Wednesday, July 1News That Matters

Breaking News 2

गाईघाटमा स्कुटर चोरी गर्ने एक पक्राउ

गाईघाटमा स्कुटर चोरी गर्ने एक पक्राउ

Breaking News 2, समाचार
उदयपुर पूर्णपुष्टि,माघ १३ । जिल्लाको त्रियुगा नगरपालिका १२, स्थित शनि मन्दिरबाट स्कुटर चोरी गर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी न.पा. वडा नं. ७का २३ वर्षीय सुनिल कुमार चौधरी रहेका छन् । विहिबार मध्यराती करिव १ बजेको समयमा चौधरीलाई शनि मन्दिरबाट स्कुटर डोहोर्‍याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्कुटर त्रियुगा नगरपालिका १२, बस्ने सुस्मिता राईको रहेको खुलेको छ । पक्राउ परेका चौधरीमाथि जिल्ला अदाल उदयपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
चौदण्डीगढीमा श्री सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण

चौदण्डीगढीमा श्री सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण

Breaking News 2, समाचार
बेल्टार पूर्णपुष्टि,माघ १२ । चौदण्डीगढी नगरपालिका ६मा अवस्थित श्री ज्योति मा.वि. बेल्टारलाई सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण गरिएको छ । बिहिवार सरस्वती पुजाको अवसर पारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा विद्यालयलाई मन्दिर हस्तान्तरण गरिएको हो । करिव १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडानं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ बर्षिय छोरा युगान्त र १९ बर्षिया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका थिए । स्वर्गिय भतिज र भतिजिको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दावि गरे । उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिना यता वचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो । ‘नेपालको अर्थतन्त्र कमजोर हुनु वा...
प्रदेश प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

प्रदेश प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १२ गते । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ ।निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयलले प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जिल्लाको बस्तु स्थितिको बारेमा...
आज सरस्वती पूजा मनाइदै

आज सरस्वती पूजा मनाइदै

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि,माघ १२ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन्। सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने ...
चौदण्डीको देवधारमा मोटरसाइकल र सुमो ठोक्किँदा २ जना घाइते

चौदण्डीको देवधारमा मोटरसाइकल र सुमो ठोक्किँदा २ जना घाइते

Breaking News 2, समाचार
बेल्टार पूर्णपुष्टि,माघ ११ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, देवधारमा सुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ घाइते भएको छ । बुधवार दिउँसो मदन भण्डारी लोकमार्ग सडक खण्ड अन्तर्गत गाईघाटबाट बेल्टार तर्फ जाँदै गरेको बा ९ च ३८४६ नम्बरको सुमो र बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको प्रदेश नं। १९ ०२९०४५ प ७८४७ नं। को मोटारसाइकल चौदण्डीगढीको देवधारमा ठोक्किँदा दुई जना घाइते भएको हो । मोटरसाइकल चालक सुन्सरी जिल्ला इटहरी उपमहानगरपालिका–१३ खनारका २१ बर्षिया सरोज कुमार चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० बर्षिय सुमन खत्री घाइते भएका थिए। दुर्घटनामा परेका घाइते भएकाहरुलाई नगरपालिका जाने क्रममा नगर प्रमुख कालुमान लामाले तत्काल उद्धार गरी आफ्नै सवारी साधनबाट नगर अस्पातल पुर्याएको नगर प्रमुखको सचिवालयले जनाएको छ । घाईते मध्य सरोज कुमार चौधरीको दाहिने खुट्टा भाँचीएको, शरिरको विभिन्न भाग...
जनकपुरमाधाममा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

जनकपुरमाधाममा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ ९ । जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको आइतबार बिहान साढे २ बजे शव फेला परेको थियो । स्थानीयले घटनाको बारेमा स्थानीय प्रहरीलाई बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ। उनीहरूको शव फेला परेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका थिए। भारतको सितामढी जिल्ला बेला परिहारमा गाडिएको अवस्थामा फेला परेका थिए। गत पुस २७ गते नै भारतमा आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका थिए। त्यसको केही दिनपछि साहका परिवारले प्रहरीलाई खबर गरेको थियो । भारतीय प्रहरीसँग समन्वय गरी प्रहरीले अनुसन्ध...
आत्महत्या गर्नेको संख्यामा वृद्धि, रोक्थामका लागि २४ घण्टै निगरानी

