Sunday, August 23News That Matters

Breaking News 1

दुवै टिम जितको दाविमा

दुवै टिम जितको दाविमा

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार, ६ गते ।  उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्कपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खाव्वाइज रुपन्देही र एपिएफ काठमाण्डोको फाइन खेल भोली हुदै छ । संर्घष पूर्ण अवस्था बाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए । खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका कोषध्यक्ष ज्ञानेन्द्र मगरले बताए । एपिएफको कोच सुदिप श्रेष्ठले फाइनलमा पुग्ने कुनै पनि टिम मजबुत रहने बताए । उनले रुपन्देहीलाई मजबुद टिम रहेको भएता पनि जितको पूर्व लक्ष्य राखेको बताएको छ । यस्तै रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफ नेपालको उत्कृष्ट टिम भएरै फाइनलमा पुगेको बताउँदै भोली हुने खेलमा आफ्नो जित रहने बताए ।  ...

उदयपुर गोल्डकपको अर्को आकर्षण विदेशी खेलाडी

Breaking News 1
उदयपुर, जेष्ठ ३२ गते । उदयपुरमा छैठौं संस्करणसम्म आउन सफल उदयपुर गोल्डकपको एउटा प्रमुख तथ आकर्षण विदेशी खेलाडी पनि रहेको छ । विभिन्न क्लवहरुमा सहभागि भएर आउने विदेशी खेलाडीहरु प्राय ः अफ्रिकन मुलुकको कालोवर्णको हुने गरेका छन् । उनीहरुको खेल प्रस्तुती आकर्षक र आक्रामक हुने भएकाले दर्शकहरुले निकै रुचीपूर्ण हेर्ने गरेको पाईन्छ । विभागिय टिम बाहेकका अन्य क्लव तथा टिमहरुले विदेशी खेलाडी ल्याउने गरेका छन् । यसपटक उदयपुरमा सुरु भएको छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगितामा पनि विदेशी खेलाडीको आगमन सुरु भईसकेको छ । आजको पहिलो दिनको उद्घाटन खेलमा न्यू स्टार क्लव सुनसरीबाट तीन जाना विदेशी खेलाडी खेल आमैदानमा उत्रिएका थिए । सशस्त्र प्रहरी क्लवको विरुद्धमा न्यूस्टार सुनसरी क्लवले जर्सी नम्बर ३ मा यान्निक्क ववोना, जर्सी नम्बर ४ अन्ड्रे ईक्वाम् र जर्सी नम्बर ८ मा औरेल ईनामेलाई उतारेका थिए ...
असारीमा साकेला उभौली तथा अभिनन्दन कार्यक्रम

असारीमा साकेला उभौली तथा अभिनन्दन कार्यक्रम

Breaking News 1, समाचार
  बिक्रम राई असारी/जेष्ठ २५ त्रियुगा नगरपालिका वडा नं १३ असारीमा शनिवार भब्य उभौली साकेला पर्व मनाईयो । त्रियुगा नगरपालिकाका बिभिन्न ठाउँमा बसोवास गर्ने करातीहरुले सहभागी जनाउँदै उभौली मनाईएको हो । औपचारीक कार्यक्रम सँगै साकेलामा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । किरात राई भाषा तथा संस्कृती विकास केन्द्र असारीले साकेला उभौली तथा किरातीहरुको भाषा संस्कृती र पहिचानलाई संरक्षण गर्न योगदान पुराउने नरध्वज राईलाइ अभिनन्दन गरेका छन् । राईले किराती भाषा संस्कृती साकेला उभौलीको लागि १ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराई योगदान पुराएका थिए । राईलाई किरात राई भाषा सांस्कृतीलाईको जगेर्ना गर्नका निम्ती सहज वातावरण गराउन जग्गा उपलब्ध गराएको भन्दै अभिनन्दन गरिएको किरात राई भाषा तथा संस्कृती विकास केन्द्र असारीका सचिव कर्ण राइले बताए । खोटाङको चिप्रुङमा जन्मिएका राई ...
शिक्षा क्षेत्र सुधार गर्न माग पत्र पेश

