Tuesday, June 30News That Matters

Breaking News 2

कोशीमा पानीको बहाब बढेसँगै ४६ ढोका खोलियो : वस्तीसँगै विद्यालय पनि कटान

कोशीमा पानीको बहाब बढेसँगै ४६ ढोका खोलियो : वस्तीसँगै विद्यालय पनि कटान

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ गते । सप्तकोशीमा पानीको बहाब बढेसँगै ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । पूर्वी पहाडमा अविरल परेको वर्षाको कारण उदयपुर, सप्तरी, सुनसरीलगाएतका टतीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएपछि कोशी ब्यारेजका ४६ ढोका खोलिएको हो । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ढोका खोलिएको छ । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम भएको छैन । उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भईरहेको छ ।...
उदयपुरको रौतामाईमा अन्तरास्ट्रिय युवा दिवस मनाईने

उदयपुरको रौतामाईमा अन्तरास्ट्रिय युवा दिवस मनाईने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाले अन्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ । दिवसको अबसरमा पालिकाले युवाको भुमिका विषयक बहस तथा बक्तित्व कला प्रतियोगिता संचालन गरिने छ । १६ देखि ४० बर्षका युवाहरूलाई साउन २६ गते समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक जनप्रतिनिधिहरु सँग बहस कार्यक्रम गरिने छ । २७ गते १६ देखि २४ बर्षको युवाहरूलाई समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता संचालन गरिने भएको छ ।हरेक बर्ष १२ अगस्टको दिन अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यो बर्षको नारा युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता ऐक्यबद्धताू रहेको छ । पालिकाले वल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा यो कार्यक्रम गर्न लागिएको रौतामाई गाउँपालिका उदयपुरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गोबिन्द कार्किले ब...
उदयपुरमा करणी गरी फरार रहेका चौधरी पक्राउ

उदयपुरमा करणी गरी फरार रहेका चौधरी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ उदयपुरमा जबरजस्ती करणी गरेर फरार रहेका एकजना प्रतिवादी बुधबार पक्राउ परेको छ । जिल्लाको चौदण्डिगढी नगरपालिका–९ ज्यामिरे बस्ने ४० बर्षिय राजेश्वर चौधरी पक्राउ परेको हो ।मिति २०७१÷०१÷२७ गते करणी गरी चौधरी फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले बताए । उनलाई २०७४÷११÷२७ गते जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकिएकोमा चौधरी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलिले चौधरीलाई हिजो १० बजे पक्राउ गरी जिल्ला अदालतमा बुझाउने तयारी गरिएको छ ।...
कोशी पस्यो बस्ती

कोशी पस्यो बस्ती

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १८ उदयपुरको बेलका नं.पा. ८ डुम्रीकोटमा सप्तकोसी नदिले बाध फुटाएर बाढी बस्तिमा पसेको छ । आज १८ गते बिहान४ बजे कोसिले बाध भत्काएको थियो । यसरी बाढी बस्तिमा पस्दा उदयपुरको बेलका न पा १,२,३, ८ र ९ वडाका बासिन्दा बिस्थापीत भएका छन । बिशेष गरि सिसिली, कोशी टप्पु , धौरी एबिसि टप्पु,मगर गाउँ डुबानमा परेका छन । यस्तै सुनसरीको बराहक्षेत्र न पा ६ र ७ नं वडाका बासिन्दा बिस्थापित भएका छन । जसमध्ये उदयपुरका १५०० , सुनसरीका ६०० घरधुरी बिस्थापित भएका छन ।प्रशासनले हिजै देखि बाढिको खतरा पढेको भन्दै बस्ती छोड्न आग्रह गरेकाले कुनै मानबीय क्षती भएको छैन । तर कोसिमा पानीको बहाब बढिरहेकोले अझ बढी बस्ती डुब्ने खतरा देखीएको छ । सप्तकोसीमा पानीकोबहाब २ लाख २९ हजार १२५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । बिस्थापित लाई बिधालय , बेलकाको सिटि हल लगाएतका स्थान स्थानमा राखिएको छ ।...
सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १८ उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गर्नुभएको छ । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उहाँसँग छलफल गरिएको हो । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ...
उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु

उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १७ उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१४ सिन्धुली घर भई कटारी नगरपालिका–६ साथीको घरमा आएका १९ बर्षीय बिपिन बि.क रहेका छन् ।आज दिउँसो १ बजे मल्टिप्लकमा मोवायलको चार्जर लगाउने क्रममा अचानक करेन्ट लागेर बि.क. घाईते भएका थिए । उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।...
उदयपुरमा त्रियुगा नदिले बगाउँदा पुरुषको मृत्यु

उदयपुरमा त्रियुगा नदिले बगाउँदा पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १७ उदयपुरमा त्रियुगा नदिले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाई रहेका छन ।सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल प्रहरी चौकी सुकौराबाट प्रहरी टोली खटि गई खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।...
सरकारद्धारा कोभिडका लागि निशुल्क उपचार गर्ने अस्पताल तय : प्रदेश एकमा कहाँ ?

सरकारद्धारा कोभिडका लागि निशुल्क उपचार गर्ने अस्पताल तय : प्रदेश एकमा कहाँ ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १६ गते । कोभिडका विरामीको संख्या बढ्न थालेको छ । कोभिड संक्रमणको दर बढ्न थालेसँगै सरकारलले विरामीको निशुल्क उपचारका लागि अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अषार ३१ गतेको निर्णय अनुसार अब सरकारले तोकेको अस्पतालमा संक्रमितको निशुल्क उपचार गर्न पाउने छन् । सरकारले कोभिड संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका विरामीको निशुल्क उपचार गर्न अस्पताल निश्यित गरेको छ । जसअनुसार प्रदेश १ मा कोशी अस्पताल र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशूल्क उपचार हुनेछ ।...
एकै परिवारका ४ जनाको शव फेला : बाबु झुन्डिएको र अरूको शरीरमा घाउ, चोटपटक

एकै परिवारका ४ जनाको शव फेला : बाबु झुन्डिएको र अरूको शरीरमा घाउ, चोटपटक

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १६ गते । एकै परिवारका चारजनाको शव फेला परेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ । सोमबार बिहान स्कुल जाने बेलामा एकजना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । भित्रबाट ढोकाको चुकुल लगाएर शव निकालेकाले सबैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि मृतकका शरीरमा च...
नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १६ नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३ ÷०२÷०७९÷००५१३ नंको नागरिकता लिएको देखिएको छ । सो घटनाबारे छानबिन थालिएको छ । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो । राईको जन्म मिति २०५८÷११÷१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९÷०२÷२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावकमा ब...