Friday, August 21News That Matters

Breaking News 1

किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १४ इतिहाँसमै पहिलो पटक किराँत समुदाय किराँत राई विद्यार्थी संघ (किरावी) को झण्डा सगरमाथाको चुचुरमा फहराउन सफल भएको छ । संघको झण्डालाई अविरल राईले सगरमाथाको चुचुरोमा पुर्याएर फहराउनु भएको हो । राई किराँत सामुदायको एक मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय माउन्टेन गाईड समेत हुन् । उहाँले नेपालका ८ हजार माथीका २ हिमाल र विश्वका ५५ ओटा हिमालमा नेपाली झण्डा र आफ्नो समुदायको झण्डा फहराउने गरी आरोहन गरिसक्नु भएको छ । संघको झण्डा करिब ५ बर्ष अघि धिरेन्द्र रुम्दालीले आफु किरात राई बिद्यार्थी संघकोअध्यक्ष हुँदा अबिरल राईलाई हस्तान्तरण गर्नुभएको थियो । सोही झण्डा २०७९÷०१÷२९ गते बिहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेर फहर्याएको थियो । संघको झण्डा ईतिहासमै पहिलो पटक सगरमाथाको चुचुरामा पहर्याउन सफल भएको हो। उहाले नेपाल आर्मीको सगरमाथा सफाई गर्ने टिमको नेतृत्व गरेर सगरमाथा चड्नु भएक...
उदयपुरमा बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा

उदयपुरमा बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १३ गते । देशैभर सञ्चालन भएको बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान उदयपुरमा पनि घोषणा भएको छ । आइतवार पिपल चोकमा त्रियुगा नगरपालिकाको उप–मेयर महेश्वरी राईलाई बलात्कार विरुद्धको ध्यानार्कषण पत्र ज्ञापन गरेर अभियानको सुरुवात भएको थियो । ओरेक नेपालको नेतृत्वमा “कानुनी तथा सामाजिक न्यायको अधिकार हिसां रहित समाजको आधार ” भन्ने नाराका साथ सयुक्त रुपमा अभियान घोषणा भएकोे हो । ओरेक नेपाल , महिला मानव अधिकार रक्षक संजाल, गैसस, महिला सशक्तिकरण स्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरले संयुक्त रुपमा बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा गरेको छ । जिल्लाको प्रत्यक नगरपालिकामा बलात्कारको घटना घटेको छ । महिलाहरु नत घरमा नत समुदायमानै सुरक्षित छन् । बलात्कृत महिलालाई न्याय दिने ठाउँमा दोषी बनाईन्छ र बतात्कारीलाई सुरक्षा दिइन्छ । यसता महिला माथि हुने जस्तोसुकै हिंसा विरुद्...
‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग

‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग

Breaking News 1
काठमाडौं, असार १३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपलिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । आगामी २०७९÷८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारीदिनुभयो । उहाँले भन्नुभयो,...
बेलकाको अनुमानित बजेट ७७ करोड ७४ लाख

बेलकाको अनुमानित बजेट ७७ करोड ७४ लाख

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १२ गते । उदयपुरको बेलका नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट ७७ करोड ७४ लाख रहेको छ । उपमेयर जीराकुमारी राईले नगर सभाको १० औं अधिवेशनबाट सो बजेट पारीत भएको हो । संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६९ लाख, सशर्त अनुदान तर्फ ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड र समपुरक अनुदान तर्फ २ करोड ६० लाख गरी ५२ करोड ४७ लाखको बजेट विनियोजन भएको छ । प्रदेश नं. १ बाट प्राप्त वित्तिय समानिकरण तर्फ ७९ लाख ८९ हजार, सशर्त अनुदान तर्फ ६३ लाख ९४ हजार र समपुरक अनुदान तर्फ १ करोड गरी २ करोड ४३ लाख ८३ हजारको बजेट विनियोजन गरेको छ । त्यस्तै, संघिय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४५ लाख २५ हजार, प्रदेश सरकार राजश्व वाडफाँड ६५ लाख २८ हजार १५० रुपैया, रोयल्टी वाडफाँड संघबाट ६ लाख गरी राजश्व वाडफाँडमा १४ करोड १६ लाख ५३ हजार १५० रुपैयाको अनुमानित बजेट पेश गर...
उदयपुरमा हार्निया तथा हाईड्रोशिलको शिविर सम्पन्न

