Tuesday, June 30News That Matters

Breaking News 2

चतरा नहरमा डुबी २ जनाको ज्यान गयो

चतरा नहरमा डुबी २ जनाको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको चतरा नहरमा डुबेर ज्यान गएको हो । नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको ज्यान गएको हो । सलिना र शोभा फुपू भदैनी भएको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरूसँगै नुहाउन पसेका २३ वर्षीया सोनु खड्का र १४ वर्षीया इशा खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहक्षेत्रको बीचपानी भएर जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरमा सलिनालाई डुबेको स्थानदेखि तीनकिलोमिटर दक्षिण मृत अवस्थामा फेला परेकी थिइन् भने शोभालाई उद्धार गरेर धरानको विजयपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचारकै क्रममा ज्यान गएको हो ।...
रुमनले जन्मोत्सव बौद्धिक अपाङ्गता बालबालिकासँग मनाए

रुमनले जन्मोत्सव बौद्धिक अपाङ्गता बालबालिकासँग मनाए

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १६ युवा समाजसेवी तथा व्यवसायी कालिदास राई (किसन) ले आफ्नो छोराको जन्म दिनमा आज बौद्धिक अपाङ्गता बालबालिकालाई कपडा, खाद्यान्न सहयोग गर्नुभएको छ ।छोरा रुमन राईको जन्मोत्सवमा त्रियुगा माध्यामिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता श्रोत कक्षाका बालबालिकाहरुलाई कपडा, खाद्यान्नका साथै शुद्ध पानी पिउनका लागि फिल्टरसमेत सहयोग गर्नुभयो । खाद्यान्नमा एक कार्टुन तेल, एक बोरा चामल, एक कार्टुन चाउचाउ, एक कार्टुन फ्रुटी, दुई क्रेट अण्डा लगायत रहेको थियो भने एउटा फिल्टर र भेष्ट उपलब्ध गराइएको हो ।स्रोत कक्षाका संयोजक अमृत हमाल र धाइआमाहरुकाबीच बालबालिकाहरुसंग केकसमेत काटेर जन्मदिन मनाइएको थियो ।जन्मदिनको निहुँमा अनावश्यक बाहिरी खर्च गर्नुभन्दा मानवीय सहयोग होस् भन्ने हेतुले १२ वसन्त टेकेको छोरोको जन्मोसवमा बौद्धिक अपाङ्गता बालबालिकालाई सहयोग गरेको राई परिवारले जनाएको छ ।   &nbs...
टिकटक बन्द गर्न युवाहरुको माग

टिकटक बन्द गर्न युवाहरुको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १६ गते । टिकटक एप बन्द गर्न सप्तरीका युवाहरुले माग गरेका छन् । समाजमा अश्लीलता बढिरहेकको भन्दै युवाहरुले सप्तरीको राजविराजमा बुधबार टिकटक बन्द गर्नका लागि प्रदर्शन गरेका हुन् । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए । प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए । समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अ...
उदयपुरमा १५ औं पुस्तकालय दिवसमा वकृत्वकला प्रतियोगिता, प्याराडाईज बोडिङ प्रथम

उदयपुरमा १५ औं पुस्तकालय दिवसमा वकृत्वकला प्रतियोगिता, प्याराडाईज बोडिङ प्रथम

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १५ गते । १५ औं पुस्तकालय दिवसको अवसरमा बुधवार उदयपुरको संगम सामुदायी पुस्तकालयले वकृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयले आयोजना गरेको प्रतियोगितामा प्याराडाईज बोडिङ स्कुल गाईघाटले प्रथम स्थान ल्याएको छ । प्याराडाईजले “पढौ पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ ।” विषयमा आफ्नो प्रस्तुती दिएर ७ वटा स्कुलहरुलाई पछाडी पार्दै प्रथम स्थान हसिल गरेको हो । प्रतियोगितामा जिल्ला भरिका ८ वटा विद्यालयबाट १५ जना विद्यार्थी सहभागी भएका थिए । कक्षा ९ देखि १२ सम्ममा अध्यनरत विद्यार्थीहरु सहभागी रहेका थिए । प्रथम प्याराडाईजका निश्चला थापा, द्धितीय जनजोती मा.बि.का विभा ठाकुर, तिृतीय प्याराडाईजकै शौजन्य खत्री र सानत्वनामा सृष्टी दाहाल भएका छन् । जिल्ला स्तरीय वकृत्वकला प्रतियोगितामा प्रथम स्थान ल्याउने विद्यार्थीले भदौ १७ गते हुने प्रदेश स्तरी प्रतियोगितामा सहभागी हुने अवसर...
त्रियुगाकी वडा सदस्य ६ दिनदेखी वेपत्ता