शिक्षा क्षेत्र सुधार गर्न माग पत्र पेश

Breaking News 1
  उदयपुर, बैशाख /१९ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) जिल्ला समिति उदयपुरले शिक्षा क्षेत्रको सुधार गर्न चेतावनी दिदै शिक्षा विकास तथा समन्वय इकाई समिति उदयपुरमा माग पत्र पेश गरेको छ । केन्द्रको निर्णयअनुसार ७७ वटै जिल्लाहरुमा माग पत्र पेशको आह्वान गरेको भन्दै उदयपुरमा पनि पत्र पेश गरिएको हो । शिक्षा क्षेत्रको बिकृतिलाई तत्काल सुधार गर्न शिक्षालाई व्यापारिकरण, निजिकरण, बनाउन नपाईने भन्दै ६ बुदे माग सहित  शिक्षा विकास तथा समन्वय इकाई समिति प्रमुख केदार गरिलाई समितिले पत्र पेश गरेको छ । पठनपाठनमा विद्यार्थीहरुलाई सउलेत नभएको र अविभावकहरुलाई चर्को शूल्क लिएर हैरान बनाएको भन्दै यसलाई तत्काल समाधानमा ल्याउन माग पत्रमा आह्वान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका जिल्ला समिति उदयपुरका उपाध्यक्ष तायनसरी राइले बताईन् । विद्य...
अपांगता व्यक्तिहरुलाई कम्बल वितरण

अपांगता व्यक्तिहरुलाई कम्बल वितरण

Breaking News 1
  एस किराँती, अम्साल चौडण्ढीगढी नगरपालिका वडा नं. ३ आम्सालका अपाङगता व्यक्तिहरुलाई कम्मल वितरण गरिएको छ । लक्षित अपाँङग समूहको आयोजना तथा वडा नं ३ को आर्थिक सहयोगमा कम्मल वितरण गरिएको समुहका अध्यक्ष प्रेम कुमार राईले बताए । करिब ८० जना भन्दा बढी अपाङगता भएको व्यक्तिहरुलाई कम्मल वितरण गरिएको पनि राईले बताए । गत सालमा झुुल बितरण गरेको यस समूहले यस पटक कम्मल वितरण गरेको हो । कार्यक्रममा चौदण्डी नगरपालिकाका मेयर खगेन्द्र राई र ३ नं वडाका वडा अध्यक्ष पर्शुराम राईले कम्मल वितरण गरेका थिए ।  ...
बदेलको आक्रमणमा बाट महिला घम्भिर घाईते

बदेलको आक्रमणमा बाट महिला घम्भिर घाईते

Breaking News 1
  बेलका, बैशाख  १ बेलका नगरापालिका ८ की अन्दाजी ३२ बर्षिय महिला शनिवार बदेलको आक्रमणमा परि घम्भिर घाईते भएकी छिन् । नजिकैको कोशीटप्पु जंगलमा दाउरा काट्न गएकी मनमाया राईलाई बदेलले आक्रमण गर्दा घाईते भएकी हुन् । करिब बिहान ६ः३० बजेको समयमा दाउरा काट्न निस्केकी राईको टाउको, हात, र पाखुरामा मासु लुछि घाईते बनाएकी हुन् । उनीको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार पछि अवस्था सामान्य बन्दै गएको स्थानीयले बताए ।  ...
बसाहा राईजिङ महिला गोल्डकपको उपाधी झापालाई

बसाहा राईजिङ महिला गोल्डकपको उपाधी झापालाई

Breaking News 1, खेलकुद
  बिक्रम राई  बसाहा, चैत ३०  उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा सोमबारदेखि सन्चालित चौथो बसाहा राईजिङ महिला गोल्डकपको उपाधी पारिजात महिला फुटवल क्लब झापाले चुमेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक बसाहा राइजिङ युथ क्लवलाई ट्राईबेकरमा ४–२ ले पराजित गर्दै झापाले उपाधी चुमेको हो । झापाको तर्फबाट जर्सी नं ७ की संरचना प्रधान, जर्सी नं १६ की सुस्मिता लेप्चा, जर्सी नं २ की सुस्मिता घिसिङ र जर्सी नं १७ खुसी राईले गोल गरेकी थिईन् । त्यसैगरी आयोजक तर्फबाट जर्सी नं २ की अनुसा थेबे, जर्सि नं १० की अनुस्का शेर्पाले गरेकी थिइन् । बिजयी टिम झापाले ७० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले ३५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता तथा उपविजेता दुवै टिमलाई पालिकाका मेयर खगेन्द्र राई र उपमेयर रिता कुमारी चौध...
कृषकहरुलाई ५० प्रतिशत छुटमा यान्त्रिकरण मेशिन बितरण

कृषकहरुलाई ५० प्रतिशत छुटमा यान्त्रिकरण मेशिन बितरण

Breaking News 1
  उदयपुर, चैत्र/२९ त्रियुगा नगरपालिका कृषि विकास शाखा उदयपुरले नगरका व्यवसायीक कृषकहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत छुटमा प्राविधिक तथा यान्त्रिकरण मेशिनहरु वितरण गरेको छ । शाखाले ३० ओटा मिनिटिलर ( हाते ट्याक्टर ) ८ ओटा ठेसर ( धान झाँट्ने मेशिन ) र १ ओटा ब्रष्टकटर (धान काट्ने मेशिन )उपलब्ध गरेको त्रियुगा नगरपालिका कृषि विकास शाखाका साहयक प्राविधिक सोम दनुवारले बताए । व्यवसायी रुपमा रहेका कृषकहरुको समय र जनशक्तिलाई मध्यनजर गर्दै छिटो छरितो र सरल तरिकाबाट कृषिमा जोड गर्न प्रविधिक मेशिनको उपलब्ध गराएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । समय अनुसारको प्रविधिले मात्रै कृषि क्रान्ति गर्न सकिने र कृषि पेशा व्यवसाय बन्दै जाने कुरमामा पनि मेयर चौधरीले कृषकहरुलाई जानकारी गराए । त्यस्तै त्रियुगा नगरपालिकाका उपप्रमुख देवि चौधरीले पनि कृषकहरुका...
बेल्टारमा जातिय बिभेद बिरुद्ध जनचेतना कार्यक्रम

बेल्टारमा जातिय बिभेद बिरुद्ध जनचेतना कार्यक्रम

Breaking News 1
  बेल्टार, चैत २८ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा जातिय बिभेद बिरुद्ध कार्यक्रम बिहिबार सम्पन्न भएको छ । संविधान र नयाँ सरकारले दलितको हकहितको लागि थुप्रै नीति नियमहरु बनाए पनि यसको कार्यन्वयन पक्ष फितलो रहेको भन्दै जनचेतना कार्यक्रमको आयोजना गरिएको हो । दलितहरु आर्थीक, राजनितिक, सामाजिक पहँुच भन्दा टाढा हुनु परेको र सामाजिक रुपमा अझै पनि सहजता नरहेको सहभागिहरुले बताएका छन् । नगर स्तरीय दलित लक्षित समिति चौदण्डीगढीको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोग र दलित गैसंस माहासंघको सहकार्यमा भएको कार्यक्रममा पूर्वमन्त्रि तथा नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माको प्रमुख आथित्य रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्रि विश्वकर्माले पहिले सबै दलितहरु एक हुनु पर्नेमा जोड दिए । सबै दलित सामुदायहरु एक अर्कालाई सम्मान गर्दै एकता कायम गरेमा राज्यलाई द...