Monday, June 29News That Matters

Breaking News 2

तीन किशोरी झुण्डिएको अवस्थामा फेला

तीन किशोरी झुण्डिएको अवस्थामा फेला

Breaking News 2, समाचार
काठमाडौं, साउन ८ गते । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन । सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उ...
लागुऔषध गाँजासहित २ जना पक्राउ

लागुऔषध गाँजासहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ८ गते । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा...
बाख्रा चराउन जादाँ हराएकी महिलाको शव फेला

बाख्रा चराउन जादाँ हराएकी महिलाको शव फेला

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ८ बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस)...
मङ्गलबारसम्म वर्षाको सम्भावना

मङ्गलबारसम्म वर्षाको सम्भावना

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ८ आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भन्नुभयो, “यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।” उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षार्का सम्भावना रहेको छ । हाल लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ । रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावका साथै प्रदेश नं १...
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ७ ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जि...
हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको २ महिना नबित्दै पुन : हत्या

हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको २ महिना नबित्दै पुन : हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ६ गते । हत्या अभियोगमा ७ वर्ष जेल सजाय भोगेर आएका महोत्तरीका एक जना पुन ः हत्या अभियोगमा पक्राउ परेका छन् । आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका–५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका हुन् । रिहा भएर आएको २ महिना नबित्दै रामनाथले ५ साउनमा आफ्नै काका ६० बर्षका रामबहादुर दासको हत्या गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार रामनाथले आँपको बगैंचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ ।...
१ नम्ब प्रदेश बजेट खर्च गर्नमा पहिलो, कर्णाली अन्तिम

१ नम्ब प्रदेश बजेट खर्च गर्नमा पहिलो, कर्णाली अन्तिम

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ६ गते । सात प्रदेश सरकारध्ये प्रदेश १ बजेट खर्च गर्नमा सबैभन्दा अगाडी देखिन्छ । आर्थिक वर्ष २०७८÷८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडी र कर्णाली अन्तिममा रहेको छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८÷०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश १ को लेखा नियन्त्रकको कार्यालयले असार २५ सम्मको बजेट खर्च सार्वजनिक गरेको छ । जसअनुसार कुल ८७.१३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । लेखा नियन्त्रकको कार्यालय प्रदेश १ का अनुसार असार मसान्तसम्मकै तथ्यांक आउँदा ९० प्रतिशतभन्दा बढी विकास खर्च पुग्ने छ । कर्णाली प्रदेशमा आर्थिक वर्षमा ३८ अर्ब ४७ करोड ३५ लाख रुपैयाँको बजेट थियो । असार २५ गतेसम्मको खर्च विवरण अनुसार कर्णाली प्रदेशले जम्मा ६२.३७ प्रतिशत बजेट खर्च गर्न सकेको देखिएको छ । कर्णाली प्रदेशले ६६.२२ प्रतिशत च...
मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

Breaking News 2, संसार
काठमाडौँ, साउन ५ गते । यहाँका स्थानीय तहले मदिर सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । यसैगरी उक्त वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ । यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्...
लिम्बुवान किराँत प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन : पहिचानविनाको प्रदेश नमान्ने चेतावनी

लिम्बुवान किराँत प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन : पहिचानविनाको प्रदेश नमान्ने चेतावनी

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ५ गते । प्रदेश नं. १ को नाम अझै टुङ्गो लाग्न सकेको छैन । १ नं. प्रदेशलाई लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा आज प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी समेत दिएका छन् ।...
मोवाईल बनाउने बाहानामा भारत लान लगेको उदयपुरकी किशोरीको उद्धार

मोवाईल बनाउने बाहानामा भारत लान लगेको उदयपुरकी किशोरीको उद्धार

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ५ मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु¥याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो । महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पु¥याएको खुलेको छ । “काठमाडौँमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए”, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भन्नुभयो, “किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।” किशोरीलाई बेचबिखनका लागि भा...