Tuesday, June 30News That Matters

Breaking News 2

हाईड्रो पावर सहित क्षतीग्रस्त स्थानमा कांग्रेस प्रवक्ता महतद्धारा अवलोकन

हाईड्रो पावर सहित क्षतीग्रस्त स्थानमा कांग्रेस प्रवक्ता महतद्धारा अवलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २८ नेपाली कांग्रेसका नेता तथा प्रवक्ता डा. प्रकास शरण महतले क्षेतीग्रस्त स्थानमा अवलोकन गरेको छ । नुवाकोटको बिभिन्न स्थानमा श्रावण २५ गतेको भारी बर्षाले पारेको क्षतीलाई डा. महत सहित क्षेत्रीय सभापति र जिल्ला सभापति सहितले अवलोकन गरेको हो । उक्त ठाउँमा भुद्धभुमि हाईड्रो पावरलाई समेत बर्षाले ठुलो असर गरेको छ । त्यस सँगै बिभिन्न पुलपुलेसा बाटोघाटोहरु लगायत थुप्रै भौतिक पूर्वधारहरुमा असर पुराएको छ ।...
न्याय नपाएको भन्दै राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

न्याय नपाएको भन्दै राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ गते । आफूमाथि जबरजस्ती करणी भएको र प्रशासनले लडईमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्राउ गरेको हो । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाई छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत ...
मेची अस्पताल सुधारका लागि ६ दलको प्रतिबद्धता

मेची अस्पताल सुधारका लागि ६ दलको प्रतिबद्धता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २७ गते । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक सुधार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले अस्पताल सुधारका लागि गर्नुपर्ने हरप्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अस्पताल सुधार समितिका अध्यक्ष दिपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा छ वटा दलका प्रतिनिधिहरुले सुधार समितिले राम्रो कामको थालनी गरेको र सो कार्यमा आफूहरुको पूर्ण समर्थन हुने जनाएका थिए । अन्तरक्रियामा अस्पताल सुधारका लागि राजनीतिक दलको धारणा, सुधार समितिलाई हेर्ने दृष्टिकोण, सुधार र स्तोन्नति लगायतका विषयमा छलफल गरिएको थियो । समितिका अध्यक्ष तिम्सिनाले सुधार समितिले हालसम्म गरेका का...
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ गते । घाँटी थिचेर श्रीमतीको हत्या गरेको आरोपमा पर्साका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका–२३ ईटियाहीका दिनेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले बताए । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ । मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।...
उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ बस्ने २७ बर्षीय संगित तामाङ(लामा) र सोहि स्थानका २५ बर्षीय आमोद महतो पक्राउ परेका हुन् ।साउन २५ गते ८.२० बजेको समयमा जलजले ढाट स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको दुवैलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो । उनिहरुको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्ज सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । पक्राउ परेका दुवैको जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद लिई थप अनु्सन्धन भईरहेको छ ।...
पौडी खेल्न गएको दुई बालबालिका मृत फेला

पौडी खेल्न गएको दुई बालबालिका मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २७ गते । पौडी खेल्न गएका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खल्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा भएका हो । दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानियवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरुको शव कन्काई सिँचाई नहरको डिलमा भेटिएको स्थानियले जनाएका छन् ।...
सुन चाँदीको मूल्यमा गिरावट

सुन चाँदीको मूल्यमा गिरावट

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २६ गते । आज सुन चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिराबट भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ९६ हजार ६०० र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ ।...
निर्वाचनका लागि १ लाख ३० हजार म्यादी भर्ना गरिने

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी भर्ना गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २६ गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सवै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमा बुझाउने तयारी गर...
उदयपुरमा लागुऔषध गाजाँ सहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषध गाजाँ सहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ उदयपुरमा लागुऔषध गाजाँ सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका –६ लालपत्ता बस्ने १९ बर्षीय कमल चौधरी र सोहि स्थानका २४ बर्षीय सुनिल बस्नेत रहेका छन् ।आज दिउसो ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको गस्ति टोलिले लालपत्ता खोलाको डिलमा बस्नेतले बोकी ल्याएको निलो प्लाष्टिकको झोलालाई शंका लागि चेकजाँच गर्दा ५१० ग्राम लागुऔषध गाजाँ सहित दुबैलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले बताए । पक्राउ परेका दुवै जनाको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको छ ।...
बगाहामा मेडिकल कलेज स्थापना गर्न स्थलगत अबलोकन

बगाहामा मेडिकल कलेज स्थापना गर्न स्थलगत अबलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ गते । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा मेडिकल कलेज स्थापना गर्न नगर तथा प्रदेश सरकारले आज (बुधवार) स्थलगत अबलोकन गरेको छ । नगर प्रमुख बसन्त बस्नेत, उप–प्रमुख महेश्वरी राई,लगानी बोडको टिम लगाएतले कलेज स्थापनाका लागि स्थलगत अबलोकन गरेको हो । २०७९ असार ३० गते नवौँ नगर सभाबाट आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिका लगाएत ४,१३ र १६ नं. वडामा विभिन्न योजनाहरु सञ्चालन गरिने छ । वडा नं. ४ मा मेडिकल कलेज, वडा नं. १३ मा बरुवा बस पार्क निमार्णका साथै फोहोरमैला व्यवस्थापन गरिने छ । त्यस्तै, यता वडा नं. १६ मा सिदालीमा क्रिङ्गर उद्योग निमार्ण र नगरपालिका भित्र आवासिय विद्यालय निमार्ण गरिने योगजन रहेको नगरले जनाएको छ । पाँच वटै योजनाको लागि प्रदेश लगानी प्राधिकरण, बिराटनगरले लगानी गर्ने छ ।...