Tuesday, June 30News That Matters

Breaking News 2

गोर्खा वेलफेयर ट्रष्ट  र युकेएडको कोशीपिडित ९४ घर परिवारलाई राहत सहयोग

गोर्खा वेलफेयर ट्रष्ट र युकेएडको कोशीपिडित ९४ घर परिवारलाई राहत सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ बेलका नगरपालिकाका अति प्रभावित कोशी पिडित ९४ घर परिवारलाई राहत वितरण गरिएको छ । हजारौँ बस्ती डुवान र कयौँ जोखिममा रहेका मध्य ९४ घर परिवारलाई भने तत्कालै राहत उपलब्ध गर्नु पर्ने अवस्था अनुसार सर्वेक्षणको आधारमा ९४ घर परिवारलाई राहत उपलब्ध गराईएको बलेका नगरपालिकाले जनाए छ ।यस क्षेत्रमा श्रावण १८ गते बिहान लगभग ४ बजेको समयमा कोशिको भंगालो टप्पुको बस्तिमा पस्दा लगभग १००० घर परिवार प्रत्यक्ष प्रभाबित बनेका छन् भने १५०० घरधुरि जोखिममा रहेको छ।कोशीका कटानका कारण प्रभावित भएकाहरुका लागि बेलका नगरपालिकाले विभिन्न निकाय तथा संघ सस्थाहरु संग सहयोगको लागि अपिल गरेका थिए । सोहि अनुसार विभिन्न दातृ संधस्ंस्था बाट सहयोग गर्ने प्रतिबद्धता अनुसार गोर्खा वेलफेयर ट्रष्ट र युकेएडको संयुक्त सहयोगमा राहत वितरण गरिएको नगर उपप्रमुख जिरा राईले बताउनुभयो । गोर्खा वेलफेयरले प्रभावितक्षेत्रको अन...
उदयपुरमा सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुरमा सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ गते । उदयपुरको सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी टि.भी. क्यामेरा बिग्रिएपछि चोरीका घटनामा वृद्धि भएको छ । बजार क्षेत्रमा तथा चोकमा ६ वर्षअघि जडान गरिएका सिसी टिभी क्यामेराले काम गर्न छोडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विश्वकर्मा बताउँछन् । सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी छन् । सिसी क्यामेरा जडानपछि एक–दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका सदस्य कुमार घिमिरे बताउँछन् । सिसी क्यामेराबाट सबै ...
एकै दिनमा  ट्राफिकले ११४ जना कलेजका विद्यार्थीलाई कारवाही गरे

एकै दिनमा ट्राफिकले ११४ जना कलेजका विद्यार्थीलाई कारवाही गरे

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ गते । उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा अत्यधिब क्याम्पसका विद्यार्थीहरु कारवाहीमा परेका छन् । बिहिबार गरिएको चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेमा सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहिबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरवाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले हेलमेट नलगाउने ३ जना र दुईपांग्रेस सवारीमा ३ जना बोकेको आरोपमा दुईजना विद्यार्थीलाई कारवाही गरेको छ ।...
चट्याङले लागरेर एक महिलाको मृत्यु

चट्याङले लागरेर एक महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ गते । सुनसारीको इटहरी उप–महानगरपालिका–१७ स्तिथमा चट्याङले लागेर एक जना महिलाको ज्यान गएको छ । बिहिबार अपरान्ह साढे ३ बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानिय २७ वर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकि मृत्यु भएको हो ।...
७ सिट क्षमता भएको डुंगामा २५ जना सवार :ओभर लोड हुँदा डुंगा पल्टियो विद्यार्थी घाईते

७ सिट क्षमता भएको डुंगामा २५ जना सवार :ओभर लोड हुँदा डुंगा पल्टियो विद्यार्थी घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ गते । दाङमा २५ जना विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् । क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताए । लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए । लमही नगरपालिका– ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ म...
४ दिन एता लगातार सुनको मूल्यमा गिारावट

४ दिन एता लगातार सुनको मूल्यमा गिारावट

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २ गते । चार दिन एता लगातर सुनको मूल्यमा गिरावट भएको छ । सोमबारदेखि बिहिबारसम्म सुनको मूल्य तोलामा १ हजार ९ सय रुपौयाँले घटिसकेको छ । सोमबार प्रतितोला ४ सय रुपैयाँ, मंगलबार प्रतितोला ७ सय रुपैयाँ, बुधबार प्रतितोला ५सय रुपैयाँ र आज प्रतितोला ३ सय रुपैयाँ गरी तोलामा १९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।  ...
मोरङमा आग्लागी हुँदा एक जना मजदुरको जलेर मृत्यु

मोरङमा आग्लागी हुँदा एक जना मजदुरको जलेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ गते । मोरङमा आग्लागी हुँदा एक जना मजदुरको ज्यान गएको छ । जिल्लाको सुन्दरहैचा–११ मा आग्लागी हुँदा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको हो । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मारङका डिएसपी एवम् दीपक श्रेष्ठले जनाएको छ । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।...
हर्क साम्पाङले गरेको सय दिनको काम सार्वजानिक

हर्क साम्पाङले गरेको सय दिनको काम सार्वजानिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ धरान उपमाहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो सय दिनको काम सार्वाजानिक गरेको छ । राईले आफ्नो आधिकारिक फेसवुक स्टाटसमा मेयर भएताका सय दिनको काम सुचि सहित सार्वजानिक गरेको हो । उनले धरान विकास र त्यहाँको वेतिथिको बारेमा महत्वपूर्ण काम गरेको उल्लेख गरेको छ । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । १०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ– १। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें २। ४ ठाउँबाट खानेपानीको मूहान थपें ३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ४। ६ लाख विरुवा रोपें ५। सरसफाइमा देखिने सुधार ल्याएँ ६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ७। जलवि...
सरकारले प्लास्टिकको झोला उत्पादनदेखि प्रयोग सम्ममा प्रतिबन्ध लगायो

सरकारले प्लास्टिकको झोला उत्पादनदेखि प्रयोग सम्ममा प्रतिबन्ध लगायो

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १ गते । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उन्पादन, आयात, बिक्रिवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने जनाइएको छ । गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए...
१५ लाख बराबरको राजस्व छली गरेको सामानसहित २ जना पक्राउ

१५ लाख बराबरको राजस्व छली गरेको सामानसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १ गते । ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए । बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।...