Friday, June 26News That Matters

Breaking News 2

आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान

आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान

Breaking News 2, समाचार
कामाडौँ, चैत ६ । आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ । शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो । नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहनुभएको छ । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो । यसअघि शनिबार मधेस प्रदेश सरकारका सामाजिक विकासमन...
ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाईते

ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ६ । संखुवासभाको चैनपुर–११ गहते स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । ट्याक्टर मालिक चैनपुर–३ पोखरीका हेमन्त राईको मृत्यु भएको हो । सोही स्थानका २४ वर्षीय चालक बिनाहाँङ लिम्बु भने घाईते भएका हुन् । शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि ७ मिटर तल झरेको थियो । दुर्घटनामा चालक लिम्बु र मालिक राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा राईको साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

Breaking News 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत ६ हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१।२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ ९९१ प्रतिशत० जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ ९६७ प्रतिशत० रहेको छ । मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बु...
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चै४ झापाको बिर्तामोड नगरपालिका(५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड(५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...
इटहरीका साढे ३ वर्षीय बालकको ओभडोज औषधिले मृत्यु, सडकमा शव राखेर प्रदर्शन

इटहरीका साढे ३ वर्षीय बालकको ओभडोज औषधिले मृत्यु, सडकमा शव राखेर प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ३ । इटहरी स्थित एपेक्स अस्पतालमा उपचारको क्रममा एक बालकको ज्यान गएको छ । इटहरी–२ बरगाछीका साढे तीन वर्षीय सन्देश शाहको ज्यान गएको हो । शाहको ज्यान गएपछि बालकका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको ज्यान गएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाई छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।...
विश्व सम्पदा स्थल ः कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

विश्व सम्पदा स्थल ः कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ३ सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा खतराको जोखिम बढेको हो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत संरचना बनाउँदा पटकपटक पत्राचार गर्ने गरेको छ । यसै साता काठमाडौँ महानगरपालिकाले यस्ता सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको नौतले दरबारअघि राष्ट्रिय झण्डा राख्न भन्दै कङ्क्रिट संरचना बनाउन सुरु ग¥यो । महानगरपालिकाले राति राति खाल्डो खनेर संरचना बनाउन थालेपनि के गर्न लागेको भन्ने स्थानीयवासीलाई पत्तै पाएनन् । स्थानीयवासी हरिबहादुर शाही सम्पदास्थलको अस्तित्व नै मेटाउने गरी स्थानीय ...
रसुवागढीनाकाबाट आयात वृद्वि

रसुवागढीनाकाबाट आयात वृद्वि

Breaking News 2, समाचार
काठमाडौँ, चैत ३ । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो । दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारीदिनुभयो । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयातहुने मालसामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् । नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढ...
होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

Breaking News 2, समाचार
काठमाडौँ, चैत ३ । जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गर्नुभयो । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उहाँले ऐतिहासिक जिल्ल...
दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ३ दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । बुधबार साँझ ७ः४५ बजे निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । (रासस)...
बैज्ञानिक समाजवादी पार्टीको प्रथम उदयपुर जिल्ला भेला सम्पन्न

बैज्ञानिक समाजवादी पार्टीको प्रथम उदयपुर जिल्ला भेला सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २ बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम उदयपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार गाईघाट स्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त भेला सम्पन्न भएको हो । प्रथम भेलामा नवराज लामिछानेको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । नवगठिन जिल्ला समितिका संयोजक लामिछानेका अनुसार समानन्तर समाजवादी र अर्थ व्यवस्था सहितको पार्टी निर्माण गर्ने जनाएको छ । लामिछानेले पार्टीको चैत्र १० देखी १९ गते सम्म हुने राष्ट्रिय भेला सम्पन्न गर्न जिल्लाले ठुलो भुमिका खेल्ने समेत जनाए ।...