बाढी पिडित सुत्केरी र बृद्ध बृद्धालाई झनै कष्ट
उदयपुर/असार, ५
बाढी बाट प्रभावित सुत्केरी नानीको आमा र बृद्ध बृद्धाहरु झनै बढी प्रभावित हुने गरेको छ । खान लाउन, सहज तरिकाले ज्यान बचाउन र स्वास्थ्य रहन अति समस्या आईपरेको पिडीतहरुले बताईन् ।
वस्ति डुवानमा परेपछि विस्थापित हजार दिने आमा तथा बृद्ध बृद्धा परिवारहरुले आफुहरुलाई अन्य भन्दा बढी नै समस्या भएको बताउँछ । बच्चाको खानपिन, स्याहार सुसार र बस्ने ठाउँको ठेगान नहुदा बच्चाहरुमा प्रत्यक्ष असर परेको ४ महिने बच्चाको आमा रोनी नेवारले बताईन् ।
शनिवार बाढी प्रभावित क्षेत्र बेलका नगरपालिका वडा नं १ स्थित सम्बन्धित निकाय तथा सरकारवालाहरुले गरेको अनुगमनको क्रममा नेवारले विस्थापित परिवारमा पनि नानीको आमा र बृद्ध बृद्धाहरु सबै भन्दा बढी प्रभावित हुने गरेको कुरा सुनाए ।
यतिवेला विस्थापित परिवारको आमा र बृद्ध बृद्धाहरुलाई समस्यानै समस्या छ । घर छैना, खाने, लाउने, सुत्ने वस्ने लग...






