Tuesday, June 30News That Matters

Breaking News 2

झापामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १४ झापा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा पुरानो मेचीपुल स्थीतबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका ६ बिहीबारे बस्ने ३० बर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन घर भई हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चौक स्थितमा डेरा गरी बस्ने ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।हिजो दिनको साँढे ४ बजे ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र.३–०१–०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम, ८०० मिलिग्राम बरामद गरेको हो । पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।...
त्रियुगामा अल्पसङ्ख्यक बोटेको पहिचान लोप हुन लागेकामा चिन्ता

त्रियुगामा अल्पसङ्ख्यक बोटेको पहिचान लोप हुन लागेकामा चिन्ता

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १३ जिल्लामा बसोबास गर्दै आएका विभिन्न जनजाति र आदिवासीमध्येका बोटे समुदायको पहिचान लोप हुने अवस्थामा पुगेको छ । जिल्लामा अल्पसङ्ख्याकको रुपमा रहेको बोटे राज्यमा मात्र नभइ जिल्लाभित्र पनि पिछडिएका कारण उक्त जातिको पहिचान लोप अवस्थामा पुगेपछि चिन्ता व्यक्त गर्न थालिएको हो । जिल्लामा बसोबास गर्दै आएका झण्डै १७ जनजाति तथा आदिबासीमध्ये अहिले हायु र बोटेजस्ता जनजाति जिल्लामा अल्पसङ्ख्यकको रुपमा रहँदै आएका छन् । हाल जिल्लाको त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाट र नगरकै वडा नं २ को मोथ्याई क्षेत्रमा मात्र बसोबास गर्दै आएका बोटेको अहिले उदयपुरमा झण्डै तीस घरपरिवार मात्र रहेकोे बोटे समाजका जिल्ला अध्यक्ष नन्दमान बोटे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“आफूहरुको पुर्खा चितवन र बाग्मती किनार क्षेत्रमा पनि अल्पसङ्ख्यकका रुपमा रहँदै आएको र अन्दाजी दुईसय वर्षअघि केही पुर्खा उदयपुर क्षे...
उदयपुरको सुरक्षावासमा पर्याप्त कोठा नहुँदा सेवा प्रभावित

उदयपुरको सुरक्षावासमा पर्याप्त कोठा नहुँदा सेवा प्रभावित

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १३ गते । उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा रहेको महिला सुरक्षावासमा पर्याप्त कोठा नहुँदा हिंसा प्रभावित महिला तथा किशोरीलाई प्रादान गरिने सेवा प्रभावित भएको छ । कोठाको क्षमता भन्दा बढी हिंसा प्रभावित सेवाग्राही आउने भएकोले सेवा प्रदान गर्न समस्या भएको हो । ओरेक उदयपुर र त्रियुगा नगरपालिकाको साझेदारिमा सञ्चालित सुरक्षावासमा जम्मा १२ वटा मात्रै कोठा भएकाले सेवा प्रभावित भएको ओरेक उदयपुरका जिल्ला इन्चार्ज पम्फा पुरीले बताउनुभयो । वर्षेनी पिडित महिलाहरुको संख्या घट्ने भन्दा पनि बढ्दो क्रममा रहेकोले सेवाग्राहिको संख्यामा वृद्धि भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा जिल्ला स्तरीय रुपमा सञ्चालन भएको सुरक्षावास सेवा केन्द्रमा जिल्लाको मात्र नभएर छिमेकी जिल्लाबाट पनि पिडित महिला तथा किशोरी सेवा लिन आउने गरेको अझ समस्या भएको इन्चार्ज पुरीले बताउनुभयो । उहाँका अनुसार ...
वन त्रियुगाको प्रमुख प्रशासकीय अधिकृत

वन त्रियुगाको प्रमुख प्रशासकीय अधिकृत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १३ गते । त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मानबहादुर वन पदस्थापन भएका छन् । आजै उनलाई नगरप्रमुख तथा उप–प्रमु्ख लगाएत कमर्चारीले नगरपालिकामा स्वागत गरेका छन् । वन यसअघी खोटाङ्गको बराहापोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत थिए । त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरषोत्तम ढकाल भने मुख्य मन्त्रीको कार्यालय पुगेका छन् ।...
अरिङ्गालको टोकाईबाट एकको मृत्यु

अरिङ्गालको टोकाईबाट एकको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं, साउन १३ गते ।  अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएको थियो । रासस...
हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १३ गते । एक हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादु थापा आफ्नै ३१ वर्षीया श्रीमती सावित्री थापा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेको हो । यमबहादुरले एक हजार रुपैयाँ चोरेको रिसमा कुपिट गर्दा सावित्रीको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् । राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए । श्रीमतीले साउनको खर्चका लागि पैसा चलाएको बताएको श्रीमानले प्रहरीलाई बयान दिएका छन् ।...
एक हजार चोरेको आरोपमा पत्नीको हत्या

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १३ रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुुभयो । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नी...
प्रदेश नं १ को नाम के राख्ने ?

प्रदेश नं १ को नाम के राख्ने ?

Breaking News 2, समाचार
काठमाण्डौ, असार १२ मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र यसलाई स्वाभाविक ठान्छन् राजनीतिक विश्लेषकहरू । त्यसो त प्रदेशको गठनसँगै यसको नाम राख्नुपर्ने आवाज उठेको हो, तर आजका मितिसम्म पनि यो सम्भव हुनसकेको छैन । अहिलेको अर्थात् पछिल्लो सकारात्मक पक्ष के हो भने अहिले प्रदेशको नामकरण गर्ने विषयमा प्रदेशमा निकै चर्को आवाज गुञ्जिएको छ । अहिले आएसरह नै विगतको सरकारका समयमा पनि प्रदेशको नाम राख्ने आवाज उठेको भए अहिलेसम्म यो प्रदेशले कम्तीमा पनि नामचाहिँ पाइसक्थ्यो होला । यही रूपमा पूर्वमुख्यमन्त्री शेरधन राईको कार्यकालमा नामक...
२ लाख लुटपाट गरेर फरार रहेका युवक पक्राउ

२ लाख लुटपाट गरेर फरार रहेका युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १२ गते । महिलाको हातबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो । साह र मण्डलले जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने शर्मिला यादवले बैंकबाट झिकेर ल्याउँदै गरेको दुई लाखसहित उनको मोबाइल, नागरिकता र कागजात भएको झोला लुटेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साह प्रदेश २–०२–००५प००८५ नम्बरको मोटरसाइकल चलाइरहँदा पछाडि बसेका मण्डलले शर्मिलाको हातबाट झोला लुटेका थिए । पछि दुवै जनाले रकम बाँडफाँट गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा साहको घरबाट शर्मिलाको लुटिएको मोवाइल र नगद ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँसमेत बरामद भएको छ । यो घट्नाको विषयमा थप अनुस...
पहिरोपीडित त्रिपालमुनि बस्दै

पहिरोपीडित त्रिपालमुनि बस्दै

Breaking News 2, समाचार
काठमाडौँ, साउन १२ गते । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्थापित बन्न पुगेका थिए । गत कात्तिकको बेमौसमी वर्षाका कारण पहिरो खसेपछि उनीहरुको विचल्ली भएको हो । चुरे–४ मा पर्ने पनेरुगडा र टागगडाको राष्ट्रिय वनमा बसिरहेका ती परिवार हिउँद र वर्षायाममा कष्टकर जीवन बिताउँदै छन् । ती परिवारको व्यवस्थापनका लागि चुरेका जनप्रतिनिधिले प्रदेश सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि ध्यान जान नसकेको जनाइएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो । प...