भदौ महिना भरिको राशिफल
भाद्र १ गते ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरुको लागि भाद्र महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने र नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । भ्रमण र तीर्था यात्राको योग रहेको छ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ योग रहेको छ भने मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । यस महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग सेतो वा रातो रहेको छ । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि सूर्यभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशि हुनेहरुको लागि भाद्र महिनामा नयाँ योजना सफल हुन गाह्रो हुनेछ । अधिकार प्राप्त गर्नका लागि लागि निकै संघर्श गर्नु पर्ने योग गरहेको छ । यात्रा गर्दा वा सवारी साधनको चलाउदा सावधानी अपनाउनु पर्नेछ । प्रेमी÷प्रेमिकाका बिच नराम्रो होला । महिनाको मध्यमा धन सम्...







