‘सिङ्गो बुटवल, एक विद्यालय’ नौलो अवधारणाका रूपमा
काठमाण्डौँ, बैशाख २
बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत आजभोलि आफ्नो विद्यालयको दैनिक शैक्षिक तथा प्रशानिक कामको जिम्मेवारीसँगै नगरका अन्य विद्यालयमा पुगेर शैक्षिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्नुहुन्छ ।
बुटवल उपमहानगरपालिकाले ल्याएको ‘सिङ्गो बुटवल एक विद्यालय’ कार्यक्रमअन्तर्गत प्रअ बस्नेतले गत माघ २४ गते अभिभावक विद्यालयभित्रका समूह विद्यालयका प्रधानाध्यापकहरूसँग सामूहिक छलफल गर्नुभयो ।
विद्यालयमा आयोजित छलफलमा अभिभावक विद्यालय र समूह विद्यालयका प्रधानाध्यापकले हाल विद्यालयमा भएको समग्र अवस्था, अवसर, चुनौती, समस्यालगायत शैक्षिक विषयमा अनुभव साटासाट गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कान्ति माध्यमिक विद्यालयका विज्ञान शिक्षक डिल्लीप्रसाद बेल्वासे पनि केही दिनअघि आफूले अध्यापन गराउने विद्यालय छाडेर...









