Monday, June 29News That Matters

Breaking News 2

नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा

नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २७ गते । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ । आइतवार मोरङको केराबारी गाउँपालिका–३ हचुवा खोलाबाट ढुंगा लोड भएको को. १ त ५२५३, मे.१ त ५१०५ र को २ त ७७८२ नम्बरको ट्याक्टर नियन्त्रढामा लिएको हो । दुुवै ट्याक्टरलाई नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका–४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादैँ गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १–०२–००१ ख ८६९५, प्रदेश १–०२–००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १–०४–००१ त ४२०, प्रदेश १–०१–००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।...
आलेख सेवा : बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद

आलेख सेवा : बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद

Breaking News 2, समाचार
देउखुरी/असार २६ दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गर्नुभयो । विवाहको एक वर्षपछि छोरीको जन्म भयो । छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउने गर्नुभयो । आफूमाथिको आरोप कल्पनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले कल्पना वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको दुबई जानुभयो । विदेशमा रहेको श्रीमती बिग्रेको हुन्छ भन्ने शङ्काले गोकर्णलाई झनै पि¥यो । कल्पनाको भनाइ छ, “विदेशमा भने जस्तो समयमा छुट्टी मिल्दैन नि, भनेको समयमा फोन उठाएन भने कोसँग कहाँ बसेकी छस् भनेर शङ्का गरेर गाली दिन थ...
बालविवाह रोक्न किशोरी परिचालन

बालविवाह रोक्न किशोरी परिचालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २४ हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भन्नुभयो । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उहाँले भन्नुभयो । बालविवाह रोक्नका लागि बालिका आफँै सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुुरु गरिएको उहाँको भनाइ छ । बालविवाह किन गर्न हुँदैन रु गर्दा कस्ता समस्या हुन सक्छन् रु भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्र...
उदयपुरमा किसानलाई भैंसी वितरण

उदयपुरमा किसानलाई भैंसी वितरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असार २३ गते । उदयपुरमा किसानलाई भैँसी वितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१६ को सुकौरामा किसानहरुलाई व्यवसायिकतातर्फ अगाडी बढाउने भन्दै भैँसी प्रदान गरिएको हो । संघीय सरकार अन्तर्गत पशु सेवा विभागको ससर्त अनुदान अन्तर्गत स्थानीय कृषकलाई १२ वटा लैनो भैँसी हस्तान्तरण गरेको सो वडाका वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए । संघीय सरकार र त्रियुगा नगरपालिकाको संयुक्त प्रयासमा एघार थान दुध बोक्ने क्यानसमेत वितरण गरिएको छ । यस्तै, सोही स्थानमै आज एकदिने पशु शिविरसमेत सञ्चालन गरिएको छ । सो वडाले “एक घर एक भैँसी खाउ दूध नखाउ रक्सी” भन्ने नाराका साथ दूध उत्पादन प्रवर्दनमा विगतका वर्षदेखी लागिरहेको छ । ज्योति महिला सहकारी संस्था र त्रियुगा नगरपालिका पशुसेवा शाखाको आयोजनामा तथा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको प्रमुख अध्यक्षता र वडाअध्यक्ष मान वहादुर राईको बिषेश आथि...
उदयपुरमा चट्याङ लागि घाइते चौधरीको मृत्यु

उदयपुरमा चट्याङ लागि घाइते चौधरीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ गते । उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक युवको उपचारको क्रममा ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको ज्यान गएको हो । चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थियो । चौधरीको शव नगर अस्पताल बेल्टारमा पोष्टमार्टम गरि परिवारले बुझाउने प्रहरीले जनाएको छ ।...
सौन्दर्यशास्त्र र मन्धुम बिषयक काठमाण्डौँमा २ दिने कार्यशाला गोष्ठी सम्पन्न

सौन्दर्यशास्त्र र मन्धुम बिषयक काठमाण्डौँमा २ दिने कार्यशाला गोष्ठी सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ सौन्दर्यशास्त्र तथा मन्धुम बिषयक दुई दिने कार्यशाला गोष्ठी काठमाण्डौँमा बुधबार सम्पन्न भएको छ । किराँत चलचित्रकर्मी संघ केन्द्रीय कार्यालय ललितपुरको आयोजना तथा चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समितिको सहयोगमा दुईदिने गोष्ठी सफलताका साथ सम्पन्न भएको हो । मन्धुम किराँत समुदायहरुको सभ्यतालाई एकीकृत गर्ने एक महत्वपूर्ण माध्यम हो । मुन्धुममा किराँतीहरुको संस्कार, संस्कृति, रितिरिवाज, भाषा, पितृ पुजा, सुम्नीमा पारुहाङ लगायतका सभ्यताहरु जोडिएका हुन्छन् । यी सभ्यताहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिन २ दिने कार्याशला गोष्ठीको आयोजना गरिएको संघका केन्द्रीय अध्यक्ष केशव राईले बताउनुभयो । किराँतीहरुमा शरिरको बनावटलाई कसरी सौन्दर्यतामा जोड्ने र यीनिहरुको शारिरीक सौन्दर्यताको क्षमतालाई कसरी अभिबृद्धि गर्दै सभ्यता सँग जोड्ने भन्ने बिषयमा दुई दिन बृहत छलफल भ...
सडकमा पानीको दह !

सडकमा पानीको दह !

Breaking News 2, समाचार
काठमाडौं, असार २३ गते । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गर्नुभयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परे...
मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

Breaking News 2, समाचार
काठमाडौं, असार २३ गते । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर–१२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनि...
सञ्चारकर्मी सहकारीले चार पत्रकार सम्मान  गर्ने  

सञ्चारकर्मी सहकारीले चार पत्रकार सम्मान  गर्ने  

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ गते । सञ्चारकर्मी   सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले  शिक्षक मासिक(काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन  विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई  सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो  । उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो । दाहाल यसै वर्ष स्थापित तोरेन्द्र-इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ । मानन्धर २०७५ सालदेखि  प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित ...
खोटाङमा साग पदक बिजेता सात खेलाडी पुरस्कृत

खोटाङमा साग पदक बिजेता सात खेलाडी पुरस्कृत

Breaking News 2, खेलकुद, समाचार
ओटाङ, असार २२ तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि सुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । दिक्तेलस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिनुभयो । सङ्घले १३औँ सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई ९सुनसरी० तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई ९इलाम०, स्क्वासमा कास्य पाउने भावना सुनुवार ९रामेछाप०, आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई ९उदयपुर०, बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औँ स...