एसईईको नतिजा सार्वजनिक: यसरी हेर्न सकिन्छ नतिजा
पूर्णपुष्टि, साउन ११ गते ।
राष्ट्रिय परिक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । पाँच लाख १४ हजार सात सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।
नतिजा सार्वजनिक हुन अगाडी नै परीक्षा बोर्डको बैठक बसेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।
पाँच लाख १४ हजार सात सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार छ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
एसईईमा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् । सबैभन्दा ...









