Tuesday, June 30News That Matters

Breaking News 2

सिराहामा भएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट युनाईटेड बिजयी

सिराहामा भएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट युनाईटेड बिजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ २४ सिराहामा आयोजिना गरिएको स्व. बोध नारायण यादब प्रथम स्मृती फुटबल प्रतियोगिताको पहिलो खेलमा गाईघाट बिजयी भएको छ । बिहिबारदेखी सुरु भएको प्रतियोगितामा गाईघाट युनाईटेड र रियल स्टार बिच प्रतिस्पर्धा भएको थियो । उक्र खेलमा गाईघाटले रियल स्टार लाई ४÷१ को पराकिलो अग्रताले जितेको छ । खेलको पहिलो चरणमै गाईघाटलाई सफलता मिलेको छ । गाईघाट युनाईटेड बाट सिशिर लेखीले १, अर्जुन राना २ र सारोज राउतले १ गरी जम्मा ४ गोल गरेका थिए भने रियल स्टार क्लवले भने खेल समयभरी १ गोल मात्र फर्काए । खेलमा गाईघाट युनाईटेटका सरोज राउत म्यान अफ द म्याच भएका छन् ।...
प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक युवक पक्राउ

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २४ गते । ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेको अभियोगमा भक्तपुरको एक जना युवक पक्राउ परेको छ । काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई विहिबार प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
देउरीमा जितिया महोत्सव हुने

देउरीमा जितिया महोत्सव हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । उदयपुरको देउरीमा असोज दुई गते १४औँ जितिया महोत्सव हुने भएको छ । जितिया थारु समुदायले मनाउने ठुलो पर्व हो ।त्रियुगा नगरपालिका वार्ड न ६ स्थित जनता माध्यमिक विद्यालयको चौरमा हुने जितिया महोत्सवमा थारु कल्चरल नृत्य प्रतियोगिता समेत हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार दश हजार , द्धितीय पाच हजार ,तृतीय तीन हजार र सान्तना एक हजार राखिएको छ । आयोजकले प्रतियोगितामा सहभागी भइ थारु संस्कृतीको संरक्षणमा सहभागी हुन आग्रह गरेको छ । सो प्रतियोगितामा थारु आधुनिक ,लोक नृत्य देखाउनुपर्नेछ । उक्त जितिया महोत्सवलाइ भव्य वनाउन आयोजक दिनरात लागिरहेको सो महोत्सव आयोजक समितीका अध्यक्ष मोहनदेव चौधरीले बताएका छन । चौधौ जितिया महोत्सवको उद्घाटन प्रदेश एकका भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले गर्ने आयोजकले जनाएको छ ।          ...
पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । मोरङमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धा मृत फेला परेकी छिन् । मृत फेला पर्नेमा मोरङको रङगेली नगरपालिका–१ की ७६ बर्षीया कृष्णमाया बस्नेत रहेकी छन् ।बुधवार बिहान घरबाट निस्किएकी बृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी थिईन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...
साइकलमा काठ तस्करी गरी ओसारपसार गर्ने ५ जना पक्राउ

साइकलमा काठ तस्करी गरी ओसारपसार गर्ने ५ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २२ गते । वनजंगलबाट तस्करी गरी ल्याएको काठ साइकलमा हालेर ओसारपसार गर्दै गरेको अवस्थामा पाचँजना पक्राउ परेका छन् । इलाम जिल्ला चुलाचुली– ५ निवासी १९ वर्षीय नवीन लिम्बू , चुलाचुली– ३ निवासी २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम– ३ निवासी २० वर्षीय रमेश लिम्बु र पाँचथर तुममेवा– १ निवासी २२ वर्षीय विवेक लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान ३ बजे दमक नगरपालिका–२ स्थित आम्दा रोडबाट अवैध काठसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट सिसौको जातको गोलिया ५ थान २६.८५ क्युवि र सखुवा जातको चिरान काठ १४ थान ११.९५ क्युवि गरी जम्मा ३८.८० क्युवि काठ र काठ काट्ने औजार समेत फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए । बरामद गरिएको काठसहित पाँ...
आफू माता हु भन्दै अरुलाई बोक्सी आरोप लगाउने इटहरीकी लक्ष्मी पक्राउ

आफू माता हु भन्दै अरुलाई बोक्सी आरोप लगाउने इटहरीकी लक्ष्मी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २२ गते । आफूलाई माता हु भन्दै अरुलाई बोक्सी आरोप लगाएर रकम असुल्ने इहरीकी एक पक्राउ परेकी छिन् । इटहरी ४ निवासी लक्ष्मी राना मगर लाई प्रहरीले पक्राउ गरेको हो । गाउँघरका महिलाहरूलाई बोक्सीको आरोप लगाउँदै बोक्सी नझारे घर मुलीको मृत्यु हुन्छ भनी डर त्रास देखाउने गरेपछि स्थानीयहरूले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार कुनै परिवारको सदस्य घर बाहिर निस्केको बेला निजको घरमा गई बाहिरिएको सदस्य बोक्सी रहेको र अनिवार्य यसलाई झार्नुपर्ने अन्यथा घर मुलीको मृत्यु हुने भन्दै डर त्रास देखाउने गरेको उजुरी परेपछि ती महिलालाई पक्राउ गरिएको हो । गाउँका केही स्थानीयहरूबाट ती महिलाले नगद र सुनका गहनाहरू लिएको पनि खुल्न आएको छ । प्रहरीले खोज तलास गर्ने क्रममा उनलाई घर नजिकैको एक मन्दिरबाट नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकी लक्ष्मीलाई जिल्ला अदालत सुनसरीबाट...
उदयपुरगढीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन

उदयपुरगढीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २१ गते । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–८ मा सुविधा सम्पन्न बर्थिङ सेन्टर भवनको उद्घाटन भएको छ । उदयपुरगढी गाउँपालिकाको १७ लाख ४५ हजार र वानहट वल्डवाईडबाट १७ लाख ५६ हजार गरी ३५ लाखको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको हो । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी नवनिर्मित बर्थिङ सेन्टर पनि सञ्चालनमा गरिएको छ । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि सोमबार जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्मा र गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले भवनको उद्घाटन गरेको हो । गाउँपालिका अध्यक्ष मगरले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्य चौकी बर्थिङ सेन्टर भवन उपयोगी भएको बताए । ‘गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले चाँडै नै स्वास्थ्य सामग्र...
टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २१ गते । टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका–१० बस्ने १८ वर्षीय निसान सापकोटा (मुख्य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्यारेज सञ्चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  ...
१८ वर्षीया किशोरी करणी अभियोगमा एक युवक पक्राउ

१८ वर्षीया किशोरी करणी अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० गते । १८ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा मोरङका एक युवक पक्राउ परेको छ । झापा घर भएकी किशोरीलाई करणी गरेको मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
१२ जना जुवाडे पक्राउ

१२ जना जुवाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० गते । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जुवा एकै साथ जुवा खालबाट पक्राउ परका छन् । जिल्लाको हरिवन नगरपालिका–२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् । यस्तै, कोडैना गाउापालिका–२ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका–२ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका–७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका–२ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्रा...