Tuesday, June 30News That Matters

Breaking News 2

उदयपुरमा ७ वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

उदयपुरमा ७ वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ गते । उदयपुुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरि फरार भएका एक युवा सोमबार पक्राउ परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो । आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश कुमार पोदारले बताए । पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले पोदारले जनाएको छ ।...
आज उम्मेद्धारले चुनाव चिह्न पाउने

आज उम्मेद्धारले चुनाव चिह्न पाउने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २६ गते । निर्वाचन आयोगले प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेद्धारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगको तालिका अनुशार आज दिउसो एक बजेसम्म आयोगले उम्मेद्धारी फिर्ता लिन चाहने उम्मेद्धारलाई आफ्नो उम्मेद्धारी फिर्ता लिन समय दिएको छ । दिउँसो तीन बजे सम्ममा आयोगले उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका राखेको छ । यसरी अन्तिम नामावली प्रकाशन भएपछि उम्मेद्धारलाइ चुनाब चिह्न प्रदान गर्ने तयारी आयोगले राखेको छ । निर्बाचन आयोगका अनुशार दलका उम्मेद्धारलाई सम्बधीत दलको चुनाब चिह्न प्रदान गरीने छ भने स्वतन्त्र उम्मेद्धारलाई मतपत्रमा भएको चुनाब चिह्न मध्ये रोजेको चिह्न प्रदान गरिनेछ । एउटै चुनाव चिह्न एकभन्दा वढी उम्मेद्धारले रोजेको खण्डमा वर्णानुक्रमअनुशार चिह्न प्रदान गरीनेछ । उदयपुरमा प्रतिनिधी तथा प्रदेश सभामा गरी ६४ जना चुवानी मैदानमा देखिएका छन् ।...
मलामी गएका १३ जना हराएको पुष्टि

मलामी गएका १३ जना हराएको पुष्टि

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २४ गते । मलामी गएका १३ जना हराएका छन् । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् । पहिरोको जोखिममा गाउँका अन्य घरहरु पनि रहेकाले केही स्थानीयवासीले कालिका माविमा आश्रय लिएर बसेको शर्माले बताए । उक्त स्थानमा करिब १ सय घर रहेका छन् । जसमध्ये बालबालिकासहित अनुमानित ५ सयले स्कुलमा आश्रय लिएको शर्माले बताए । मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए ।...
उदयपुरको क्षेत्र नं. १ मा एमालेबाट चौधरीको उम्मेदवारी

उदयपुरको क्षेत्र नं. १ मा एमालेबाट चौधरीको उम्मेदवारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २३ गते । उदयपुरको क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा तथा सभाका उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । दिउँसो २.०० बजे मुख्य निर्बाचन अधिकृतको कार्यालय बोक्सेमा नाराजुलुससहित पुगेर एमालेले उमेदवारी दर्ता गराएका हुन् । एमालेबाट क्षेत्र नं. १ मा मन्जु चौधरीले उम्मेदवारी दिएकी छिन् । उनी यस अघि डा. नारायण खड्का संग पराजित भएकी थिइन । भने २०७० सालको चुनाबमा बिजयी भएकी थिइन र सहरी बिकास राज्यमन्त्रीसमेत भएकी थिइन् । यस्तै, क्षेत्र नं. १ (क) मा कुशलबाबु बस्नेतलाई एमालेले उम्मेदवार बनाएको छ । सो क्षेत्रमा यस अघि बिमल कार्कीले टिकट पाए पनि अन्तिममा बस्नेतलाई एमालेले टिकट दिएको हो । क्षेत्र नं. १ (ख) मा एमालेका इश्वर मणि राउतले उम्मेदवारी दिएका छन । उनि एमालेका निवर्तमान जिल्ला अध्यक्ष समेत हुन् ।...
ट्रयाक्टरले किचेर चालकको मृत्यु

ट्रयाक्टरले किचेर चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २३ गते । मोरङको कटहरी गाउँपालिका–७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर स्थानीय ३२ बर्षीय बरुण सरदारचालकलाई किच्दा उनी घाईते भएका थिए । घाईते सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
झापा–३ मा सिटौलाको वारिसनामामार्फत उम्मेदवारी दर्ता

झापा–३ मा सिटौलाको वारिसनामामार्फत उम्मेदवारी दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २३ गते । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज सिटौलाले सत्ता गठबनधनको तर्फबाट झापा–३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल बसेका छन् । उनको प्रतिद्वन्दीको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् । एमालेको समर्थनमा राजेन्द्र लिङ्देनले झापा–३ मा गराए उम्मेदवारी दर्ता मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।...
महिला प्रहरीमाथि करणी गर्न खोज्ने इन्स्पेक्टर पक्राउ

महिला प्रहरीमाथि करणी गर्न खोज्ने इन्स्पेक्टर पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ गते । महिला प्रहरीमाथि जबरजस्ती करणी गर्न खोजेका प्रहरी इन्स्पेटर काठमाडौंबाट पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले करणी उद्योग गरेको अभियोगमा पक्राउ गरेको हो । ढुंगाना खानीखोलाका प्रमुख समेत हुन् । त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
आज दशैँको महाअष्टमी, देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज दशैँको महाअष्टमी, देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ गते । आज दशैँको महाअष्टमी देशभरका शक्तिपीठमा बिहानैदेखि दुर्गा भवानीको पूजाआराधना गर्न घुइँभचो लागेको छ । आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालीकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पूजा गर्नेको बिहानदेखि भिड लाग्ने गर्छ । यसैगरी काठमाण्डौ उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्दछ । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी ...
प्रहरीमा बलात्कारको झुठो जाहेरी दिने महिला पक्राउ

प्रहरीमा बलात्कारको झुठो जाहेरी दिने महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १६ गते । जबरजस्ती करणी गरेको भन्दै झूठा जाहेरी दिने एक जना महिला भक्तपुरबाट पक्राउ परेको छ । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो । आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।...
विराटनगरबाट क्षयरोगका २ कैदीबन्दी फरार

विराटनगरबाट क्षयरोगका २ कैदीबन्दी फरार

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १५ गते । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुईजना कैदीबन्दी फरार भएका छन् । झापाका कैदीबन्दीमा क्षयरोग देखापरेपछि विराटनगरस्थित उपचारको क्रममा कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् । क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु आज विहान फरार भएका हुन् । उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले फरार भएका कैदीबन्दीको खोजी तिब्र बनाइएको बताए । जिल्ला कारागार मोरङका निमित्त जेलर भगतका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुर...