Tuesday, June 30News That Matters

Breaking News 2

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । आज बुधवार सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।...
चोरीमा संलग्न तिन युवक सुनको गरगहना सहित पक्राउ

चोरीमा संलग्न तिन युवक सुनको गरगहना सहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते । मोरङको बुढीगंगा गाउँपालिका–६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका–६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् ।भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर–गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । राष्ट्रि बैंकले बुधवारबाट सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ । अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्ने सुविधा पाउने छन् । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक÷एक बण्डल नयाँ नोट पाउने भएका हुन् । बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट साट्ने सुविधा पाउने छन् । दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ । गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएको थियो ।...
जंगलमा सडिगलेको अवस्थाम श्रीमतीको शव फेला हत्या अभियोगमा श्रीमान पक्राउ

जंगलमा सडिगलेको अवस्थाम श्रीमतीको शव फेला हत्या अभियोगमा श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ । उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो । लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
महिला नेतृत्वले सफल भयो सिंचाई योजना

महिला नेतृत्वले सफल भयो सिंचाई योजना

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ गते । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ को दोबेला गाउँमा जलजले चुच्चेढुङ्गा सिंचाई योजना महिलाहरुको उपभोक्ता समिति सुस्मा श्रेष्ठ अध्यक्षको नेतृत्वमा सिचाई योजना सम्पन्न भएको छ । भौगोलिक रुपमा दुर्गम भएको जिल्ला सदरमुकामदेखि दोबेला आयोजनाको लागि नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको संयुक्त साझेदारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित साना सिंचाई कार्यक्रम अन्तरगत करिव ४२ लाख बजेट लगानीमा आयोजना सम्पन्न भएको हो । सिंचाई आयोजनाबाट २३ घरधुरी संख्याले करिव १७ हेक्टर जमिनमा सिंचाई उपभोग गर्न पाएका छन् । २०७८ माघ महिनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग आयोजनाको सम्झौता गरी २०७९ जेष्ठमा सिंचाई कुलो आयोजना सम्पन्न भएको हो । आयोजना सम्पन्न गर्नको लागि साना सिंचाई कार्यक्रमले समितिलाई २ दिने सँस्था व्यवस्थापन र निर्माण गुणस्तर नियन्त्रण सम्ब...
एउटै स्यालको टोकाईबाट ४ जना घाईते

एउटै स्यालको टोकाईबाट ४ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २७ गते । महोत्तरीको पिपरा गाउँपालिका–६ मा एउटै स्यालले टोक्दा चार जना गम्भीर घाईते भएका छन् । पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार स्यालको टोकाईबाट घाईते भएका हुन् । एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याले दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए । घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
१ लाख १५ हजार म्यादी प्रहरी भर्ना खुल्यो

१ लाख १५ हजार म्यादी प्रहरी भर्ना खुल्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २६ गते । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना भदौ ३० गतेबाट हुने छ । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ । यस्तै, खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्य...
झापामा  करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

झापामा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २६ गते । झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि ३२ वर्षीय कमल रसाईली घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.एन. सि. अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पु¥याउनासाथ मृत्यु भएको हो । उनी हिजो अपरान्ह याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका थिए । यसैगरी, हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओम बहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । यता मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका मेचीनगर नगरपालिका–११ धाईजनका...
विद्यालय हिँडेका ३ जना बालक बेपत्ता

विद्यालय हिँडेका ३ जना बालक बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २६ गते । शुक्रबार विद्यालय गएका तीन जना बालका बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका– ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका हुनन् । बुटवल उपमहानगर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार विद्यालय गएका थिए । उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन् । उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन् । विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरिएको हो । उनीहरूमध्ये समीर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका ...
प्रभावकारी पठनपाठनका लागि गाईघाट माविका शिक्षकहरुलाई ल्याप्टप वितरण

प्रभावकारी पठनपाठनका लागि गाईघाट माविका शिक्षकहरुलाई ल्याप्टप वितरण

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २५ त्रियुगा मावि गाईघाटले शिक्षकहरुलाई ठुलो संख्यामा ल्याप्टप वितरण गरेको छ । शुक्रबार विद्यालय परिसरमै एक कार्यक्रमका बिच प्रवावकारी शिक्षालाई जोड दिने भन्दै करिब ४५ जना शिक्षकहरुलाई ल्याप्ट वितरण गरिएको विद्यालयका प्र.अ सुवास बिष्टले जानकारी दिए । बष्टका अनुसार विद्यालयमा गुस्तरीय शिक्षा लागु गर्ने भन्दै शिक्षकहरुलाई ल्याप्टप वितरण गरिएको जनाए । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत सहितको टोलीले ल्याप्टप वितरण गरेको हो । शिक्षामा प्रविधलाई पनि थप गर्ने हो भने प्रभावकारी बन्दै जाने उदेश्यले पहिले शिक्षकहरुलाई प्रविधिमैत्रीमा जोड्ने पर्ने बिष्टले जनाए । ल्यापटप पाए पछि शिक्षकहरु समेत हर्षित भएका छन्, सूचना र प्रविधिको युग भएकाले शिक्षकहरुले नयाँ नयाँ बिषयहरु खोजी गर्दै बालबालिकालाई अध्यापन गराउन सहज हुने विद्यालयले विश्वास लिएको छ । ल्यापटप वितरण कार्यक्रममा त्रियुगा...