Tuesday, June 30News That Matters

Breaking News 2

पौडी खेल्ने क्रममा बेपत्ता भएको शिक्षकको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएको शिक्षकको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षकको शव आज फेला परेको छ । काठमाडौँको मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका–३२ बस्ने ४५ वर्षीय बाबुराम अधिकारीको शव आज बिहान पेला परेको हो । मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका अधिकारी तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश रेग्मीले बताए । प्रहरी निरीक्षक रेग्मीका अनुसार उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।...
तीजको दर खाएर १ सय भन्दा बढी बिरामी

तीजको दर खाएर १ सय भन्दा बढी बिरामी

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । एउटै गाउँका एक सय भन्दा बढी मानिस तिजको दर खाएर बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अधिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।” स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइन पानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुन...
विराटनगरमा दुई पक्षीय झडप, १० जना घाइते

विराटनगरमा दुई पक्षीय झडप, १० जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । विराटगरमा दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मंगलबार साँझ विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले जनाएको छ । सो झडपमा परि घाइते भएका १० मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ । कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् । उनीहरू राजवंशीको समूहका हुन् । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।...
उदयपुरमा किसानमुखी कार्यक्रमका लागि १७ करोड बढि बजेट स्वीकृत

उदयपुरमा किसानमुखी कार्यक्रमका लागि १७ करोड बढि बजेट स्वीकृत

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । उदयपुरमा कृषि तथा पशुपन्क्षीसँग सम्बन्धित जिल्लाका तीन कार्यालयले चालु आर्थिक बर्ष २०७९÷८० का लागि १७ करोड ५७ लाख ६७ हजार बजेट स्वीकृत गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको गत बर्षको बार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम सार्वजानिकिकरणमा उक्त बजेट स्वीकृति भएको हो । वजेट स्वीकृति भएको जनाएका हुन् । स्वीकृत कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्रले चार शिर्षक अन्र्तगत संघ र प्रदेश सरकारको सहयोगमा २९ वटा उपशिर्षक भित्र रहेर क्रियाकलाप गरिने छ । कार्यालयले कृषि ज्ञान केन्द्र, कृषि विकास रणनीति अनुगमन तथा समन्वय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि संघ सशर्त कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । कार्यालय प्रमुख महेशकुमार चौधरीका अनुसार पुजिँगत, ...
गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

गाईसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । कैलालीमा छाडा छोडिएको गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको ज्यान गएको हो । रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिए । डिएसपी जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।...
उदयपुरमा गाँजा सहित महिला पक्राउ

उदयपुरमा गाँजा सहित महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरको चौदण्डीगढीमा एक महिला गाँजा सहित प्रहरीले पक्राउ परेकी छिन् । आईतबार चौदण्डी नगरपालिका ३ स्कुलवारी लामु शेर्पाको घरमा अबैध गाँजा बिक्रि वितरणको सूचानका आधारमा बसाहा प्रहरी चौकीले ५९ बर्षिय लामु शेर्पालाई पक्राउ गरेको हो । प्रहरीले शेर्पाकै घरमा अन्दाजी १ केजी जति गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको जनाएको छ । उनलाई गाँजा सहित पक्राउ गरी बेल्टार प्रहरीलाई जिम्मा लगाई लागुऔषाध मुद्धामा म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बस्ने ३५ बर्षीय रोहित प्रधान रहेका छन् ।उदयपुर जिल्ला अदालतको मिति २०७५÷०३÷०३ गतेको फैसलाले २४ दिन कैद र रु. २,००० जरिवाना तोकेतापनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले आईतबार प्रधानलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वनयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
भालुको आक्रमणबाट एक जना घाईते

भालुको आक्रमणबाट एक जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । भालुले आक्रमण गर्दा सोलुखुम्बुमा एक जना घाईते भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा सोमबार दिउँसो ३ बजे बाख्रा चराउने क्रममा भालुले आक्रमण गर्दा ४० वर्षीय गोपाल भूजेल घाईते भएको हो । बाख्रा चराउने क्रममा भूजेललाई भालुले आक्रमण गरेको वडा कार्यालयले जनाएको छ । अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कार्यबाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिए । उनका अनुसार गार्मा स्कुल नजिकैको बारीमा बाख्रा चराउने क्रममा भुजेललाई भालुले आक्रमण गरेको हो । भालुको आतंक बढेसँगै विद्यालय आउने बालबालिकालाई जोखिम बढेको कार्कीले बताए ।...
वडाध्यक्षले चलाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

वडाध्यक्षले चलाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । मोरङको बेलबारी–११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा राईले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो । शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो । साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । अहिले वडाध्यक्ष राई प्रहरी नियन्त्रणमा छन् । घटना सम्बन्धमा थप छानबिन अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
अपाङ्ग किशोरी बलात्कार गरी गर्भवती बनाएको अभियोगमा बिपी प्रतिष्ठानका स्वास्थ्य बिमा हाकिम पक्राउ

अपाङ्ग किशोरी बलात्कार गरी गर्भवती बनाएको अभियोगमा बिपी प्रतिष्ठानका स्वास्थ्य बिमा हाकिम पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ५ गते । धरानमा एक अपाङ्ग किशोरी बलात्कार गरी गर्भवती बनाएको अभियोगमा बिपी प्रतिष्ठानका स्वास्थ्य हाकिम पक्राउ परेको छ । धरान–८ को गँरास चोक भाडामा बस्दै आएकी किशोरीलाई सो स्थानको ६१ वर्षीय वीरेन्द्र बहादुर शङ्कर पक्राउ परेको हो । शङ्कर ३२ गते पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले जबरजस्ती करणी कसुरमा एक हप्ताको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ । पीडित किशोरीले दैनिक जसो बमिट गरेको र केही नखाने र सुतिरहने जस्ता कार्य गरेपछि किशोरीकी आमाले उपचार गराउन भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी थिइन् । उपचार गर्नु पुगेकी किशोरी ५ महिने गर्भवती भएको बिपीका डाक्टरले बताएका थिए । किशोरीकी आमाले पेटको बच्चा फाल्ने निधो गरिन । डाक्टरले पीडितकी आमालाई प्रहरीलाई खबर गर्नु सल्लाह दिए । डाक्टरको सल्लाह अनुसार...