Friday, August 21News That Matters

Breaking News 1

लाहानमा जलेको ट्रान्समिटरले गाईघाटमा विद्युतको समस्या, सोलुको लाईनले भोल्टेज नपुग्दा दैनिकी कामहरु प्रभावित

लाहानमा जलेको ट्रान्समिटरले गाईघाटमा विद्युतको समस्या, सोलुको लाईनले भोल्टेज नपुग्दा दैनिकी कामहरु प्रभावित

Breaking News 1
पूर्णपुष्टि, असार १६ उदयपुरमा विद्युत आपूर्तिको समस्याले दैनिकी कामहरुमा समस्या पारेको छ । लोडसेडिङ र भोल्टेज कम भएपछि यहाँका उद्योग धन्दा र मेसिनरी कामहरु ठप्प सम्म बन्न पुगेको छ । पूर्ण विद्युत आपूर्ति नहुँदा साना तथा ठुलो उद्योगिक धन्दा तथा अन्य कामहरुमा समस्या रहेको छ । सरकारी काम, हस्पिटल, छापाखाना, खानेपानी, कृषि जस्ता महत्पूर्ण कामहरु समेतमा प्रभाव परेको छ । विद्युत नियमित नहुदा सर्वसाधारणको काम सँगै उद्योग व्यवसाय चौपट भएका छन् । २०–२५ मिनेट, एक घण्टा दुई घण्टामा जादै आउदै गर्ने विद्युतमा भोल्टेज नहु जस्ता समस्या उत्पति भएको छ । लहानमा रहेको विद्युत स्टेशनमा गत विहिबार वर्षातसँगैको चट्याङले ६३ एमभिए पावर ट्रान्सफर्मर जलेपछि सिरहा र उदयपुरमा विद्युतमा समस्या आएको हो । सो ट्रान्सफर्मर मर्मतको लागि अझै दुई हप्ता लाग्ने विद्युत प्राधिकरण उदयपुर शाखाका प्रमुख पंकज गोइतले जानकारी ...
उदयपुर खेलकुद विकासको लागि बजेट माग

उदयपुर खेलकुद विकासको लागि बजेट माग

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार १६ उदयपुरको खेलकुदको विकास का लागी आवश्यक वजेटको माग गर्दै उदयपुरको टोली राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ।को मा पुगेको छ । संघिय साम्सद सुरेश राइ को नेत्रृत्वमा अखिल नेपाल फ,ुटवल संघका महासचिव किरन राइ , माओवादिका नेता दिवश कटुवाल लगायत रहेका छन । उनीहरुले उदयपुरको खेलकुदको विकासमा विषेस वजेट को व्यवस्था गरिदिन माग गरेका छन । जिल्लाको टोली स्रँग सदस्य सचिव घिसिङले आफु उदयपुरको खेलकुद विकासमा सकारात्मक रहेको वताएका थिए ।...
त्रिनपा ७ मा दिउँसो पहिरोले अबरुद्ध भएको मदन भण्डारी सडक आजै खुल्ने

त्रिनपा ७ मा दिउँसो पहिरोले अबरुद्ध भएको मदन भण्डारी सडक आजै खुल्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १५ पूर्वको बिभिन्न ठाउँबाट गाईघाट हुँदै काठमाण्डौँ जाने मदन भण्डारी बैकल्पीक राजमार्गको पहिरो हटाउने क्रम जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार करिब १ घण्टा पछि सडक खुल्ने जनाएको छ । दिउँसो अबिरल झरीका कारण पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्रियुगा नगरपालिका ७ स्थित तोरीवारी सुर्के भन्ज्याङमा पहिरोको कारण सडक अबरुद्ध अवस्थामा थियो । अहिले सडक खोल्ने काम भैरहेको र आजै सडक खोलेर संञ्चालनमा ल्याईने प्रयास भैरहेको प्रहरीले जनाएको हो ।  ...
बरुवा बाँधमा रोकथामको काम खेलाची

बरुवा बाँधमा रोकथामको काम खेलाची

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १५ । बरुवा खोलाको बाढीले जोखिममा परेको बरुवा बाँधमा सामान्य रोकथामको काम भएको छ । त्रियुगा नगरपालिकाले बाँस, डोरी लगायतका सामग्री तयार पारेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको सुरक्षाकर्मी टोलीले रोकथामको काम गरेको हो । रोकथामको काम भने खेलाची जस्तै देखिएको छ । पानीको वहावले कटान भइरहेको ठाउँमा बाँसको बोटलाई डोरीले अल्झाउने काम मात्र भएको छ । त्यसले कटानलाई रोक्ने अवस्था छैन । हिजोदेखिको अबिरल वर्षातले खोलामा आएको बाढीले बाँधको विभिन्न ठाउँ कमजोर हुनेगरी भत्काउन सुरु गरेपछि जोखिममा परेको हो । पूर्वपश्चिम बरुवा बसपार्क छेउ, साकेलाथान छेउ र बृक्षरोपण क्षेत्रमा भत्काउन थालेको छ । पूर्वपश्चिम बरुवा बसपार्क छेउमा सबैभन्दा बढि क्षती भएको र जोखिम देखिएकोले त्यहाँ रोकथामको काम भएको छ । स्थानीयका अनुसार ठूलो वर्षात भएमा आउने बाढीले बाँध फुटाउने जोखिम उच्च छ ।...
नेपालटारमा धान दिवस

