Tuesday, June 30News That Matters

Breaking News 2

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ५ गते । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु भएको छ । ताप्लेजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिदिङवा गाउँपालिका–३ का २५ बर्षीय बिक्रम ताम्लिङ रहेका छन् । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–१० का २७ बर्षीय ईन्द्र चेम्जोङ रहेका छन् । स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क...
रौतामाई ४ लाई बालमैत्री वडा घोषणा

रौतामाई ४ लाई बालमैत्री वडा घोषणा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ गते । उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीलाई बालमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पुरा गरेसँगै वडानं ४ लाई बालमैत्री वडा घोषणा गरिएको हो । यो सँगै बालमैत्री घोषणा हुनेमा उदयपुरको रौतामाई गापा ४ दोस्रो पर्दछ । यसअघि सोही पालिकाको केन्द्र रहेको वडानं २ भुट्टारलाई घोषणा गरिएको थियो । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ । ५ सय ३६ घरधुरी रहेको वडानं ४ मा ३ हजार २ सय १६ जनसंख्या रहेको छ । ५१ सुचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टिटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनु पर्ने व्यवस्था छ । त्यसैगरी एक बर्ष भित्रका बालबालिकाला...
नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ५ गते । नक्कली सुन देखाई सक्क्ली सुन ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगाी गर्ने सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस) का ३९ वर्षीय विर बहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएको छ । पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रह...
जितियाको महिलाहरु बिच शुभकामना आदान–प्रदान

जितियाको महिलाहरु बिच शुभकामना आदान–प्रदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३१ गते । उदयपुरको त्रियुगा नगरपालिका स्थित ढिम्कीमा जितिया पर्वको अवसर पारि नाचगानका साथ महिला दिदि–बहिनी बिच शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ । प्रमुख अतिथि प्रदेश अध्यक्ष बलदेव चौधरी तथा सभापति पशुपति चौधरीको आतित्यथामा शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न भएको हो ।विशेष महिला दिदि–बहिनीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा साँस्कृतिक सुधारका साथै सँधै राजनीतिमा महिलाको पहँुच वृद्धि हुनुपर्नेमा जोड गरिएको छ । साँस्कृतिक विकृतिको विरुद्द सबै महिला एकजुट हुनु पर्ने भन्दै महिलाहरुले एक आपसमा जितियाको शुभकामना आदान प्रदान गरेको हुन् ।...
आईतवार त्रियुगामा जितियाको विदा

आईतवार त्रियुगामा जितियाको विदा

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३१ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भित्र जितिया पर्वको अवसरमा आईवार सार्वजनिक विदा दिने निर्णय आज गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मान वनका अनुसार असोज २ गते थारु समुदायको महान पर्व जितियाको अवसरमा विदा गरिने निर्णय भएको हो । नगरभित्रका कार्यालय, मातहतका सवै वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) बन्द रहने छ ।...
उदयपुरको ३९ विद्यालय राष्ट्रपति सुधार कार्यक्रमका लागि छनौट

उदयपुरको ३९ विद्यालय राष्ट्रपति सुधार कार्यक्रमका लागि छनौट

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ ३१ गते । सरकारले उदयपुर जिल्लाको ३९ विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको छ । चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका ३ हजार ४ सय ७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय छनोटमा परेको हो । । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ । सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ४५ लाख, दुईकोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका अन्तर्गत ६ वटा विद्यालय मध्ये २ वटामा चार कोठे भवन निर्माण, २ वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन २...
लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न आमा–छोरा सहित ३ पक्राउ

लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न आमा–छोरा सहित ३ पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३१ गते । दुई छ्ट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–४ सुनसरीका २२ बर्षीय बिशाल भुजेल र बिर्तामोड–४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारी रहेका छन् ।हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर –१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यस्तै झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट आमा छोरालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध ...
भिजिट भिसामा यूएई पुगेका ९ नेपाली ११ महिनादेखि जेलमा

भिजिट भिसामा यूएई पुगेका ९ नेपाली ११ महिनादेखि जेलमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३१ गते । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ९ नेपाली युवाहरु ११ महिनादेखि जेलमा रहेका छन् । उनीहरुलाई यूएईको फूजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् । पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् । दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ ...
धरानकी एक ६५ वर्षीया वृद्धाको हत्या गरी गहना लुट्पाट

धरानकी एक ६५ वर्षीया वृद्धाको हत्या गरी गहना लुट्पाट

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३० गते । धरानमा एक ६५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुट्पाट गरिएको छ । धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाककडा नजिकै रहेको टोडकेमा एक वृद्धा महिलाको गरगहना लुटी हत्या गरिएको हो । लुटेराको समूहले स्थानीय पुर्णिामाया राईको सुन तथा नगद लुटेर हत्या गरिएको आसंका गरिएको प्रहरीले जनाएको छ । ६५ बर्षिया पुर्णमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेरा समूहले घाककटिमा लगाएको सुन र नगद लुटेर हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले बताएका छन् । उनले मृतक महिला घरमा एक्लै बस्ने गरेको र घाटीमा र कानमा सुनका गहना लाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने लिम्बुले बताएका छन् । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी बिहान घटना स्थल पुगेको हो । घटनाको स्थलगत मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
औषधी व्यवसायी तथा मेडिकल डाक्टरलाई धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

औषधी व्यवसायी तथा मेडिकल डाक्टरलाई धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते । डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–३ का ३३ बर्षीय बिजय दाहाल रहेका छन् ।मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको साथै दाहालले रकम समेत माग गरेको प्रहरीले जनाएको छ । बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...