त्रियुगाकी वडा सदस्य ६ दिनदेखी वेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १५ त्रियुगा नगरपालिका वडा नं २ की वडा सदस्य छत्र कुमारी थापा राउत ६ दिनदेखी वेपत्ता भएकी छिन् । उनी भाद्र नौ गतेदेखि हराइरहेको परिवारले बताएको छ । उनी उपचार गरी गाइघाट फर्कने क्रममा वेलका नगरपालिकाको सेती खोला नजिकै रहेको पेट्रेल पम्मवाट हराएकी हुन् ।वेपत्ता भएकी छत्र कुमारी राउत कालाबन्जरबाट गाइघाटतर्फ आउँदै थिइन् । बिहान ६ वजेतिर सेतीखोला को पेट्रोल पम्पमा सुमोबाट उत्रीएकी उनी त्यसपछि परिवारको सम्पर्कमा नआएको श्रीमान देवी कुमार राउतले बताएका छन् । उनी पाइल्सको उपचारगर्न भन्दै विराटनगर गएकी थिइन । उनी हराएको भन्दै इलाका प्रहरी कार्यलय रामपुरमा उजुरी दिएपनि अहिलेसम्म प्रहरीले भेट्याउन सकेको छैन । गाईघाट आउदै गरेको मान्छे बिच बाटोमा उत्रीएकाले घटना संकास्पद भएकाले गम्भीर अनुसन्धान गर्न माइतीपक्षले माग गरेको छ ।...
मध्यपश्चिम विश्वविद्यालयमा महिला मृत फेला

मध्यपश्चिम विश्वविद्यालयमा महिला मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १४ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको मध्यपश्चिम विश्वविद्यालयमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृतक महिलाको पहिचान खुली नसकेको प्रहरीले जनाए । विश्वविद्यालयको व्यवस्थापन संकाय (मुसोम) को भुईं तलामा मृत अवस्थामा महिला फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीका अनुसार सोमाबार दिउँसो साढेँ ४ बजे मृत अवस्थामा फेला परेकी महिलाको अन्दाजी उमेर २८÷२९ रहेको छ । मृतकको शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको कार्कीले बताए । मृतकको शव प्रदेश अस्पताल कालागाँउको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।    ...
विराटनगरमा विश्वचर्चित गेम पब्जी प्रतियोगिता हुने

विराटनगरमा विश्वचर्चित गेम पब्जी प्रतियोगिता हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जी ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ । भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ । एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षत्रीले जानकारी दिए । ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा आठ वटा खेल हुन्छ । एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन् ।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ । प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ...
फेसबुक मार्फत मेयर र उपमेयर विरुद्ध गलत भ्रम फैलाउने एक युवक झापाबाट पक्राउ

फेसबुक मार्फत मेयर र उपमेयर विरुद्ध गलत भ्रम फैलाउने एक युवक झापाबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । सामाजिक सञ्जाल फेसबूक मार्फत मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको अभियोगमा झापाबाट एक युवक पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका–४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिबार राति बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर र उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोष्ट गरेका थिए । दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।...
चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते

चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । चितुवाको आक्रमणबाट आमा तहुँमा छोरा घाइते भएका छन् । जिल्लाको व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका ९ वर्षीय छोरा शंकर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ । गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउदै काठामा सुतिरहेका थिए । चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेको थियो । छोरालाई बचाउने क्रममा चितुवा लखेट्न खोज्दा आमालाई पनि घाइते बनाएको प्रहरीले जनाएको छ ।...
सरस्वती सामुदायिक वनको दर कार्यक्रम

सरस्वती सामुदायिक वनको दर कार्यक्रम

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि, भदौ ११ त्रीयुगा नगरपालिका–५ मा रहेको सरस्वती सामुदायिक वनले आफ्नो उपभोक्ताको लागी दर कार्यक्रम आयोजना गरेको छ । दर कार्यक्रम अघि महिला सशक्तिकरणका लागि सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।दर कार्यक्रममा सामुदायिक वनमा आवद्ध महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सो कार्यक्रम सामुदायिक वनले विकास गरेको मयुरवनमा गरेको थियो । सरस्वती सामुदायिक वनले आफ्नो वनक्षेत्रमा पर्यटकीय क्षेत्र ‘मयुरवन’ निर्माण गरेको छ । मयुर वनमा हिन्दु तथा किरात धर्मसम्बन्धी सामाग्री निर्माण गरेको छ । साथै वृक्षारोपण समेत गरी वनसंरक्षण गर्दै आएको छ ।सो कार्यक्रममा प्रमुख अतिथी त्रीयुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले सामुदायिक वनले महिला नेतृत्व बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताएकी थिईन । सो कार्यक्रमको सभापति सरस्वती सामुदायिक वनका अध्यक्ष दिपक बान्तवा राई रहेको थिए ...