उदयपुरमा हार्निया तथा हाईड्रोशिलको शिविर सम्पन्न

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, अषार ११ जिल्ला अस्पताल उदयपुरको आयोजनामा भएको दुईदिने हिर्निया तथा हाईड्रोशिलको शिविर सम्पन्न भएको छ । हिजै अषार १० गतेदेखी शुरु भएको शिविरमा ६ जनाको हार्निया र ६ जनाको हाईड्रोशिल बिरामीको अप्रेशन गरिएको छ । डा. रविन्द्र तामाङ (कसन्टेन्ट सर्जन) को नेतृत्वमा भएको निशुल्क शिविरमा एनेस्थेसेयोलोजिष्ट डा. कौशल तामाङ, एमडिजिपि डा. अमरेन्द्र कुमार महत्तो, नर्सिङ्ग इन्चार्ज छवित्रा राई, नर्स निर्मला पाण्डे र रत्न कुमारी राई लगायतको टिम अप्रेशनमा सरिक भएको थियो । उक्त शिविरको कार्यक्रम संयोजक सुरेश कुमार पाण्डे रहेका थिए । अस्पतालले आफ्नो नियमित कार्यक्रम अन्तर्गत शिविर चलाएको निमित्त सुपरिडेन्टेट डा. मुकेश कुमार झा ले बताएका छन । जिल्लमै जटिल प्रकृतिको हर्निया तथा हाईड्रोशिलको अप्रेशन निशुल्क गर्न पाएको भन्दै सेवाग्राहीले खुशी व्यक्त गरेका छन ।...
आदिवासी जनजाती चलचित्र माहासंघ प्रदेश नं १ को अध्यक्षमा ज्योतिराज राई

आदिवासी जनजाती चलचित्र माहासंघ प्रदेश नं १ को अध्यक्षमा ज्योतिराज राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ११ आदिवासी जनजाती चलचित्र महासंघ प्रदेश नं १ को अध्यक्षमा ज्योतिराज राई चयन हुनु भएको छ । बिहिबार माहासंघको केन्द्रीय कार्यालयले विराटनगरमा आयोजना गरेको देशव्यापी अभिमुखीकरण कार्यक्रम अन्तरर्गत राईको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । राई चलचित्र क्षेत्रको अनुभवी निर्माता समेत हुन् । उनले थुप्रै चलचित्र तथा टेली चलचित्र निर्माण गरिसकेका छन् । उनि चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवर्धन समितिको संयोजक समेत हुन् । विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय राई निर्माता संघमा समेत सक्रिय रहेका छन् । समितिमा राईको अध्यक्षता सहित उपाध्यक्षमा दिप नारायण राजवंशी, भुपेन्द्र तुम्वाहाम्फे लिम्वु, ध्रुव चौधरी, माहासचिवमा सुमन तामाङ, सचिव राजु तामाङ, सुरेन्द्र राज भुजेल र कोषाध्यक्षमा पेशल कुमार सुनुवार रहेको छ । प्रदेश नं १ चलचित्र माहासंघमा हाल ९ आदिवासी जनजातिहर...
नेशनल लाईफ गाईघाट शाखाले दियो म्यादि विमा दावी बापत मृतक परिवारलाई १३ लाख

