Friday, June 26News That Matters

Breaking News 2

यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा ५ बजेदेखि अनिश्चितकालका लागि बन्द

यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा ५ बजेदेखि अनिश्चितकालका लागि बन्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ९ । देशभरमा यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा अनिश्चितकाल सम्मका लागि बन्द गरिएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विद्युतीय समस्या समाधान नभएसम्मका लागि यातायान कार्यालयले प्रदान गर्ने सबै सेवा अवरुद्ध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताउनुभयो । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।...
आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

Breaking News 2, समाचार
काठमाडौँ, चैत ९ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राख्नुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको छ भन्नुभयो । उहाँले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको ...
नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, इआरसीपी विधिमार्फत विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिन्छ । यो विधि विरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भयो । कोरोनाको प्रभाव घटेपछि अहिले ...
जुवातास बन्द भएपछि महिलालाई राहत

जुवातास बन्द भएपछि महिलालाई राहत

Breaking News 2, समाचार
काठमाण्डौँ, चैध ९ धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् । स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउनुहुन्छ । “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको छ”, उहाँले भन्नुभयो, “श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका छन् । सामाजिक सद्भाव र शान्ति कायममा मद्दत पुगेको छ ।” समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो । दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ । विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो । गाउँमा दैनिक ...
उदयपुरको अधेँरी खोलाम झोलुङ्गे पुल बन्ने, प्रदेशसभा सदस्य मगरद्धारा शिलान्यास

उदयपुरको अधेँरी खोलाम झोलुङ्गे पुल बन्ने, प्रदेशसभा सदस्य मगरद्धारा शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा पर्ने अधेँरी खोलामा झोलुङ्गे पुलको शिलान्यास भएको छ । प्रदेशसभा १ का सदस्य नारायण बुर्जामगरले पुलको शिलान्यास गर्नुभएको हो । झोलुङ पुलले अधेँरी, नाङराङे, कौवाई राजावास, कटरबारी, नाम्जे र रमितेलाई मदन भण्डारी राजमार्गसँग जोड्ने छ । उक्त स्थानमा झोलुङ्गे पुल नहुँदा वर्खायाममा अधेँरी खोला पारी रहेका गाउँहरुमा आवत जावत गर्नसमेत समस्य हुँदै आएको थियो । पुल बन्ने भएपछि स्थानीयले छोटो दुरीबाट गाउँ पुग्न पाउने अधेँरी झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शोभा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्खायाममा वारी पारी गर्नसमेत समस्या थियो, अब बन्ने झोलुङ्गे पुलबाट मोटरसाइकल समेत आवतजावत गर्न सकिने छ ।’ झोलुङ्गे पुलका प्राविधिक योगेन्द्र श्रेष्ठले प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेटमा ४५ लाख ६४ हजार ४५० रुपैँया विनियोजन गरेक...
दमक गोल्डकपको तयारी पूरा

दमक गोल्डकपको तयारी पूरा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत ८ दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको हो । प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन अर्मी, मनाङ मस्र्याङ्दी, आयोजक दमक–११, बागमती युथ क्लवका साथै भारतस्थित गोर्खा ब्वाइज पुलिस, दार्जलिङको मानेभञ्ज्याङ फुटबल, कोलाकाताको दुर्गापुर सन्डे र क्यामरुनको एमिनियर फुटबल क्लबको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो । बुधबारदेखि सुरु हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लबबीच खेल हुनेछ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईका अनुसार खेल मैदा...
नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

Breaking News 2, समाचार
काठमाडौँ, चैत ८ । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् । गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही मह...
गैँडा स्थानान्तरण गर्न अध्ययन

गैँडा स्थानान्तरण गर्न अध्ययन

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ८ दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको सङ्ख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो । विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचा...
विश्व पानी दिवस मनाइँदै

विश्व पानी दिवस मनाइँदै

Breaking News 2, समाचार, संसार
काठमाडौँ, चैत ८ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पृथ्वीको दुईतिहा...
मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवानको श्रद्धाञ्जली अर्पण

मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवानको श्रद्धाञ्जली अर्पण

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ८ मोरङको बिराटनगर–७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ–५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।...