Tuesday, June 30News That Matters

Breaking News 2

उदयपुरमा एकै दिन दुई झोलुङ्गेपुलको उदघाटन

उदयपुरमा एकै दिन दुई झोलुङ्गेपुलको उदघाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १० उदयपुरको उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा शुक्रबार एकै दिन दुई वटा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । उदयपुर निर्बाचन क्षेत्र नम्बर दुई ९क० का प्रदेश सांसद नारायण बुर्जा मगरले दुई झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । सांसद मगरले आफ्नो निर्बाचन क्षेत्र अन्र्तगत दुई गाउँपालिकामा निर्माण झोलुङ्गे पुलले विशेषगरी वर्षातमा ज्यान जोखिम मोलेर बाढीमा खोला तर्नुपर्ने समस्या टरेको छ । स्थानीयलाई आवतजावतमा सहज तुल्याएको छ भने बालबालिकालाई विद्यालय धाउन सजिलो भएको छ । उदयपुगढी गाउँपालिका ७ अधेरीखोलाको झोलुङ्गे पुल कुल लागत ४५ लाख ६२ लाख ५३७ रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो । त्यस्तै अर्को पुल रौतामाई गाउँपालिका वडा नम्बर ७ मुर्कुची बजार नजिक रहेको पुँवारेखोलाको झोलुङ्गे पुल ६१ लाख ५५ हजार ७४३ रुपैया लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ । ६२ म...
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ झापामा श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ स्थित चन्द्रबस्तीका ४० बर्षीय नाईके हास्दा रहेका छन् ।उनले आफ्नै ३५ वर्षीय श्रीमती तालामाईको शुक्रबार राती १०:१० बजेको समयमा कोखमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका नाईकेको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा ३४ विद्यार्थी बिरामी

क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा ३४ विद्यार्थी बिरामी

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० गते । क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकै साथ बिरामी भकएका छज् । उनीहरूको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । काँकडभिट्टा माविभित्र सञ्चालित क्यानटिन (चमेना गृह) मा खाजा खाएको आधा घण्टापछि विद्यार्थी एकाएक बिरामी पर्न थालेको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए । विद्यार्थी बिरामी पर्न थालेपछि उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको र थप स्वास्थ्यमा समस्या देखिएपछि मेची अस्पताल ल्याएको प्रधानाध्यापक न्यौपानेले बताए । कक्षा १ देखि ६ सम्मका विद्यार्थीमा फुड पोइजनको लक्षण देखिएको बताउँदै प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यार्थीले क्यानटिनमा गएर छोला र मुरै खाएका थिए, टिफिन टाइममा खाजा खाएको केही समयपछि विद्यार्थीको पेट दुख्न थाल्यो ।’ एकैपट...
उदयपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु

उदयपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ उदयपुरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका वडा नं–१० सोता स्थितमा बस्ने ६० बर्षीय फौद बहादुर श्रेष्ठ रहेका छन् ।बुधबार राती ९ बजेको समयमा श्रेष्ठ घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्कने क्रममा अचानक भिरबाट लडी घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेश कुमार पोदारले जनाए । घटना स्थलमा कटारीबाट खटिएको प्रहरीे टोलीले सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी लास पोष्टमार्टमको लागी कटारी अस्पताल पठाएको जनाएको छ ।...
सासु कुटेको अभियोगमा २ बुहारी पक्राउ

सासु कुटेको अभियोगमा २ बुहारी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । सासु कुटपिट गरेको अभियोगमा अछामबाट दुई जना बुहारी पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गरेका दुई जना बुहारी पक्राउ परेका हुन् । न्यौपानेमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने...
प्रदेश खारेजीको हल्ला प्रति मन्त्री कार्की असन्तुष्ट

