Friday, June 26News That Matters

Breaking News 2

सवारी दुर्घटनामा नक्कली चालक खडा गरेको अभियोगमा डीएसपी दाहाल र दुई इन्स्पेक्टर कारबाहीमा

सवारी दुर्घटनामा नक्कली चालक खडा गरेको अभियोगमा डीएसपी दाहाल र दुई इन्स्पेक्टर कारबाहीमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । सवारी दुर्घटना हुँदा नक्कली चालक खडा गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् । आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकडभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन् । १ नं. प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जाने गरी नसिहत दिइएको बताउनुभयो । घटनाबारे उजुरी परेपछि छानविन गरेर त्यसक्रममा कैफियत देखिएपछि कारबाही गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिसीले जानकारी दिनुभयो । स्रोतका अनुसार ९ वैशाख २०७८ मा झापाको मेचीनगर नगरपालिका–८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो ।...
स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ७ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।” प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भन्नुभयो । उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित व...
महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ, चैत ७ । निर्वाचन कसरी जितिन्छ रु पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले रु यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डमा हुनुपर्छ । यो त बहसको विषय र मिडियाको समग्रीको कुरा न भयो त । तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन । त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरु निर्वाचनमा रकम खर्च सक्न...
महङ्गो भयो निर्वाचन ः पैसा नभए उम्मेदवारै बन्न गाह्रो

महङ्गो भयो निर्वाचन ः पैसा नभए उम्मेदवारै बन्न गाह्रो

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, चैत ७ निर्वाचन कसरी जितिन्छ र ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले र ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डमा हुनुपर्छ । यो त बहसको विषय र मिडियाको समग्रीको कुरा न भयो त । तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन । त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरु निर्वाचनमा रकम खर्च सक...
छात्रालाई दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । एक १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चितवनको माडीका एक शिक्षकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई नियन्त्रमा लिएको हो । घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो । फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो । माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले...
युट्बमार्फत चरित्र हत्या गरेको अभियोगमा वाइबा पक्राउ

युट्बमार्फत चरित्र हत्या गरेको अभियोगमा वाइबा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । युट्ब च्यानमार्फत पीडितको मानमर्यादा र चरित्र हत्यता गरेको अभियोगमा एक महिला पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका–३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० कि ३० वर्षकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको हो । सेलेब नेपाल र एवान मिडिया च्यानलमार्फत भ्रामक र अनर्गल वक्तव्यबाजी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले बाइबालाई नियन्त्रमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा ४ चैतमा चितवनबाट पक्राउ गरेको साइबर ब्यूरोले जनाएको छ । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति पनि लिइसकेको छ ।...
राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत ७ पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ । भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुनुहुन्छ । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ । भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई...
बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ६ लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । “मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे–बेँसीसहर– चामे सडक योजना कार्यालयले जनाएको छ । “सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका–९ स्थ...
सप्तकोशीमा डुबेर बेपत्ता भएका युवक मृत फेला

सप्तकोशीमा डुबेर बेपत्ता भएका युवक मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ६ सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ बर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् । चैत ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको लागी प्रहरीको टोली खटिएको थियो । प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो । मृतकको शव परिक्षणको लागी अस्पताल पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।...
निःशुल्क स्वास्थ्य शिविर संचालन

निःशुल्क स्वास्थ्य शिविर संचालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ६ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवशको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । आज बिहान ११ बजे देखी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालित एक दिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् । शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दातलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराउनु भएको थियो ।...