Tuesday, June 30News That Matters

Breaking News 2

स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १ गते । स्कुल बसले किचेर बारामा एक जना विद्यार्थीको अकालमै मृत्यु भएको छ । जिल्लाको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज बसले किचेर स्थानीय राकेश राय यादवका २ वर्षीय छोरा आयुषको मृत्यु भएको हो । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो । बससहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।...
उदयपुरमा लागुऔषध गाजाँसहित युवक पक्राउ

उदयपुरमा लागुऔषध गाजाँसहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ उदयपुरमा लागुऔषध गाजाँसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालीका–६ पुल चोकबेल्टार बस्ने ५४ बर्षीय मंगल बहादुर बिश्वकर्मा रहेका छन् ।सोमबार बेलुका ५ बजेको समयमा बिश्वकर्माको घरमा लागुऔषध गाँजा राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँच गर्दा अं २.५ (अढाई के.जी ) गाँजा बरामद भएको छ । पक्राउ परेका बिश्कर्माको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए ।...
मापसे सेवन गरि ३ जनामाथि एसिड प्रहार गर्ने २२ लिटर एसिडसहित पक्राउ

मापसे सेवन गरि ३ जनामाथि एसिड प्रहार गर्ने २२ लिटर एसिडसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । मादक पदार्थ सेवन गरि तीन जना नातेदारमाथि एसिड प्रहार गरेको अभियोगमा सल्यानका एक जना पक्राउ परेको छ । जिल्लाको चुम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
४ वर्षीया बालिका करणी गरेको आरोपमा ५६ वर्षीया पुरुष पक्राउ

४ वर्षीया बालिका करणी गरेको आरोपमा ५६ वर्षीया पुरुष पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । चार वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा पाँचथरका एक ५६ वर्षीय पुरुष पक्राउ परेको छ । जिल्लाको फिदिम नगरपालिका– ११ फेवदिनका वस्ते देवी बुढाथोकीलाई चार वर्षीय बालिकालाई गरणी गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार राती बालिकालाई ललाईफकाई गरेर करणी गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।...
ढोकाले लागेर एक बालिकाको मृत्यु

ढोकाले लागेर एक बालिकाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । ढोकाले लाग्दा भक्तपुरमा एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको थिमि–१ लोलकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा बालिकाको ज्यान गएको हो । स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो । ढोका ढलेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।...
प्रहरी र स्थानीयबीच झडप, २ इन्सपेक्टसहित ८ जना घाइते

प्रहरी र स्थानीयबीच झडप, २ इन्सपेक्टसहित ८ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३० गते । स्थानी र प्रहरीबीच झडप हुँदा २ इन्सपेक्टरसहित ८ जना घाइते भएका छन् । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ जना प्रहरी निरीक्षकसहित ३ सशस्त्र प्रहरी र ३ नेपाल प्रहरी रहेका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमे...
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 2, संसार
पूर्णपुष्टि, साउन ३० गते । सुनचाँदीको मूल्यमा आज गिरावट भएको छ । सुन तोलामा ४ सय रुपैयाँले र चाँदीको मूल्यमा तोलाको १५ रुपैयाले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । इता, चाँदीको मूल्य तोलामा १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।...
प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ५ जना पक्राउ

प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ५ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २९ गते । प्रदेश नं. १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा पााँच जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्धाटनका लागि पुगेको स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरु प्क्राउ परेका छन् । आइतवार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवहरुले कालो झण्डा देखाएका छन् । अस्पताल भवन निर्माणमा अनियमितता भएको भन्दै उनीहरूले त्यसको छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् । कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएकाले आयव्यय सार्वजनिक गर्न माग गर्दै आएका थिए । यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनल...
निहारिकालाई भेट्न मेयर बालेन पुगे शिक्षण अस्पताल

निहारिकालाई भेट्न मेयर बालेन पुगे शिक्षण अस्पताल

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २९ गते । काठमाडौै महानगरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालका रहेक् िनिहारिका राजपुतलाई भेटेका छन् । उनी बलात्कारबाट जन्मिएको आफ्नो डिएनए परीक्षण गर्न माग गर्दै काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् । यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ । अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको...
अरिंगालले टोक्दा एक युवकको मृत्यु

अरिंगालले टोक्दा एक युवकको मृत्यु

Breaking News 2, समाचार
अरिंगालले टोक्दा एक युवकको मृत्यु पूर्णपुष्टि, साउन २९ गते । अरिंगालले टोक्दा तनहुँमा एक युवकको ज्यान गएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनका ३१ वर्षीइ टोप बहादुर कुमालको ज्यान गएको हो । बिहीवार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोलो पोल्ने क्रममा उनालाई अरिङगालले टोकेको थियो । उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो । तर उपचारका क्रममा शनिबार विहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...