Friday, June 26News That Matters

Breaking News 2

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिनुभयो । यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । “सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्,” थापाले भन्नुभयो, “निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौँ ।” कालोपत्र गुणस्तरीय रुपमा गरिएको उहाँल...
दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

Breaking News 2, समाचार, साहित्य
काठमाण्डौँ, फागुन २५ “हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्” कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतार्नुभएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ । वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भन्नुभएको छ, “विश्व मानचित्रमा सन्त्रास फैलाउन सफल अदृश्य कोरोनाले मानव जीवनमा अविस्मरणीय घटना निम्त्याइरहेछ” यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आ...
अब टोखावासीलाई निःशुल्क रगत

अब टोखावासीलाई निःशुल्क रगत

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् । यसका लागि टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच आज द्विपक्षीय सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नपर्ने छैन । नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात ९नागरिकता, मतदाता परिचय–पत्र ई० को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ । यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर ७ गतेदेखि निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी सो द्...
लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् ः मन्त्री आले

लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् ः मन्त्री आले

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उहाँले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस् ।” मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, “बुद्ध जयन्तीका लागि सबै जुटौँ, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्...
‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

Breaking News 2, समाचार
बिराटनगर, फागुन २५ । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था सङ्कटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटालगायत विषयमा तत्काल सुधार ल्यानुपर्नेमा जोड दिनुभयो । “अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “नेपालको आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई पहिलो ...
मन्त्रालय सारिए पनि पुरानो राजधानीबाटै काम

मन्त्रालय सारिए पनि पुरानो राजधानीबाटै काम

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद इन्द्रजित थारुले मङ्सिर २९ गते स्वास्थ्य, जनसङ्ख्या तथा परिवारकल्याण मन्त्रालय सार्नुभएको थियो । राप्ती गाउँपालिका वडा नं ५ को कार्यालय भवनमा मन्त्रालय सारिएको थियो । वडा कार्यालयलाई भने नजिकैको अर्को भवनमा सारिएको थियो । मन्त्रालय देउखुरी सारिएपछि मन्त्री चौधरी र राज्यमन्त्री दाङकै विमलाकुमारी वलीले पदभार ग्रहण गर्नुभएको थियो । विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । त्यतिबेला एक वर्षभित्र स्थायी मुकामबाट काम सुरु गर्ने भनिएको थ...
मझुवागढीबाट देखिएको दिक्तेल बजार

मझुवागढीबाट देखिएको दिक्तेल बजार

Breaking News 2, पर्यटन, समाचार
काठमाडौं, फागुन २५ । किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार । पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरु गरिएको छ । तस्बिर रासस
सुनको मूल्य आकाशियो : तोलाको एकलाख नाघ्यो

सुनको मूल्य आकाशियो : तोलाको एकलाख नाघ्यो

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, फागुन २५ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख दुई हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४०ले बढेर रु एक हजार ४५० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर ...
गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, फागुन २५ । नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । “पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने...
अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ । आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकार...