Monday, June 29News That Matters

Breaking News 2

जिससद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

जिससद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

Breaking News 2, समाचार
काठमाडौं, जेठ ३० गते । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७४ साउन २० गते सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएका चाम्लिङले आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गरी पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो । जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारणदेखि स्थानीय तह, प्रदेश र सङ्घीय सरकार तथा सङ्घ–संस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । यस्तै, समृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरीय निर्माणसहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको, कोभिड–१९ को महामारीका समयमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण...
त्रियुगाका किसानलाई आधुनिक बीउ

त्रियुगाका किसानलाई आधुनिक बीउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो । शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण गरिसकिएको र अझै पनि वितरण जारी छ किसानलाई वितरण गरिएका बीउमा राधा, सवरसव, रञ्जीत, रातो बासमती, रामधानलगायत आधुनिक धानको बीउ रहेको उहाँले जानकारी दिनुभयो । आधुनिक धानको बीउ हरेक वर्ष वितरण गरिँदै आइएकाले नगरका किसानले धान उत्पादन पनि वृद्धि गर्दै लगेका छन् । नगरपालिकाको असारी, पोर्ताहा, जोगिदह र लक्ष्मीपुर क्षेत्रमा बढी लल्काबासमती र रामधान उत्पादन हुने गरेको कारण आफूहरुले सोही धान नै बढी लगाउने गरेको पोर्त...
माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ २९ रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो । (रासस)...
प्लाष्टिक खाने किरा फेला परेपछि बैज्ञानिकहरु खुसी

प्लाष्टिक खाने किरा फेला परेपछि बैज्ञानिकहरु खुसी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ प्लाष्टिक खाने किरा फेला परेको भन्दै बैज्ञानिकहरुले उत्साहित जनाएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले सुपरवर्मू को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाए सँगै बैज्ञानिकहरुले उत्साहित जनाएको हो । प्लास्टिक खान रुचाउने एक किसिमको लार्भाले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन्। उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम ९पाचनरस० ले प्लास्टिक पचाउन सहयोग गर्छ । उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुनस्प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ।...
इटहरीमा सुरु जिल्ला स्तरीय नक आउट प्रतियोगितामा उदयपुरको बिजयी सुरु

इटहरीमा सुरु जिल्ला स्तरीय नक आउट प्रतियोगितामा उदयपुरको बिजयी सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ ईटहरी रंगशालामा सुरु भएको प्रदेश नं १ जिल्ला स्तरी फुटवल प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले जित सुरुवात गरेको छ । बिहीबारदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको हो । उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात निकालेको हो । फ्युजनको तर्फबाट खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेक थिए । त्यस्तै खेलको अन्तिमतिर ८१ औं मिनटमा सुदिप श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे । खेलमा फ्युजनका प्रविन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत जेठ २७ गते शुक्रबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा कोदार एफसी, भोजपुर र देउराली एफसी, धनकुटा भिड्ने छन् भने दोस्रो खेलमा बाक्सिला एफसी, खोटाङ र म...
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं, जेठ २६ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । रासस...
चितवनमा नयाँ चरा भेटियो

चितवनमा नयाँ चरा भेटियो

Breaking News 2, रोचक, समाचार
काठमाण्डौँ, जेष्ठ २५ चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो । बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । (रासस)...
कक्षा १२ को परिक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

कक्षा १२ को परिक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २४ गते । जनकपुर उपमहानगरपालिका–४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका–३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका हुन् । धनुषाको मिथिला नगरपालिका–३ बस्ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सक्कली प्रवेश पत्र र अर्थशास्त्र विषयको उत्तर पुस्तिकाको प्रतिलिपि बरामद गरेको छ ।...
नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ २४ प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विद...
झापामा करेन्ट लागेर एकको मृत्यु

झापामा करेन्ट लागेर एकको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं,जेठ २३ गते । झापाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ । छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । रासस...