आत्महत्या गर्नेको संख्यामा वृद्धि, रोक्थामका लागि २४ घण्टै निगरानी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २८ गते । प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ को सप्तरी जोड्ने पुलबाट हामफालेर आत्महत्या गर्ने तथा गर्न खोज्नेको संख्यामा वृद्धि भएको छ । उक्त घटना रोकथामका लागि कोसी ब्यारेजलाई २४ घण्टै निगरानीमा राख्न थालिएको हो । सुनसरीको धरान उपमहानगरपालिका–१ की २७ वर्षीया महिलालाई प्रहरीले बुधबार दिउँसो कोसी ब्यारेजबाट उद्धार ग¥यो । शंकास्पद गतिविधि गरिरहेको सूचना पाएर तत्काल पुगेको प्रहरीले सप्तकोसी नदीमा हामफाल्न खोजेकी महिलालाई कोसी गाउँपालिका–८ बाट उद्धार गरेको हो । स्थानीयले खबर गरेपछि प्रहरीले महिलालाई सकुशल उद्धार गर्न भ्यायो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार सप्तकोसीमा हामफाल्नबाट रोकेर उद्धार गरिएकी महिलाले घरयासी समस्याका कारण तनाव भएकाले सहन नसकेर आत्महत्या गर्न खोजेको बताएकी छिन् । उद्धारपछि आवश्यक ’काउन्सिलिङ’ गरेर महिलालाई परिवारका सदस्यको जि...
विराटनगरको फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

विराटनगरको फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २८ गते । विराटगर महानगरपालिका–९ मा रहेको माता धनवन्ती फर्निचर उद्योगमा हिजो राति आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा हिजो राति ८ बजेतिर आगलागी भएको थियो । प्रारम्भिक विवरणअनुसार आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगसहित त्यहाँभित्र रहेका सबै सामान जलेर नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो । पाँचवटा दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।...
उदयपुरबाट ४ जना महिला उम्मेदवार

उदयपुरबाट ४ जना महिला उम्मेदवार

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ गते । उदयपुरबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट २ जना र प्रदेश सभाबाट २ जना गरि ४ जनाले उम्मेवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा एमालेकी मञ्जु कुमारी चौधरी र क्षेत्र नं. २ बाट जनजागरण पार्टीकी विन्दाकुमारी कटुवालको उम्मेदवारी रहेको छ । त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर १ (क) बाट सचेत नेपाली पार्टीकी कल्पाना सापकोटा र प्रदेश सभामा क्षेत्र नं. २ (ख) बाट राप्रपाकी माला तामाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र १ र २ गरी २ प्रतिनिधिसभामा २८ र ४ प्रदेशसभामा ३६ गरी उदयपुृरमा ६४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।...
उदयपुरमा बागी उम्मेदवारलाई पार्टीद्धारा निस्काशित

उदयपुरमा बागी उम्मेदवारलाई पार्टीद्धारा निस्काशित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १७ गते । उदयपुरबाट बागी उम्मेदवारी दिनेलाई पार्टीद्धारा निस्काशित गरिएको छ । गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने नेपाली काँग्रेसका उम्मेदवारलाई ५ वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीले निस्काशन गरेको हो । आसन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवार दिई तोकिएको मिति र समयमा उम्मेदवार फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने कार्वाहि गरिएको छ । कटारी नगरपालिका–५ का प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का उम्मेदवार राम कुमार राई, कटारी–६ का मिन कुमार दाहाल र कटारी–४ का लिलाराज अधिकारी कार्वाहिमा परेका छन् । त्यस्तै, यता बेलका नगरपालिका–९ का प्रदेश सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार ...