Tuesday, June 30News That Matters

Breaking News 2

आठौ नारदमुनी गोल्डकप शुरु

आठौ नारदमुनी गोल्डकप शुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौँ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । बसाहा युबा क्लबको आयोजनामा भएको प्रतियोगिता असोज ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले रेफ्रीलाइ फूट्बल हस्तान्तरण गरेपछि खेल सुरु भएको हो । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भएको हो । खेल दिउँसो ४ बजे सुरु भएको हो ।...
सुत्केरी राउतलाई कर्मचारी संगठनको सहयोग

सुत्केरी राउतलाई कर्मचारी संगठनको सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ९ गते । नेपाल निजामती कर्मचारी संगठन महिला विभाग उदयपुरले सामाजिक कार्यमा सहयोग गरेको छ । संगठनले ११ दिनको सुत्केरी अवश्थामा श्रीमान गुमाएकी रौतामाई गाउँपालिका ४ की भेषकुमारी राउतलाई आर्थिक सहयोग गर्दै सामाजिक अभियानमा जोडिएको हो । श्रीमानको मृत्युले छोराछोरीको पालनपोषणमा समस्या शिर्षकमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएसँगै महिला विभागले नगद १६ हजार पाँच सहयोग गरेको हो । संगठनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख बबिता परियारले संगठन आवद्ध साथीहरुबाट संकलन गरी राउतलाई सहयोग गरिएको हो । उनले भनिन्, ‘कमाउने श्रीमानको मृत्युपछि तीन छोरा, एक छोरी र श्रीमतीको पालनपोषणमा नाजुकको रहेको खवर सुनेपछि सहयोग गरेका हौ ।’ उनले तिजविशेष कार्यक्रममा भेषकुमारीको अवश्थालाई मध्यनजर गरी तत्काल सहयोग उपलब्ध गराएका बताईन् । ‘सुत्केरी श्रीमतीको स्याहारसुसार गर्ने समयमा श्रीमानक...
पौडी खेल्दा बेपत्ता भएका ३ बालकको शव फेला

पौडी खेल्दा बेपत्ता भएका ३ बालकको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ९ गते । खोलामा पौडी खेल्न गएका तीन जना बालकको शव हेटौंडाको कर्रा खोलामा भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएका ती बालकहरुको खोजी गर्ने क्रममा तीनै जनाको शव खोलाको किनारमा भेटिएको हो । प्रहरीका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिक–५ मा पर्ने कर्रा खोलामा पौडी खेल्न आएका ४ जना बालकमध्ये ३ जना बालक खोलामा प्रवेश गरेका थिए । उनीहरु हेटौंडा १५ फायरलाइनबाट पौडी खेल्न आएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा डेङ्गु बढ्दो

उदयपुरमा डेङ्गु बढ्दो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । असोज ९ गतेसम्म जिल्लाभर ४३ जनामा संक्रमित भेटिएका छन् । जिल्लामा दुई सय अन्ठानब्बे जनाले डेङ्गुको परिक्षण गराएका छन् । अधिकाशं संक्रमितको स्वास्थ्य सामान्य रहेको छ । सबैभन्दा बढी त्रियुगा नगरपालिकामा संक्रसमित भेटिएका छन् । त्रियुगामा १६ जना संक्रमित भेटिएका छन् । बेलकामा १५ जना संक्रमित फेला परेका छन् भने कटारीमा १२ जना संक्रमित भएका छन् । यता रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ गाउँपालिका र चौदण्ढीगढी गाउँपालिकामा भने हालसम्म कुनै संक्रमित फेला परेका छैनन् । उदयपुको बेलकामा शुरुमा डेङ्गुको संक्रमण देखिएको थियो ।...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ७ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै, स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श...
हत्या गरेको आरोपमा ९ जना पक्राउ

हत्या गरेको आरोपमा ९ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ७ गते । झापामा हत्यामा संलग्न रहेका ९ जना आरोपिलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई रहेका छन् । जिल्लाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बेलुका ५ बजे १०,१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी,...
मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना पक्राउ

मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ७ गते । मावन बेचविखन तथा ओसारपसार मुद्दामा अदालतले दोषी ठहर गरेका तीन जना फरार नागरिक पक्राउ परेका छन् । कैज सजाय भुक्तान नगरिकन फरार रहेका तीन जनालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । बेलबारी नगरपालिका–६ का भरत यादव, धरेन झा र बेलबारी–९ की तिलोदेवी पण्डित (कुम्हाल) पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले तीनै जनालाई पक्राउ गरेको हो । डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत मोरङले मावन बेचविखन तथा ओसारपसार मुद्दामा २०७६ साल जेठ १५ गते उनीहरुलाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको थियो । अदालतले यादवलाई ११ महिना २७ दिन, झालाई ५ महिना २७ दिन र पण्डितलाई ५ महिना ५ दिन कैद सजायको फैसला गरेको हो । अदालतले ३ वर्षअघि नै दोषी ठहर गरे पनि फरार रहेका कारण उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । प्रहरी...
ईटहरीबाट नेटवर्किङ ठगीको अभियोगमा ६ जना पक्राउ

ईटहरीबाट नेटवर्किङ ठगीको अभियोगमा ६ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ६ गते । नेटवर्किङ ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ६ जनालाई पक्राउ गरेको छ । ईटहरी–९ मा ग्लोबल ओरियनस नेपाल प्राइभेट लिमिटेड नामक कार्यालय सञ्चालन गरी हप्तामा १०–१२ हजार सम्म कमाई हुने भनि सर्वसाधरणलाई दस्तुर लिई सदस्य बनाई ठगी भईरहेको थियो । प्रलोभनमा पारी सर्वसाधारणलाई ठगी गरिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईहरीबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संग्लग्न ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका– १ की ससिता राई, सुन्दरहरैचा – ७ बस्ने संजिव माझी ,ग्रामथान –३ का विक्रम माझि, कटहरी– ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड – १० का पदम राई रहेका छन् । निजहरुको अफिसबाट प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाईलफोन, बिभिन्न ब्यक्तिको फोटो, नागरीकतासहितको सम्झौतापत्र, ग्लोबल ओरियनस नेपाल लेखेको टिकट, बिल, छाप, ...
४ वर्षीय बालक अपहरण गरेको अभियोगमा भारतीय महिला पक्राउ

४ वर्षीय बालक अपहरण गरेको अभियोगमा भारतीय महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ६ गते । चार वर्षीय बालक अपहरण गरेको अभियोगमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...
संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ आठौँ संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अखिल कान्तिकारी जिल्ला कमिटि उदयपुरले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा ३ र ४ गतेका दिन त्रियुगा जनता बहुमुखी क्याम्पसको प्राङगणमा हाजिरी जवाफ र बक्तृत्वकला प्रतियोगिता गराईएको हो । आयोजकका अनुसार त्रियुगा नगरपालिकाका माध्यमिक तह स्तरीय हाजिर जवाफ सँगै बक्तृत्वकला प्रतियोगिता गराईएको जनाएको छ ।प्रतियोगितामा त्रि.ज.व क्याम्पसका ब्याबस्थापन संकाय शिक्षा सकाय, नमुना माध्यमिक विद्यालय, जनता माध्यमिक देउरी र त्रियुगा मा.बि गाईघाटका बिद्यार्थीहरु उपस्तिथि रहेका थिए । हाजिरी जवाफमा त्रि ज ब क्याम्पसका शिक्षा सकायका प्रथम, ब्यबस्थापन तर्फका विद्यार्थीहरु दोस्रो र त्रियुगा मा। बि गाईघाट त्रितिय भएका थिए । यता बक्तृत्वकला प्रतियोगितामा उदसी मा।बि जलजले प्रथम, त्रियुगा मा ।बि गाईघाट दोस्रो र त्रि जनता...