Friday, June 26News That Matters

Breaking News 2

युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा दुई बालबालिका सहित नौ जनाको मृत्यु

युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा दुई बालबालिका सहित नौ जनाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २४ युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ । सोमबार राति शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ। (रासस)...
अमेरिकी डलरको भाउँ बढ्दा, इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

अमेरिकी डलरको भाउँ बढ्दा, इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २४ । अमेरिकी डलरको भाउँ बढेसँगै इतिहासकै कमजोर नेपाली मुद्रा बनेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेसँगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अमेरिकी अर्थतन्त्र वलियो बन्दै गएको छ । उनका अनुसार विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ । डलरको भाउँ उच्च हुँदा नेपालको अर्थतन्त्रमा नक...
समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

Breaking News 2, समाचार
मोरङ, फागुन २४ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताउनुभएको छ । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राख्नुभयो । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकोले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्छ भन्नुभयो । उपसभामुख सरस्वती पोखरेलले महिलाको सङ्घर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रत...
मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, चालक सहित एक प्रहरी जवान घाईते

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, चालक सहित एक प्रहरी जवान घाईते

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २४ नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँसगढी नगरपालिका–६ बर्दिया निवासी शाहीको उपचारको क्रममा गए राति मृत्यु भएको थियो । प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक गेर...
रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९।३० बजे बेहोस अवस्थामा भेटिएका हुन् । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०।३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो । उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जना...
२ दिनको शिशुसहित ५ जनाको मृत्यु, निसासिएर ज्यान गएको हुन सक्ने आशंका

२ दिनको शिशुसहित ५ जनाको मृत्यु, निसासिएर ज्यान गएको हुन सक्ने आशंका

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २३ । दुई दिनको शिशुसहित पाँच जनाको ललितपुरमा ज्यान गएको छ । जिल्लाको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा उनीहरु पाँच जना मृत अवस्थामा फेला परेका छन् । घरमा सुतिरहेको अवस्थामा चार जना मृत भेटिएका हुन् । दुई वर्षीय शिशुलाई उपचारका लागी पाटन अस्पता लैजादैँ गर्दा ज्यान गएको थियो । सुतिरहेको अवस्थामा मृत फेला पर्नेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षका आशिष स्याङतान, २३ वर्षीया सुस्मा स्याङतान, ७ वर्षकी आस्मा स्याङतान रहेको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा गएका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ । मृत्युको यकिन कारण खुल्न बाँक...
युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, फागुन २३ रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् । निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ । टोकियो र हङकङका बजारहरू ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभलगायत देशभरका...
बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने

बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, फागुन २३ युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलाइतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ । आज घोषणा गरिएको थप १०० मिलियन डलर कोषले २२,००० सैनिकहरूलाई प्रशिक्षण दिने, २,००० ट्याङ्क विरोधी क्षेप्यास्त्रहरू आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि £ १०० मिलियन उपलब्ध गराउने, र £ १२० मिलियन उपलब्ध गराउने लगायातका छन् । स्वतन्त्रता, र विपद् आपतकालीन समिति (DEC) को अपीलमा £ २५ मिलियन म्याच कोष सहित £ १२० मिलियन मानवीय सहायता प्रदान गर्ने, "डाउनिङ स्ट्रीटले बताएको छ। बेलायती सरकारका अनुसार नयाँ अनुदान सार्वजनिक क्षेत्र र समर्थन गर्न प्रयोग गर्न सकिने छ। उक्त सहयोग विश्व बैंक मार्फत उपलब्ध गराइनेछ । यसैबीच, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतवार कंग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १०...
घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २३ बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो । विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । कूल रु १९ लाख ६५ हजारको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले जानकारी दिनुभयो । उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट रु ११ लाख ५० हजार, उपभोक्ताबाट सङ्कलित रु चार लाख ८५ हजार र रु तीन लाख ३० हजार बराबरको जनश्रम व्यहोरिएको थियो । उक्त योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता ...
अर्नामा मोटरसाइकल ठोक्किदा ८ जना घाइते

अर्नामा मोटरसाइकल ठोक्किदा ८ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २२ । सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगञ्ज चोकमा अर्नामा मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना भएको थियो । जिल्लाको पूर्व पश्चिम लोकमार्ग अन्तरर्गत भएको दुर्घटनामा आठ जना घाइते भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएर सडक पार गर्दै गरेको अर्नामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल ठोक्किएर राति ८ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्नामा ठोक्किएपछि अनियन्त्रित बनेको मोटरसाइकल पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१५ ह ९३३८ नम्बरको अटो टेम्पोमा ठोक्किएको थियो । दुर्घटनामा परेर अटो चालक सप्तरी घर भएका ३६ वर्षीय सुरेशकुमार यादव, अटोमा सवार १८ वर्षीय शैलेश मण्डल, २२ वर्षीय राजेन्द्र मण्डल, २१ वर्षीय प्रतोश मण्डल, २० वर्षीय ओमप्रकाश मण्डल, १९ वर्षीय जयकरण मण्डल, १० वर्षीय धुरुप मण्डल र मोटरसाइकल चालक १९ वर्षीय रुप...