Tuesday, June 30News That Matters

Breaking News 2

बियरको बोतल प्रहार गरि छोराको हत्या गर्ने बुबा पक्राउ

बियरको बोतल प्रहार गरि छोराको हत्या गर्ने बुबा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १४ गते । दुई दिनअघि बियरको बोतल प्रहार गरी छोराको हत्या गरेर फरार भएका एक जना पक्राउ परेको छ । बारबर्दिया नगरपालिका–११ बर्दियाका लौरंगलाल थारुलाई छोरोको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । ४५ वर्षीय थारुले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । सोही दिनदेखि फरार रहेका थारुलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ गते । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट एक जना र बिर्तामोड नगरपालिका–५ स्थितबाट तीन जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ । रामेछाप नगरपालिका–८ का ३० वर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनलाई ७५ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । लामालाई हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको बेला पक्राउ गेरेको हो । यसैगरी, इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड–५ स्थितबाट माई नगरपालिका–२ इलामका २२ वर्षीय केबिन्द्र गोले, २७ वर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका–५ पाँचथरका ३२ वर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगरसहित पक्रा...
आजदेखि निर्वाचन आचारसंहिता लागु

आजदेखि निर्वाचन आचारसंहिता लागु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ गते । मंसिर ४ मा तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । भदौ १३ मा नै आयोगले आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न रोक लगाईएको छैन । सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छैनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ । आयोगको मंगलबारको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न ...
ब्याजदर नघटाए उद्योग बाणिज्य संघले आन्दोलन गर्ने

ब्याजदर नघटाए उद्योग बाणिज्य संघले आन्दोलन गर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरले राष्ट्रबैंकले ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । आज संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघले ब्याजदर एक अंकको बताउन माग गरेको छ ।संघले आजै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रबैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउदै ब्याजदर घटाउन माग गरेको थियो । जिल्ला उद्योग बाणिज्उ संघ उदयपुरका अध्यक्ष चुडामणी कार्कीले चर्को ब्याजदरको कारण ब्यापारीले आत्महत्या गर्ने सम्मको अबस्था सृजना भएको भन्दै सरकारलाई सम्वेदनशील बन्न आग्रह गरेका थिए ।...
लुटपाटमा संलग्न ३ जना पक्राउ

लुटपाटमा संलग्न ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । ईलामको माई नगरपालिका–४ की ८० वर्षीया वृद्धा सरस्वती पुलामी मगरको सुन तथा नगद लुट्पाट गर्ने तीनजना पक्राउ परेका छन् । जिल्लाको मेचिनगर–३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका–३ का ३४ बर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको साथबाट सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैयासहित पक्राउ गरेको हो । पक्राउ पक्राउ परेकाहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान अगाडी बढाएको छ ।...
अपांग युवतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

अपांग युवतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । शारीरिक रुपमा अपांगता भएकी १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा मोरङको लेटाङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको लेटाङ नगरपालिका–९ की ती युवतिलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेको हो । उनका अनुसार युवतीका दुवै खुट्टा चल्दैन । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । लेटाङ–९ मा राईको खेती छ । काम गर्नलाई खेतमा गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अपांगता भएकी युवती बलात्कृत भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । राईविरुद्ध जबरजस्ती करणी मुद्दा चल...
कोदालो प्रहारबाट श्रीमतीको हत्या

कोदालो प्रहारबाट श्रीमतीको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । धनुषामा कोदालो प्रहराबाट श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । जिल्लाको मिथिलाबिहारी नगरपालिका–ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या गरेको अभियोगमा उनकै श्रीमान पक्राउ परेको हो । प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको छ । जीवछी देवीको शव बाँस झाडीमा फेला परेको थियो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ । रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखे...
१ नं. प्रदेशको स्वास्थ्य मन्त्रालयबाट हटाइयो राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

१ नं. प्रदेशको स्वास्थ्य मन्त्रालयबाट हटाइयो राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

Breaking News 2, राजनीति, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १० गते । प्रदेश नं. १ को स्वास्थ्य मन्त्रालयबाट आइतबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर स्वस्थ्य मन्त्रालयबाट हटाइएको हो । स्वास्थ्यमन्त्री जयरामम यादवले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर सो ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको फोटो प्रतिस्थापन गरेका हुन् । मन्त्री यादवले प्रादेशिक सरकार तथा त्यसअन्तर्गतको मन्त्रालय भएकाले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिरहन आवश्यक नभएको प्रतिक्रिया दिए । संघीयता बलियो बनाउन परिवर्तनका लागि आफैँबाट सुरुवात गरेको यादवको भनाइ छ । उनले आफू बस्ने कुर्सीको दायाँतिर प्रदेश प्रमुख र बायाँतिर मुख्यमन्त्रीको तस्बिर राखेका छन् । कुर्सी पछाडि भने सगरमाथाको ठूलो तस्बिर छ । संघीय मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त...
चोरीको अभियोगमा वडासदस्य पक्राउ

चोरीको अभियोगमा वडासदस्य पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १० गते । चोरी गरेको अभियोगमा प्रहरीले कास्कीबाट एक जना वडासदस्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनी वडा सदस्यस हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।...
आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भईरहेको छ । खेल दिउँसो ४ बजेबाट सुरु भएको हो । पहिलो खेलमा हाफटाइम अगाडि पहिलो गोल चारतारे क्लब मोरङको तर्फबाट जर्सि नम्बर १० का खेलाडी भुबन बस्नेतले गोल गरेका छन् । बस्नेतले खेलको २३ औँ मिनेटमा गोल गरेका हुन् । हाफटाइम अगाडि चारतारे क्लब एक गोल अन्तरले अगाडी रहेको छ ।...