नेशनल लाईफ गाईघाट शाखाले दियो म्यादि विमा दावी बापत मृतक परिवारलाई १३ लाख

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, असार ११ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले म्यादी विमा दावी स्वरुप खोटाङका एक मृतक परिवारलाई १३ लाख बराबरको चेक प्रदान गरेको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका ५ छेतुवाका मृतक परिवार बुबा र आमालाई गाईघाट शाखा प्रमुख प्रेम कुमार राईले चेक प्रदान गर्नुभयो । शाखा प्रमुख राईले कार्यालयमै बोलाएर मृतक मनोज राईकोे बुबा जस बहादुर राई र आमा पवि माया राई लाई १३ लाखको चेक प्रदान गरेको हो । चेक बाबु आमालाई आदी आदी गरी दुवैजनालाई प्रदान गरिएको हो । दुवैलाई ६ लाख ५० हजारको दरले आदी आदी रकम प्रदान गरिएको प्रमुख राईले जनाउनुभयो । श्रीमती नभएको अवस्थामा बाबु आमा दुवैको हक लाग्ने भएका कारण रकम बराबर प्रदान गर्नु पर्ने विमाको प्रावधान रहेको राईको भनाई छ । २३ बर्षिय मनोज वैदेशिक रोजगाराको शिलशिलामा माघमा कतार प्रवेश गरेका थिए । तर कोरोनाका कारण मनोज ९ महिनामै नेपला आए । उनि नेपा...
उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उदयपुर मा स्थानिय तहको अधिबेशन सुरु उदयपुर जिल्लाका अधिकान्स पालिकाको अधिबेशन आजबाट प्रारम्भ भएको छ । त्रीयुगा, कटारी नगरपालिकाको नगरसभा तथा ताप्ली र लिम्चुङबुङ गाउपालिकाको गाउसभा सुरु भएको हो । सभाले नगरको प्रस्तावित नीति तथा कार्यक्रम पारित गर्नेछ । सभामा पालिका प्रमुख ,उपप्रमुख, वडाध्यक्ष, वडासदस्य सहित कार्यपालिका सदस्य सहभागी हुन पाउने कानुन ब्यबस्था छ । नेपालको सम्बिधान अनुशार असार १५ गतेभित्र स्थानिय तहले नीति तथा कार्यक्रम पास गरिसक्नु पर्छ ।...
उदयपुरमा हर्निया तथा हाईड्रोेशिलको नि:शुल्क शल्यक्रिया शिविर

उदयपुरमा हर्निया तथा हाईड्रोेशिलको नि:शुल्क शल्यक्रिया शिविर

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० जिल्लाको सरकारी अस्पताल उदयपुर अस्पतालले हार्निया तथा हाईड्रोशिलको दुईदिने निशुल्क शल्यक्रिया शिविर आजबाट शुरु गरेको छ । आज र भोली अषार ११ गते सम्म चल्ने शिविरको नेतृत्व डा. रविन्द्र तामाङ र कन्सलटेन्ट सर्जनले गरेका थिए । आजको शिविरमा ५ जना हर्निया र २ जना हाईड्रोशिलका विरामीको सफलता पुर्वक शल्यक्रिया सम्पन्न गरिएको छ । अस्पतालले यस्तो किसिमको शिविर सञ्चालन गरेर बिरामीको विश्वास जित्ने प्रयास गरेको शिविर संयोजक सुरेश कुमार पाण्डेले बताएका छन ।...
समन्वय प्रमुख गौर ब. विश्वकर्माले लिए सपथ

समन्वय प्रमुख गौर ब. विश्वकर्माले लिए सपथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ९ जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा निर्वाचित गौर बहादुर विश्वकर्माले सपथग्रहण गरेका छन् । जिल्ला अदालतको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला न्यायधिस दिपक खनालले सपथग्रहण गराउनुभएको थियो । सपथग्रहण पछि सम्बोधन गर्दै प्रमुख विश्वकर्माले तिनतहका सरकारबीच आफुले प्रभावकारी समन्वय गर्ने बताउनुभएको थियो ।...