नेपालटारमा धान दिवस

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १५ उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा बिभिन्न कार्यक्रमको आयोजनाका साथ १९ औँ धान दिवस भव्य मनाईएको छ । कृषक तथा कृषि विदाथीर्, सम्बन्धित संस्था र कर्मचारीहरुका बिच“धान वालिमा जैविक विविधताको उपायोग, आयत प्रतिस्थापनमा सहयोग” भन्दै धान दिवस मनाईएको हो । । कृषि प्रधान देशको रुपमा चिनिने नेपालमा उत्पादनलाई बृद्धि गर्दै आयातमा रोक निर्यातलाई सपोर्ट गर्ने उदेश्यले धान दिवस मनाईएको आयोजकले जनाएको छ । श्री पंञ्चावती कृषि सहकारी संस्था नेपालटारको र बालविकास समाज नेपालको संयुक्त आयोजनामा आयोजना तथा उदयपुरगढी गाउँपालिका कृषि शाखाको सहयोगमा यो बर्ष नेपालटारमा भव्य धान दिवस मनाईएको हो । कार्यक्रममा महिला तथा पुरुष हिले दौड प्रतियोगिता सँगै उपस्थितिहरुले धान रोपेर असार १५ मनाउँदै धान दिवस मनाएका थिए । पालिकाका कृषि शाखा प्रमुख पारशमनी फुँयालले उदयपुरगढीको ८ ओटा वडाहरुमा जम्...
बरुवा बाँध जोखिममा

बरुवा बाँध जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको सदरमुकाम गाईघाटको सुरक्षाका लागि निर्मित बरुवाबाँध जोखिममा परेको छ । बरुवा खोलाको बाढिले बाँध जोखिममा परेको हो । हिजोदेखिको अबिरल वर्षातले खोलामा आएको बाढीले बाँधको विभिन्न ठाउँ कमजोर हुनेगरी भत्काउन सुरु गरेपछि जोखिममा परेको हो । बाढीले पूर्वपश्चिम बरुवा बसपार्क छेउ, साकेलाथान छेउ र बृक्षरोपण क्षेत्रमा भत्काउन थालेको छ । यसबाट गाईघाटबजार र पुरानो गाईघाट क्षेत्रको हजारौं घर बस्ती जोखिममा परेको छ । भत्किएका ठाउँहरुको निरिक्षण भएको छ । त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव लगायत सुरक्षा प्रमुखहरुले स्थलगत निरिक्षण गरेका हुन् । भत्किन सुरु ठाउँहरुमा तत्काल रोकथामका लागि काम थाल्ने ब्यवस्था मिलाइएको मेयर बस्नेतले जानकारी दिएका छन् । रोकथामको काममा सुरक्षाकर्मीहरु खटिने जनाइएको छ ।...
लाहानमा मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लाहानमा मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

Breaking News 1, समाचार
लाहान, असार १४ बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दत्र्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताउनुभयो । –––...
सप्तकोसीमा पानीको ह्वात्रै बढ्यो पानीको बहाव

सप्तकोसीमा पानीको ह्वात्रै बढ्यो पानीको बहाव

Breaking News 1, समाचार
सुनसरी, असार १४ सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ । यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दा...
अकबरे खुर्सानीबाट एकै गाउँपालिकामा छ करोडभन्दा बढी भित्रियो

अकबरे खुर्सानीबाट एकै गाउँपालिकामा छ करोडभन्दा बढी भित्रियो

Breaking News 1
भोजपुर असार १४ व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरेलाई लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुसार्नी बिक्रीबाट भित्रिएको छ ।” गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि गरेर अहिले चार हजार पाँच रोपनी जमिनमा अकबरे खुसार्नीको खेती भइरहेको ग...
कम उमेरमा बिवाह गर्ने महिलाहरुमा पाठेघर खस्ने जटिल समस्या

कम उमेरमा बिवाह गर्ने महिलाहरुमा पाठेघर खस्ने जटिल समस्या

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि असार १४ पाठेघर वा आङ खस्ने समस्या महिला प्रजननको रुपमा देखा पर्ने एक जटिल समस्या हो । महिलाहरुको निकै महत्वपूर्ण अंगको रुपमा रहेको पाठेघर बिभिन्न कमि कम्जोरीका कारण समस्यामा आउने गर्छन् । यो समस्या नेपाली समाजका महिलाहरुको लागि निकै ठुलो स्वास्थ्य समस्याको रुपमा परिनत भएको छ । महिला अंगको रुपमा सुरक्षित गर्नु पर्ने पाठेघर गाउँ सामाजमा चेतनाको कमि, अशिक्षा र लाजको कारण पनि समस्या फैँलादो छ । तर यसको अझै जटिल समस्याको कारक भने कम उमेरमा विवाह गर्ने महिलाहरु रहेको देखिएको छ । कम उमेर अर्थात उमेरनै नपुगी कुनै पनि किशोरीहरुले विवाह गरिरेको अवस्थामा उनिहरुको बच्चा पनि चाँडै हुने सम्भावना अत्यादिक रहन्छ । यसरी कम उमेरमै वच्चा जन्माउँदा बच्चाको आमाले अत्यादिक वल प्रयोग गर्नु पर्ने चिकित्सकहरु बताउँछन् । क्षमता भन्दा बढी बल प्रयोगले नै पाठेघरमा असर पुराई पाठेघर आफ्नो ठाउँ भन्दा तल ख...