Sunday, August 23News That Matters

Breaking News 1

वडा नं १० को दोस्रो चौमासिक सार्वजानिक सुनुवाई सम्पन्न

वडा नं १० को दोस्रो चौमासिक सार्वजानिक सुनुवाई सम्पन्न

Breaking News 1
  उदयपुर, चैत्र/२७ त्रियुगा नगरपालिका वडा नं १० ले आफ्नो चौमासिक सार्वजानिक सुनुवाई बुधवार वडा बासीहरुको व्यापक उपस्थितिमा सम्पन्न गरेको छ । वडाको आयोजना तथा पानस उदयपुरको सहजीकरणमा आयोजित आर्थिक बर्ष २०७५/०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुले आफ्नो उपस्थिति सँगै गहन बिषयमा कुराहरु समेत राखेका छन् । बालमन्दिर विद्यालयमा भएको कार्यक्रममा स्थानीयहरुले बिकासको क्षेत्रमा जनप्रतिनिधिहरुको मात्रै भुमिकाले विकास पूर्ण नहुने कुरालाई जोड दिएको छ । स्थानीयहरुले स्थानीय विकासमा नागरिकहरुको पनि उतिकै भुमिका र कर्तव्य रहेको हुदा जनप्रतिनिधिहरुले आफ्नो मात्रै अहमतालाई जोड नगर्न सुझाएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकाश कुमार खड्काले स्थानीयहरुको कुरालाई सकरात्मक सुझावको रुपमा लिएको छ । उनले अवका दिनहरुमा आफ्नो कार्य योजनाहरुल...
राईजीङ बसाहा गोल्डकप आज बाट सुरु पहिलो खेलमा सुनसरी बिजयी

राईजीङ बसाहा गोल्डकप आज बाट सुरु पहिलो खेलमा सुनसरी बिजयी

Breaking News 1
  बसाहा, चैत्र २६  मंगलबारदेखी उदयपुरको बसाहामा सुरु भएको चौथो बसाहा राईजीङ गोल्डकप महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माउण्टेन एभरेष्ट स्पोरटिङ क्लव सुनसरी बिजयी भएको छ । सार्लाही ११ लाई १–० ले हराउँदै सुनसरीले बिजयी सुरुवात गरेको हो । खेलको ५२ नौँ मिनेटमा सुनसरीका जर्सि नं १० का मुना मगरले गोल गरेकी थिइन् । सोही गोल नै अन्तिम निर्णायक गोल बन्न पुगेको हो । बसाहा राईजीङ युवा क्लवको आयोजना तथा चौदण्डीगढी नगरपालिका र नगर खेलकुद विकास समिति चौदण्डीगढीको प्रायोजनमा भईरहेको खेलमा अन्य टिमहरु गाइघाट फुटवल क्लव उदयपुर, बसाहा राईजीङ युथ क्लव, धनकुटा फुलवल संघ धनकुटा, बेलका नगरपालिका, र पारिजात महिला फु्टवल क्लव झापा गरी जम्मा सात टिमको सहभागी छ । आायेजक समितिका प्रमुख सल्लाहकार दिनेश राईका अनुसार २९ गते फाईनल हुने प्रतियोगिताको विजेतालाई ७५ हजार नगद पुरस्कार, स...
बरुवा क्याम्पसमा किरात विद्यार्थी इकाई कमिटी गठन

बरुवा क्याम्पसमा किरात विद्यार्थी इकाई कमिटी गठन

Breaking News 1
  बिक्रम राई उदयपुर, चैत्र/१९ त्रियुगा मावि बरुवा क्याम्पसमा किरात राई विद्यार्थी  इकाई कमिटी गठन भएको छ । किरात राई विद्यार्थी संघ जिल्ला कार्यसमितिले जिल्लाभरी  संञ्चालन गरिरहेको सो अभियानमा मंगलबार बरुवा क्याम्पसमा पनि व्याचुलर र प्लस्टु को छुटछुटै ईकाइ कमिटी गठन गरेको हो । कमिटीमा ब्याचुलर तर्फ गणेश राईको अध्यक्षतामा ८ कार्यसमिति गठन भएको छ, भने प्लस्टु तर्फ सुजन राईको अध्यक्षतामा १२ सदस्य सहितको कमिटी गठन भएको छ । ब्याचुलर तर्फ गणेश राई अध्यक्ष, संगिता राई उपाध्यक्ष, बबु राई कोषाध्यक्ष, संगिता राई सचिव, रचना राई सहसचिव र सदस्हरुमा कमला राई, रमना राई, बविता राई र मनिसा राई रहेका छन् । यस्तै प्लस्टु तर्फ सुजन राई अध्यक्ष, सुरेन्द्र राई उपाध्यक्ष, प्रेम कुमार राई कोषाध्यक्ष, निसा राई सचिव, मेनुका राई सहसचिव, र सदस्यहरुमा अस्मिता राई, इन्द्र राई, रबिता राई, निर्मला राई...
खानेपानी ट्याङ्की सिलन्यास