प्रदेश खारेजीको हल्ला प्रति मन्त्री कार्की असन्तुष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले पछिल्लो समय संघियता प्र्रति वितृष्णा फैलदै जादा प्रदेश खारेज गर्नुपर्ने माग बढ्दै गएको प्रति असन्तुष्टी जनाएका छन् । उनले प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको समेत दावि गरेका छन् ।उदयपुरको देउरीमा आज पुल उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश संरचना आवश्यक रहेको बताएका छन् । उनले भने प्रदेशका मन्त्रीले गाडी चढे होलान, तलब भत्ता खाए होलान तर प्रदेश आवश्यक छैन भन्नु चै गलत छ । “उनले थपे’ प्रदेश सरकार थिएन भने यी विकासका काम हुने थिएनन् । सथै उनले प्रदेशले संघ र स्थानिय तहका सरकारसँग समन्वय गरी विकासमा लागिरहेको बताए ।...
सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । सुनसरीका बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृत्यु भएको छ । हिजो दिउँसो पौने २ बजे सरस्वति मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र–९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझीको नदीमा डुबी मृत्यु भएको हो । बालिकाले बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानियले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।...
चोरी भएको दुर्गाको मूर्ति अमेरीकाबाट काठमाडौँ ल्याइदै

चोरी भएको दुर्गाको मूर्ति अमेरीकाबाट काठमाडौँ ल्याइदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । चोरी भएको दुर्गाको मूर्ति अमेरीकाबाट नेपाल ल्याइने भएको छ । न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्तको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तू नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए । एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४औं शताब्दीदेखि १८ औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो । उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदे...
गोर्खा वेल्फेयरद्वारा बेलकामा दोस्रो चरणको राहत वितरण

गोर्खा वेल्फेयरद्वारा बेलकामा दोस्रो चरणको राहत वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बेलकाका सप्तकोशी पिडितहरुलाई दोस्रो चरणमा आज राहत वितरण गरेको छ । वेल्फेयरको उत्थानशील खानेपानी सरसफाई तथा विपद तयारी कार्यक्रमको सहयोगमा ९८ घर परिवारलाई विभिन्न साम्रग्री वितरण गरेको हो । राहत प्याकेज अन्तर्गत आत्म सम्मान÷स्वच्छता सामग्र, सरसफाई सामग्री, भाँडाकुडा÷किचन सेट, खाद्यान्न सामग्री र बन्दोबस्तीको सामग्री ९८\९८ सेट उपलब्ध गराएको हो । १५ लाख ७० हजार २५४ रुपैया बराबरको राहत सामग्री वितरण गरेको वेल्फेयरले जनाएको छ ।एक परिवारलाई आवश्यक पर्ने खाद्यन्नदेखि प्रयोगका सामग्रीहरु सम्मिलत राहत प्याकेज वितरण भएको र यसले पिडितहरुलाई फाइदा पुग्ने बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । विपद् तथा विभिन्न कारणले समस्यामा परेकाहरुलाई वेल्फेयरले सहयोग गर्ने गरेको सिनियर एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्बुले बताउनुभयो...
बीपी प्रतिष्ठानमा ३० आईसीयु बेड थपियो

बीपी प्रतिष्ठानमा ३० आईसीयु बेड थपियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरणसहित ३० वटा आईसीयु बेड थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड आर्थिक सहयोगमा प्रतिष्ठानले ३० आइसीयू बेड खरिद गरि जडान गरेको हो । प्रतिष्ठानमा दैनिक ३ हजार बढी बिरामी उपचारका लागि आउने गरेका छन् । प्रतिष्ठानमा आईसीयू बेड अभावका कारण बिरामीले सास्ती भोग्दै आएका छन् । प्रतिष्ठानमा ३० बेड आईसीयू थपिएपछि बिरामीको उपचारमा सहज हुने भएको छ । प्रतिष्ठानमा आउने बिरामीहरुले दैनिक आईसीयू बेड नपाएका कारण महंगो शुल्क तिरेर विराटनगर, विर्तामोड र काठमाडौंका महंगा अस्पताल गएर उपचार गराउन बाध्य भएका थिए । सरकारले प्रतिष्ठानमा ३० बेड साईसीयू थप गरेपछि बिरामीको उपचारमा धेरै जहज हुने प्रतिष्ठानको आकस्मिक विभाग प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए । अति सिकिस्त भएर आउने बिरामीलाई आईसीयू बेड नभएका कारण अन्य अ...