Monday, June 29News That Matters

Breaking News 2

लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ

लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २१ गते । मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ का ४४ बर्षीय भानु याङदेनलाई सोमवार दिउँसो लागुऔषधसहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो । यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक–२० एम्पुल, एभिल–२० एम्पुल, डाईजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको थियो । यसरी लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट ...
उदयपुरमा करेन्ट लागेर चौधरीको मृत्यु

उदयपुरमा करेन्ट लागेर चौधरीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २० गते । उदयपुरमा सोमवार करेन्ट लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराईटोल देउरीमा करेन्ट लागेर स्थानीय ६५ वर्षीय मन्तु चौधरीको ज्यान गएको हो । आज बिहान पौने ५ बजे चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करेन्ट लागि घाईते भएका चौधरीलाइै तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्लाका प्रहरी नायव निरिक्षक तथा डिएसपी मोहन थापाले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी थापाले बताए ।...
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १९ गते । मोरङमा श्रीमतीलाई आगो लगाई हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका श्रीमतीको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए । शरिर जली गम्भिर घाईते भएकी बबिताको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।...
नगरप्रमुख साम्पाङद्वारा श्रमदान

नगरप्रमुख साम्पाङद्वारा श्रमदान

Breaking News 2, समाचार
काठमाडौं, असार १९ गते । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा वृक्षरोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिनुभएको छ । पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वातन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उहाँले खानेपानी व्यवस्थापनका लागि ध्यान...
प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

Breaking News 2, समाचार
काठमाण्डौँ, अषार १८ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजÞमेरी डिकार्लोसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ...
तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

Breaking News 2, समाचार
काठमाण्डौँ, अषार १८ पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल रु ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ । दुई महिना अघिसम्म प्रतिकिलो रु ६० देखि रु ७० पर्ने गेलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ । यसैगरी प्रतिकिलो भिन्डी रु ७०, काउली रु ९०, रायो रु १००, घिउसिमी रु ७०, तनेबोडी रु १०० नयाँ आलु रु ६०, पुरानो आलु रु ३५ पुगेको छ । प्रतिकिलो हर...
झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

Breaking News 2, समाचार
काठमाण्डौँ, अषार १७ झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताउनुभयो । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो । (रासस)...
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

Breaking News 2, समाचार
रुपन्देही, असार १६ विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् । यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् । यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रि...
झापामा अस्पतालका कर्मचारी मृत फेला

झापामा अस्पतालका कर्मचारी मृत फेला

Breaking News 2, समाचार
झापा,असार १४ झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ । “शरीरमा कुनै चोटपटक छैन”, प्रहरी निरीक्षक तिम्सिनाले भन्नुभयो, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।...
१६ नं वडाअध्यक्ष राईलाई पूर्वधार र १४ का मगरलाई बिधेयक समिति संयोजकको जिम्मेवारी

१६ नं वडाअध्यक्ष राईलाई पूर्वधार र १४ का मगरलाई बिधेयक समिति संयोजकको जिम्मेवारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १४ त्रियुगा नगरपालिकामा वडाअध्यक्षहरुलाई जिम्मेवारी बाँडफाँड भएको छ । १६ नं वडाअध्यक्ष मान वहादुर राईलाई नगरले पूर्वाधार संयोजको जिम्मेवारी प्रदान गरेको छ । राई पहिलो कार्यकालमा नगरको सामाजिक विकास संयोजकको रुपमा थिए । राई पहिलो कार्यकालमा पनि सामाजिक विकास संयोजको सफल कार्याकाल निर्वाह गरिसकेका वाडअध्यक्ष हुन् । पछिल्लो जननिर्वाचित वसन्त वस्नेतको कार्याकालले भने राईलाई  पूर्वाधरको जिम्मेवारी दिएको हो । यस्तै १४ नं वडाअध्यक्ष हिम राज मगरलाई पनि जिम्मेवारी प्रदान गरेको छ । मगरलाई बिधेयक समितिको संयोजकमा जिम्मेवारी दिएका छन् । मगर पहिले १४ नं वडाका सदस्य थिए । यो पटकको चुनावमा भने वडाअध्यक्ष नै वन्न सफल भए । यस्तैगरी नगरपालिकाले १५ नं वडाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि सामाजिक विकास समिति सदस्यमा जिम्मेवार दिएका छन् । यस्तैगरी नगरले कार्यपालिका सदस्य विम...