Tuesday, June 30News That Matters

Breaking News 2

यातायत कार्यालय गाईघाटबाट १० हजारले लिए लाइसेन्स

यातायत कार्यालय गाईघाटबाट १० हजारले लिए लाइसेन्स

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ गते । उदयपुरको यातायात सेवा कार्यालय गाईघाटबाट आर्थिक वर्ष २०७८/०७९ मा करिब १० हजार जनाले सवारी चालक अनूमती पत्र लिएका छन् । जिल्लामा लाइसेन्स निकाल सुरु भएदेखि अहिले सम्म ९ हजार ९ सय ८ जनाले चालक अनुमति पत्र लिएका हुन् । यस्तै, कार्यलयमा सवारी सरुवा दर्ता ३ हजार ८ सय ९२ यातायात कार्यालय गाईघाटले जनाएको छ । कार्यालयलका अनुसार सवारी र्दताको लगत कट्टा १ सय ७९ हुदा सवारी दर्ताको नामसारी ४ हजार २ सय ४३ वटा भएको छ । यता, ८ हजार ५ सय २६ सवारीसाधन धनीले सवारीको नविकरण गराएका छन् । सवारी हेरफेर दर्ता र पुन सवारी दर्ता भने कसैले नगराएको कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । यातायात कार्यालयले २ सय ९ सवारीसाधनलाई रुट इजाजत दिएको छ भने २ हजार २ सय ७४ वटा रुट नविकरण भएका छन् । सवारी जाचपास २ हजार २ सय ६ भएको छ । १ सय १२ सवारीको प्रतिलीपी जारी भएको छ ।...
सुनकोशीमा हराएका वालिका अझै भेटिएनन

सुनकोशीमा हराएका वालिका अझै भेटिएनन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ गते । सुनकोशी नदिले वगाउदा वेपत्ता भएको एक महिनासम्म पनि वालिका अझै भेटिएका छैनन । अषार २२ गते उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङस्थीत सुनकोशी नदीमा पौडीखेल्ने क्रममा दुइ वालिका वेपत्ता भएका थिए । वेपत्ता हुनेमा त्रियुगा न पा १४ साउने बस्ने वर्ष १३ की विपना राइ र वर्ष १२ की विना राइ थिए। उनीहरु गाइवस्तु चराउन जादा गर्मी भएसगै पौडी खेल्न जादा वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले वालिकाको खोजी कार्य जारी रहेपनि नभेटिएको बताएको छ । वेपत्ता भएकी विना राइका वुवा जितवहादुर राइले भने प्रहरीले चासो दिएर नखोजेको वताएका छन । उनले भने "हराएको दिन भन्दा अरुदिन प्रहरीले खोजेको थाहा छैन । प्रहरीले तदरुकता नदेखाउदा आफ्ना छोरीहरु नभेटिएको गुनासो परिवारको रहेको छ ।" वालिकाहरु हराएको एक महिनासम्म पनि नभेटिएपछी परिवारले अन्तिम संकार गरेका छन् ।...
नक्कली परीक्षार्थी बनि लाइसनको परीक्षा दिने युवा पक्राउ

नक्कली परीक्षार्थी बनि लाइसनको परीक्षा दिने युवा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ गते । नक्कली परीक्षार्थी बनि सावारी चालक अनुमति पत्रको परीक्षा दिने एक युवक भक्तपुरबाट पक्राउ परेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई पक्राउ परेको हो । मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा उनले ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिएका प्रहरीले जनाएको छ । उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।...
उदयपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३० बर्षीय सन्देश कार्की र सोहि स्थानका ३१ बर्षीय फडिन्द्र घिमिरे रहेका छन् । त्रियुगा न.पा. ६ लालपत्ता स्थित कदमाबाट गाईघाट तर्फ आउदै गरेको प्र १–०५–००१ प ५९६७ नं.को स्कुटीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित पक्राउ परेको हो । उनिहरुको साथबाट प्रहरीले १२ ग्राम  लागुऔषध ब्राउन सुगर फेला पारी स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले बताए ।...
बाढीका कारण उदयपुरको बेलकाबासी पुनः विस्थापित

