समन्वय समितिको कार्याकाल सकिए लगत्तै पुरानो पेशा टेलरिङमै फर्किए जितेन्द्रमान
पूर्णपुष्टि, असार २०
सार्वजानिक पद सम्हालेर कार्यकाल सकिए पछि दाङका जितेन्द्रमान नेपाली आफ्नै पुरानो काममा फर्किएका छन् । उनि आफ्नै पुरानो र पद भन्दा साधारण पेशामा फर्किए सँगै उदाहरणीय व्यक्तिको रुपमा समेत परिचित बनेका छन् । उनि २०७४ सालमा अघि जिल्ला समन्वय समिति दाङका प्रमुख बनेका थिए । नेपाली नेकपा एमाले बाट दाङका समन्वय प्रमुखमा निर्वाचित बनी ५ बर्ष पद सम्हालेका व्यक्ति हुन् । अहिले आफ्नो कार्याकाल पुरा गरी पुरानै पेशामा आवद्ध बनेका छन् । काममा फर्किए सँगै जितेन्द्र फरक मात्रै हैन उदाहरणीय व्यक्ति समेत बनेका छन् । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त मानिसहरु श्रममा फर्किन रुचाउँदैनन् । तर उनि यसै कारण फरक भइदिए ।
जितेन्द्रमान एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् । तर राजनीतिसँगै टेलरिङ पेशालाई निरन्तरता दिएका छन् । राजनिति गरेर मात्र पेट भरिन्न क...









