मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव
काठमाडौँ, साउन ५ गते ।
मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८÷७९ मा भटमासको दाना आयात गर्दा कानुनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी पैठारीकर्ताले पोटेटो क्र्याकर पैठारी गरेकामा भन्सारमा घटी भएको महसुल र सोको मूल्य अभिवृद्धि करसमेत रु ५२ लाख २४ हजार कार्यालयले असुल गर्र्नुपर्ने प्रतिवेदनमा उल्लेख...