खानेपानी ट्याङ्की सिलन्यास

Breaking News 1
राजेन्द्र दुष्ट चौदण्डीगढी, चैत्र/१८ चौदण्डीगढी नगरपालिका २ भित्ते स्तिथ खानेपानी ट्याङ्कीको सिलान्यास भएको छ । राज्यको निती अनुसार एक घर एक धारा भन्ने नाराका साथ सोमवार चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले ट्याङ्कीको सिल्यान्यास गरेको हो । सिलान्यास गर्दै राईले बढी जसो महिला दिदिबहिनिहरु नै पानी बोकेर घर भान्सा गर्नु पर्ने र महिलाहरुले पानी बोक्न बढी समय खर्चीनु पर्ने हुदा राज्यले एक घर एक धाराको नीती अपनाएको बताएको छ । राईले खानेपानी मन्त्रि समेत महिला नै रहेको बताउदै चौदण्डीगढी नगरपालिकाले पनि यसमा प्राथामिकतामा राखेको बताए । वडाको ३ लाख रुपैया बजेटबाट निर्मित ट्याङ्कीको क्षेमता भने ६० हजार घन मिटर रहेको वडा अध्यक्ष सन्तोष सुबेदिले जानकारी दिए । २ सय ५० घर धुरी लाभन्भित हुने योजनामा ट्याङ्ककी निर्माण हुने अध्यक्ष सुबेदिले बताए । गत ८ मा ठूलो पानीको स्रोत पत्या लगाई श...
मोवाईल पत्रकारीता तालिम सम्पन्न

मोवाईल पत्रकारीता तालिम सम्पन्न

Breaking News 1, समाचार
बिक्रम राई  उदयपुर चैत्र/१५   उदयपुरमा सञ्चालित महिला हिंसा सम्बन्धि ३ दिने मोवाईल पत्रकारीता ( मोजो ) तालिम शुक्रबार होटल हिमालयमा सम्पन्न भएको छ । संञ्चारिका समूहको आयोजना तथा, (युएनएफपीए) को सहयोगमा संञ्चालन भएको तालिम उदयपुरमा पहिलो पटक गरिएको हो । सञ्चारको दुनियामा छिटो र छरितो बिधिबाट जनतालाई समचार प्रवाह गर्ने मोवाई माध्यम बनेको भन्दै जुनसुकै अवस्थामा जुनसुकै ठाउँको घटनालाई तत्काल सम्प्रेशन गर्न सक्ने क्षमता बृद्धिका लागि तालिम संञ्चालन गरिएको संञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले बताईन् । लैङगिक हिसां अहिले समाजमा व्याप्त भएको र यसमा महिलाहरुले धरै समस्या भोगिरहेको भन्दै सञ्चारको क्षेत्रबाट कस्तो भुमिका खेल्ने भन्ने कुरालाई जोडेर मोवाईल पत्रकारीता तालिम आयोजना गरेको पनि पण्डितले बताईन् । तालिमले बिषेश गरी प्राविधीक प्राक्टीकलमा जोड गरेको छ । मोवाईलबाटै ...
अन्तराष्ट्रि श्रमिक महिला दिवस धुमधाम मनाइयो

अन्तराष्ट्रि श्रमिक महिला दिवस धुमधाम मनाइयो

Breaking News 1
  उदयपुर फागुन २४ उदयपुरमा पनि अन्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रमको साथ मनाईएको छ । लैँङगीक समनताको लागि समान सोच र व्यावाहार समृद्धिको आधार भन्ने मुख्य नारको साथ शुक्रबार गाईघाटको पिपलचोकमा दिवस सम्पन्न गरिएको हो । मुल समारोह आयोजक समिति उदयपुरको आयोजनामा कार्यक्रम मनाइएको कार्यक्रमका सभाध्यक्ष माया भण्डारीले बताईन् । कार्यक्रममा बिभिन्न क्षेत्रमा आबद्ध महिलाहरुको संयुक्त उपस्थिति रहेको थियो । कार्यक्रम चेतनामुलक नाटक सहित बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको बिच सम्पन्न गरिएको थियो । पूर्व राज्य मन्त्रि मन्जु चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  ...
विद्यालय सुचक सम्बिन्धि अन्तरक्रिया  तथा योजना कार्यक्रम

विद्यालय सुचक सम्बिन्धि अन्तरक्रिया तथा योजना कार्यक्रम

Breaking News 1, समाचार
बिक्रम राई  उदयपुर फागुन २० जाल्पा एकिकृत विकास समाज उदपुरको सहजीकरणमा जाल्पा आधारभुत विद्यालय नचने वतासेमा गुणस्तिरीय शिक्षा विद्यालय सुचाँङक सम्बन्धि अन्र्तक्रिया तथा योजना कार्यक्रम गरिएको छ । आईतबार रौतामाई गाउँपालिका वडा न ४ स्थित सो विद्यालयको सुचकहरुको बारेमा अन्र्तक्रियात्मक छलफल सँगै त्यसको योजना तर्जुमा पनि तयार पारिएको हो । वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, जाल्पा एकिकृत विकास समाज उदयपुरको स्थलगत कार्यक्रम तथा जाल्पा आधारभुत विद्यालयको आयोजनामा अन्र्तक्रिया तथा योजना तर्जुमा समेत तयार पारिएको छ । रौतामाई गाउँपालिकाका ६० वटा विद्यालय मध्ये १५ वटा विकट तथा न्युन स्थरको विद्यालयहरुलाई संस्थाले विभिन्न क्षेत्रमा भौतिक सहयोग गर्दै आएको जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम संयोजक मिन प्रसाद रिजालले बताए । संस्थाले त्यस्ता १५ विद्यालयहरुलाई गुणस्तरीय श...

चाम्लीङ राई संस्कार सम्बन्धि प्रशिक्षण सम्पन्न

Breaking News 1
  उदयपुर फागुन ११ उदयपुरको गाईघाटमा किरात राई चाम्लिङ परम्परागत संस्कार सम्बन्धि २ दिने तालिम शनिवार सम्पन्न भएको छ । भाषा संस्कृती लोप भए सँगै संस्कारहरु समेत लोपन्मुख हुने अवस्थामा चाम्लीङहरुको अस्तीत्वनै हराउने भन्दै प्रशिक्षण कार्यक्रमको आयोजना गरेको किरात राई प्रारम्भीक कमिटी गाईघाटका अध्यक्ष प्रकाश राईले बताउनुभयो । भाषा, संस्कृती बिज्ञहरुलाई बोलाई  प्रशिक्षण गरिएको थियो । गाईघाट स्थित साकेला भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्ला भरीका चाम्लीङ राईहरुको प्रतिनिधित्व रहेको थियो । बिभिन्न प्रारम्भीक कमिटी बाट प्रतिनिधित्व गर्दै करिब सय जनाले कार्यक्रममा सहभागी जनाएको थियो । चाम्लीङ राईजातीमा गर्वमा बसेदेखी जन्मेर मर्दासम्मको बिधि र संस्कारबारे तालिम दिएको थियो । बिशेषगरी जन्मदा न्वरान गर्ने बिधि, बिहेको रिति र मर्दाको संस्कारबारे सिकाईएको थियो । साथै उधौली ,...
जेसिजको ब्याडमिन्टनमा कार्की र थापाको जोडीलाई डबल उपाधी

जेसिजको ब्याडमिन्टनमा कार्की र थापाको जोडीलाई डबल उपाधी

Breaking News 1
उदयपुर फागुन ११  जेसिज उदयपुरद्धारा शनिवार आयोजित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवल र भेट्रान्स गरी दुवै इभेन्ट्समा बल बहादुर कार्की र चित्र थापाको जोडीले प्रथम स्थान हासिल गरेको छ । मेन्स डबल तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडीलाई र भेट्रान्स तर्फ बिक्रम सिंङ खड्का र दिपक राईको जोडीलाई पराजीत गर्दै कार्की र थापाको जोडीले दुवै इभेन्ट्सको उपाधी चुम्न सफल भएको हो । मेन्स डबल तर्फ पराजीत भएपछि श्रेष्ठ र खवासको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । भने भेट्रान्स तर्फ खड्का र राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । मेन्स डवल तर्फ रुविन राई र बसन्त कटुवालको जोडी तथा बादल खतिवडा र मनोज खड्काको जोडी तेस्रो भएका छन् । भने भेट्रान्स तर्फ गोबिन्द थापा र केसब कार्कीको जोडी तथा लक्ष्यजंग ठकुरी र हरी प्रकाश गुप्ताको जोडी तस्रो भएका छन् । ६९ औँ प्र...
महिलाहरुलाई ब्यूटिसियन सीप प्रदान गरिदै

महिलाहरुलाई ब्यूटिसियन सीप प्रदान गरिदै

Breaking News 1
उदयपुर, पुस ११ गते । महिलाहरुलाई सीप प्रदान गरी बेरोजगारी तथा गरिबी न्यूनिकरण गर्ने उद्देश्यका साथ आधारभूत ब्यूटिसियन तालिम गाईघाटमा सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको आयोजनामा भगत सर्वजीत कार्यक्रम अन्तर्गत ३ महिने सो तालिम गाईघाट स्थित श्रेजा व्यूटिपार्लर तालिम केन्द्रमा सञ्चालन भएको हो । एक समारोहकाबीच जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले तालिमको उद्घाटन गर्दै सीपले व्यवसाय गर्न सकिने र व्यवसायले जिविकोपार्जन राम्रो हुने बताउनुभयो । जिविकोपार्जनको उत्तम कुरा नै व्यवसाय भएकाले सीपलाई व्यवसायमा ढाल्न प्रोत्साहित गर्दै सहभागिहरुलाई तालिमको भरपुर फाईदा लिन बताउनुभयो । घरेलुका कार्यालय प्रमुख शम्भुप्रसाद साहले तालिमका सफल सहभागिलाई प्रमाणपत्र दिइने र उक्त प्रमाणपत्रको आधारमा उद्योग दर्ता गरी व्यवसाय गर्न र बैंकबाट सहुलित ऋण तथा अनुदान लिन सकिने...