Tuesday, June 30News That Matters

Breaking News 2

नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङका कर्मचारीको करेन्ट लागेर मृत्यु

नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङका कर्मचारीको करेन्ट लागेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दित्तेल रुपाकोट मझुवगढी–४ का ४० बर्षीय नबिन्द्र राई रहेका छन् । उनि नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी हुन् ।हिजो बेलुका साढे ५ बजे राई तीनधारे स्थितमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।...
एमाले उदयपुरले प्रतिनिधि सभा सदस्यको लागि ११ जनाको नाम सिफारिस गर्यो

एमाले उदयपुरले प्रतिनिधि सभा सदस्यको लागि ११ जनाको नाम सिफारिस गर्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १९ उदयपुरमा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरमा दुई ओटा क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य रहनु भएकी मञ्जु कुमारी चौधरी सहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका(कल्याण), प्रदेश कमिटि सदस्यहरु बिमल कार्की र सुरेश तामाङ्ग सिफारिस हुनुभएको छ मञ्जु कुमारी चौधरी यस अघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित हुनुभएको थियो । त्यस्तै बिमल कार्की प्रदेश सांसद् समेत हुनुहुन्...
उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला

उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला परेको छ । जिल्लाको बेलका नगरपालिका-८ सिसौली स्थित जंगली हात्ति मरेको अवस्थामा फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा शनिबार नै जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो ।डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गएराति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी गराएको थियो । जंगली हात्ती मृत फेला परेपछि आज डिभिजन वन कार्यालय गाईघाटका टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टमका लागि टोली पठाइएको छ । उनले भने, ‘त्यही क्षेत्रमा घुमिरहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको छ । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धा...
१ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना

१ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरीतर्फ अवस्थित रहेकोले १ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विभाग महाशाखाले जनाएको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।...
जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । झपामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट ज्यान गएकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । दाङमा राती टिकटक बनाउने क्रममा भिरबाट लडी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउने क्रममा केसी शनिबार राति करिब नौ बजे भीरबाट तीन सय मिटर तल खसेका थिए । भिरबाट लडेकाको केसीलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए । रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
अबैध औषधी सहित दम्पती पक्राउ

अबैध औषधी सहित दम्पती पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ सुनसरीमा अबैध औषधी सहित दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङ रहेका छन् ।उनिहरुले आफ्नै कोठामा अबैध औषधी लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दम्पतीलाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।...
माओवादीद्धारा उदयपुर क्षेत्र नं १ का लागि उम्मेदवार सिफरिस

माओवादीद्धारा उदयपुर क्षेत्र नं १ का लागि उम्मेदवार सिफरिस

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १८ नेकपा माओवादी केन्द्र उदयपुर क्षेत्र नं १ को आज भदौ १८ गते बसेको बैठकले उम्मेदवारको सिफरिस गरेको छ । माओवादीले उदयपुर क्षेत्र नं १ का लागि मिन बहादुर ज्यु ठकुरी र किरण राईको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ खगेन्द्र खड्का, दिल कुमारी पुलामी मगर र सागर वि.क.को नाम सिफारिस गरेको छ ।प्रदेश निर्वाचन क्षेत्र उदयपुर क्षेत्र नं. १ (क) का लागि प्रत्यक्षमा चार जना राजन किराती, मणी खम्बु, रमन भट्टराई र मनोज तामाङ सिफारिस भएका छन् । यस्तै सोहि क्षेत्रको समानुपातिकका लागि ६ जनाको नाम सिफारिस भएको छ । जसमा सम्झना तामाङ, देव नायारण चौधरी , श्याम क्षेष्ठ, गेगासरी राई, खड्क बहादुर बि.क., राम कुमार र ललित राई रहेका छन् । यस्तै क्षेत्र नं १ (ख) को लागि प्रत्यक्षमा बिमला राई, मान ब.राई र पदम दाहाल गरी तिन जनाको नाम सिफारिस भएको छ भने समानुपातिकमा द्रोण पौडेल, गिता खड्का कार्...
नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन सम्पन्न

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १८ नेपाल फोटो पत्रकार महासंघ उदयपुर शाखाको दास्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको रौतापोखरीमा भएको दास्रो जिल्ला अधिवेशनले दस सदस्यीय जिल्ला समिती चयन गरेको छ ।जसमा अध्यक्ष देवराज राई, उपाध्यक्ष राकेश नेपाली, सचिव लक्ष्मी पोखरेल, महासचिव बिक्रम राई, कोषाध्यक्ष पुजा राजधामी रहेका छन् । यस्तै सदस्यमा चन्द्रकला राजधामी, चेवाङ राई, कमला राउत, अरुण चौधरी र तोषल राई चयन भएका छन् ।उदयपुर शाखाले स्वतन्त्र रेडियो प्रशारक संघ (वान) का नवनिर्वाचित महासचिव नविन राईलाई सम्मान गरेको थियो । रौतामाई गाउँपालिकाको अध्यक्ष विरेन्द्र मगरको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा जिल्लाका अधिकाशं पत्रकार सहभागी भएका थिए ।...
भारतमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु, २४ जना घाईते

भारतमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु, २४ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १८ भारतको उत्तरप्रदेशमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु भएको छ भने २४ जना घाईते भएको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा प्रेम थारू, सीतल थारू र चक्र बहादुर रहेका छन् भने एक जनाको सनाखत भएको छैन।शनिबार नेपालबाट गोवा जादैँ गरेको युपी९३बि.टि. ९९४४ नम्बरको बस महानगुपुर गाउँ पुग्दा एउटा टायर पन्चर भएको थियो । बसलाई सडक छेउमा रोकेर चालकले पन्चर भएको टायर फेर्दै गर्दा ट्रकले ठक्कर दिदाँ चार जनाको घटना स्थलमै मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । बसमा ६० जना नेपाली कामदार सवार रहेको भारतिय प्रहरीले जनाएको छ । घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको छ भने अरू यात्रुहरू सुरक्षित नै रहेका छन् । मृतकको शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाएको भारतीय प्रहर...