Monday, June 29News That Matters

Breaking News 2

देउरीको अन्नपूर्ण विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

देउरीको अन्नपूर्ण विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १ गते । उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा स्थित अन्नपूर्ण विद्यालयका विद्यार्थीहरुलाई नेपाल आर्मिले राष्ट्रिय सेवा दल (NCC ) को तालिम दिने भएको छ । विद्यालयका ३६ जना किशोरकिशोरीलाई सय दिन सम्म तालिम दिईनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, राष्ट्रसेवा, व्यक्तिगत क्षमता अविवृद्धि, मुलुकको इतिहास लगाएतका विषयमा प्रशिक्षित गरिनेछ । अन्नपूर्ण स्कुलमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख सेनानी बिजयी भण्डारीले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नु तालिममो उद्देश्य भएको बताए । जिल्लाका अन्य सामुदायिक विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलले तालिम दिएपनि नीजि विद्यालयका विद्यार्थीलाई दिएको यो पहिलो तालिम हो ।...
चोरीको मोटरसाईकलसहित ४ जना पक्राउ

चोरीको मोटरसाईकलसहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १ गते । जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकलसहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ । विराटनगर–४ का २२ वर्षीय नविन माझी, विराटनगर–८ का २५ वर्षीय मोहमद हजरत, दुहवी नगरपालिका–९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो । बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी भएको थियो । पक्राउ परेका उनीहरुको जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
साउने सङ्क्रान्ति मनाइँदै

साउने सङ्क्रान्ति मनाइँदै

Breaking News 2, समाचार
काठमाडौं, साउन १ गते । दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् । जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् । खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि आज एकाबिहानै ब...
त्रियुगा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

त्रियुगा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असार ३१ गते । त्रियुगा नगरपालिकाको आयोजनामा नगरको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा आर्थिक वर्ष २०७८/७९ को सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सहभागिता, पारदर्सीता,जवफदेहिता र उत्तरदायित्वको लागि सुनुवाई कार्यक्रम गरिएको नगरको सामाजिक शाखा प्रमुख विश्वजीत राईले बताउनुभयो । सुनुवाई कार्यक्रममा सहजिकरण गरेको सुशासनका हिमायती (जी क्यू) का अध्यक्ष भरत खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगरमा सेवा लिन आएका सेवाग्राहीहरुसँग नयाँ प्रविधिको प्रयोग गरि सर्वेक्षण गरिएको खड्काले बताउनुभयो । खड्काका अनुसार ९८ जना सेवा ग्राहीसँग ६० पुरुष र ३८ महिलाहरु संग प्रश्न सोधी विवरण संगलन गरिएको छ । सर्वेक्षणमा मगर, राई , चौधरी, गुरुङ, तामाङ, ब्रामण, धिमाल, दनुवार, सार्की लगाएतका सेवाग्राहीहरु रहेका थिए । प्रतिवेदनमा नगरले दिएको...
चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

Breaking News 2, समाचार
काठमाडौं, असार ३१ गते । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । रासस...
उदयपुरमा बोलेरो दुर्घटना : १ को मृत्यु, ८ घाईते, थप उपचारको लागि घोपा रेफर

उदयपुरमा बोलेरो दुर्घटना : १ को मृत्यु, ८ घाईते, थप उपचारको लागि घोपा रेफर

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३० गते । उदयपुरको कटारीमा बुधवार दिउँसो ३ः१५ बजेको समयमा बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने आठ जना घाईते भएका छन् । जिल्ला कटारी नगरपालिका–१३ बिष्णु राउतको उपचारको क्रममा ज्यान गएको हो । घाईते हुनेमा कटारी–८ का २० वर्षीय राजु ठकुरी, २२ वर्षीय मनोज ठकुरी, ५५ वर्षीया उर्मिला ठकुरी, ३५ वर्षीय कृष्ण बहादुर बुढाथोकी रहेका छन् । यता कटारी–११ का ५० वर्षीय इन्द्रबहादुर मगर र १८ वर्षीय दिबस बस्तेका साथै कटारी–४ का दिपेश कोईराला घाईते भएका छन् । कटारी नगरपालिका–४ अडा कुन्ना स्थित सिद्धिचरण राजमार्गमा प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारीबाट मैयाँखु तर्फ जादैँ गर्दा आफै अनियन्त्रत भई दुर्घटना भएको थियो । सो दुर्घटनामा घाईते भएकालाई कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी धरान घोपा पठाईएको उदयपुर प्रहरीले जनाएको छ । चालक जिल्ला कटारी नगरपालिका–१३ मै...
विराटनगरको एक घर भित्र किरा परेको अवस्थामा पुरुषको शव फेला