बाढीका कारण उदयपुरको बेलकाबासी पुनः विस्थापित

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन २२ उदयपुर जिल्लाको बेलका नगरपालिकामा शनिबार बेलुकी पुनः वर्षाले सप्तकोसी नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा बाँकी रहेका केही र फर्केर आएका पनि पुनः विस्थापित भएका छन् । नगरपालिकाका अनुसार शनिवार पूर्वी पहाडी क्षेत्र र उदयपुर क्षेत्रमा आएको वर्षाका कारण सप्तकोसीमा पुनःबाढी आएपछि वडानं स्थित २ बानडाँडा क्षेत्रका केही बासिन्दा विस्थापित भएका हुन् । यस्तै वडा नं १ को तपेश्वरी, आम्बासी, पुरनदहका खोलामा आएको बाढी गाउँमा प्रवेश गर्दा शनिबार सो क्षेत्रका बासिन्दा गाउँ छाडेर सुरक्षितस्थलतर्फ गएको नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनुभयो ।गत शनिबार पूर्वी पहाडी क्षेत्रमा आएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बानडाँडा र सातपत्रेका बासिन्दा केही दिनअघि विस्थापित भएर घर फर्किआएकामा पुनः विस्थापित भएर अन्य सुरक्षितस्थलतर्फ गएको बेलका– २ का प्रकाश कार्कीले बताउनुभयो ।यस्तै प...
१९ वर्षीया सुत्केरी महिलाको मृत्यु

१९ वर्षीया सुत्केरी महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ गते । १९ वर्षीया एक सुत्केरी महिलाको अकालमै ज्यान गएको छ । पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायीक अस्पतालमा ज्यान गएको हो । फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को शनिवार बिहान सामान्य बच्चा जन्मीएकी उनको बेलुका ज्यान गएको थियो । उनलाई रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।...
आगामी आमनिर्वाचनका लागी दल दर्ता सुरु

आगामी आमनिर्वाचनका लागी दल दर्ता सुरु

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, साउन २२ निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ । यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको सङ्गठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ÷छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको छ । दल ...
जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …

जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, साउन २१ नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए । दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए ।अवर्णनीय पीडा र हतास श्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए । र, उनलाई कार्यालयमा फर्काए । आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुईसन्तान (एक छोरा, एक छोरी) सम्म पुग्न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै...
सप्तकोशी गाउँपस्दा बीसहजार प्रभावित, तेईस सयको उद्धार

सप्तकोशी गाउँपस्दा बीसहजार प्रभावित, तेईस सयको उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ सप्तोकोशी नदिले बाध भत्काएर गाउँपस्दा बेलका नगरपालिकाका ४ वटा वडा बढी प्रभावित भएका छन । वार्ड नं. २, ३, ८ र ९ जलमग्न भएका छन ।बेलका नगरपालिकाका २० हजार नागरिक प्रभावित भएका छन ।ठुलो संख्यामा नागरिक प्रभावित भएपछि हालसम्म तेईस सयको मात्र उद्धार गरिएको छ । डुवान भई विस्थापित भएकालाई नगरपालिकाले ग्यास चुलो, दाल, चामल, तेल लगाएतका समाग्री प्रदान गरेको छ । नगरपालिकाले कोशी जन्ता माध्यामिक विद्यालय, आदर्श आधारभुत विद्यालय, कोशी मा.वि, नमुना गाईफर्म लगाएतका स्थानमा प्रभावितलाई राखेको छ ।...
कोशी नदी उदयपुरको बेलका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित

कोशी नदी उदयपुरको बेलका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित

Breaking News 2, समाचार
काठमाडौँ, साउन १९  सोमबारदेखि परेको निरन्तर वर्षाका कारण कोशी नदी उदयपुरको बेलका नगरपालिका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित भएका छन् । सप्तकोशीको टतिय क्षेत्रमा नदीले मंगलबार बिहानदेखि कटान गरेर गाउँघरमा प्रवेश गर्न थालेपछि बुधबार बेलुकी सम्ममा सो क्षेत्रका करिब १ हजार मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै, १ हजार ५ सय भने आफै सुरक्षित स्थानतर्फ गएका छन् । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर १ हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालय तथा सिटिहलमा लगेर राखिएको छ । यता, नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोशीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै १ हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताए । उनका ...