ग...
सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ९ नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिनुभयो । सिफारिस भएकामध्ये पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली हुनुहुन्छ । यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ...
उदयपुरमा किरात राई चलचित्रकर्मी संघ गठन

उदयपुरमा किरात राई चलचित्रकर्मी संघ गठन

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ८ उदयपुरमा किराँत राई चलचित्रकर्मीसंघ गठन भएको छ । प्रदेश नं १ को बिभिन्न जिल्लाहरुमा गठन गर्ने अभियान अन्तर्गत उदयपुरमा पनि गरिएको हो । उदयपुरमा बिक्रम राईको अध्यक्षतामा १३ कार्यसमिति गठित भएको छ । हाल अध्यक्ष बिक्रम राई, सचिव चेवान राई, सहसचिवमा भावना राई, कोषाध्याक्षमा मुना राई रहेको छ । यस्तै गरी सदस्यहरुमा डम्वर बहादुर राई (डिबि), समिप राई र मौसम किराती रहेको छ । अन्य बाँकी रहेको पद भने अर्को बैठकबाट मनोनित गरी समितिलाई पूर्णता दिईने गरी कार्यसमिति निर्माण भएको छ । संघका केन्द्रीय अध्यक्ष केसव राई लगायतको उपस्थितिमा गाईघाटमा जिल्ला कार्यसमिति गाईघाटमा गठन गरिएको हो । अध्यक्ष राईले चलचित्र मार्फत किराँतीहरुको संस्कार संस्कृति, सभ्यता र पहिचानको उत्थानका निम्ति जिल्ला प्रदेश र केन्द्र सम्म यसको कमिटी निर्माण हुन आवश्यक रहेको जनाए । चलचित्र एक समाजको ऐना समेत रहे...
प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

Breaking News 1
काठमाडौं, असार ८ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । रासस...
प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

Breaking News 1, समाचार
काठमाडौं, असार ८ गते । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताउनुभयो । प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताउनुभयो । प्रदेश मन्त्रालयमा पेश ...
सिप सिकेर विदेश जानेको संख्या उदयपुरमा न्युन

सिप सिकेर विदेश जानेको संख्या उदयपुरमा न्युन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ७ नेपालमा वैदेशिक रोजगारको समस्याले ठुलो असर गरेको तथ्याङकले देखाएको छ । प्रत्येक बर्ष करिब ४ लाख ५० हजार मानिसले नेपालमा रोजगारी खोजीरहेको अवस्थामा त्यो उपयुक्त नभएको अवस्था छ । नेपाल सरकार, करार र संघसंस्थाको आवेदनमा करिब ५० हजार मानिसहरुलाई रोजगार दिन सकिने भएता पनि बाँकी ४ लाख भने रोजगार बिहिन अवस्थामा पुग्ने एक तथ्याँङकले देखाउँछ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले नेपालमा प्रत्येक बर्ष बेरोजगारीको संख्याले चुनौती थप्दै आएको देखाएको छ । यसरी बर्षिक रुपमा नेपाल सरकार निजी लगायतले ५० हाजर भन्दा बढीलाई रोजगार दिन नसक्ने स्थितिकै कारण बर्षेनी रोजगारीका शिलशिलामा बाँकी ४ लाख युवायुतिहरुको गन्तव्य भने बैदेशिक रोजगारमा जोडिन्छन् । आफ्नो देशमा रोजगार नपाएको विडम्वनाले बैदेशिक रोजगारमा जाने युवायुतिहरु पनि अव्यवस्थित वैदेशिक यात्राका कारण ठुलो समस्यामा पर्ने गर्छन् । न...
गाईघाटमा पोषण तथा विद्यालय करेषावारी बारे २ दिने प्रशिक्षण तालिम सम्पन्न

गाईघाटमा पोषण तथा विद्यालय करेषावारी बारे २ दिने प्रशिक्षण तालिम सम्पन्न

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि असार ७ गाईघाटमा दुई दिने पोषण तथा विद्यालय करेषावारी सम्बन्धी प्रशिक्षक, प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको छ । वाल संवेदनशील जिविकोपार्जन तथा सामाजिक सुरक्षा ( ऋीक्ए ) परियोजना अन्तरर्गत (सेभ द चिल्डे«न) को सहयोग तथा वालविकास समाज नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । बालवालिकाहरुलाई बिषेशगरी स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग र योगदाका निम्ति सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई उपस्थित गराई प्रशिक्षण तथा प्रशिक्षकको कार्यक्रम आयोजना गरिएको वालविकास समाज नेपाल उदयपुरका कार्यक्रम अधिकृत तथा तालिममा सहभागी चेतराज श्रेष्ठले जनाए । अहिले बाहिर बाट आएका र बजारमा पाईने तरकारीहरुले मानिसको स्वास्थ्यमा खराव गर्नु का साथै वालवालिकाहरुमा झनै असर पर्ने हुँदा प्रत्येक घरमा खानका लागि करेषावारी निर्माण गर्नु पर्ने भन्दै सम्बन्धित व्यक्तिहरु लाई तालिम दिईएको श्रेष्ठले जना...
समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन र एमाले भिड्दै

समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन र एमाले भिड्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ७ गते । जिल्ला समन्वय समितिमा काँग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन र एमाले भिड्ने भएका छन् । गठबन्धन तर्फबाट एकिकृत समाजवादीका गौर बहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदवारी दिएका छन्, भने एकालेबाट इन्द्र राज कार्कीले मनोनयन दर्ता गरेका छन् । यस्तै उप–प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज प्रसाद गिरीले मनोनयन गर्दा, एमालेबाट हिम कुमारी विश्वकर्माले उम्मेवारी दिएकी छिन् । जिल्ला समन्वय समितिको निर्वाचन असार ९ गते हुदैछ । जसमा १६ जना मतदातामध्ये गठबन्धनका ११ र एमालेका ५ छन् ।...