विराटनगरको एक घर भित्र किरा परेको अवस्थामा पुरुषको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २९ गते । विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१३ स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको हो । मोरङ प्रहरी डिएसपी राजन कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ । सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५–५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।...
१९ दिनदेखी उदयपुर सिमेन्ट उद्योग बन्द

१९ दिनदेखी उदयपुर सिमेन्ट उद्योग बन्द

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असार २८ गते । उदयपुर सिमेन्ट उद्योग १९ दिनदेखि बन्द छ । उद्योग सञ्चालनका लागि आवश्यक विजुली आपूर्ती नहुदा बन्द भएको हो । गत असार ९ गतेदेखि भोल्टेजमा हुने गबढीले उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको छैन । उद्योग सञ्चालनका लागि ६ मेघावाट विद्युत आवश्यक पर्नेमा २ मेघावाट मात्र आपूर्ती भएकाले सिमेन्ट उत्पादनको काम बन्द भएको महाप्रबन्धक गोपीकृषण न्यौपानेले बताए । सिमेन्टको बढी माग हुने समयमा उत्पादन बन्द हुदा उद्योगलाई दैनिक करोडौ घाटा लागिरहेको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्ने आएको यो उद्योगले दैनिक ६ सय टन क्लीङकर उत्पादन गर्दै आएको थियो ।...
त्रियुगाको २ नं. वडामा सार्वजनिक सुनुवाई सम्पन्न

त्रियुगाको २ नं. वडामा सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 2, राजनीति, शिक्षा, समाचार
पूर्णपुष्टि, असार २७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. २ मोतियाहीको सार्वजनिक सुनुवाई कार्यक्रम आइतवार सम्पन्न भएको छ । नगरको आयोजना तथा सुशासनका हिमायती (जी क्यू) को सहजिकरणमा करिब ७० जनाको उपस्थिती बीच सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सुनुवाई कार्यक्रमको उद्घाटन नव निर्वाचित उप–मेयर महेश्वरी राईले ब्यानर बढेर गर्नुभएको थियो । सहभागीता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका लागि आर्थिक वर्ष २०७८/७९ का कामबाट नागरिक सन्तुष्ट छ छैन् विश्लेषण गर्न सुनुवाई कार्यक्रम गरिएको हो । सुनुवाई कार्यक्रममा जी क्यूका अध्यक्ष भरत खड्काले वडाबाट संकलन गरिएको नागरिक अभिमत प्रतिवेदन प्रस्तुत गर्नुभयो । गुनासा सुनाउने क्रममा कृषकहरु अत्यधिक मारमा परेको र समयमा कृषीजन्य मल, विउविजन नपाईएको स्थानीय लिल बहादुर वोगटीले बतानुभयो । उनका अनुसार कृषि सहकारी संस्थामा बीउ भएको तर कृषकले बीउ नपाएको ब...
उदयपुर अस्पतालमा बिरामीको अत्याधिक चाप

उदयपुर अस्पतालमा बिरामीको अत्याधिक चाप

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७ गते । जिल्लाको एकमात्र सरकारी अस्तताल उदयपुर अस्पतालमा बिरामीको अत्याधिक चाप देखिएको छ । भाइरल ज्वरो, झाडा–पखाला लगायतका समस्या लिएर बिरामी अस्पताल आएका छन् । यस्तै प्रसुती वार्डमा समेत बिरामीको चाप देखिएको छ । अस्पतालको वेड क्षमता ५० भएपनि दैनिक ४५० बढी बिरामी उपचार गराउन आउने गरेको मेडिकल सुपरिटेन्डेट मुकेशकुमार झाले बताए । उनकाअनुसार अस्पतालमा आवश्यक भौतिक पूर्वाधार नहुँदा बिरामीको उपचारमा समस्या भैरहेको छ । अस्पतालमा क्षमताभन्दा बढी बिरामी आएसँगै बाहिर राखेरसमेत बिरामीको उपचार भैरहेको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्तिको अभावले उपचारमा समस्या भएको संघ र प्रदेशले बजेटको व्यवस्था गर्नुपर्ने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गोर बहादुर विश्वकर्माले बताएका छन् ।...