Friday, June 26News That Matters

Breaking News 2

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, फागुन २३ सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो । बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ ।त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ । सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ । (रासस)...
बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २३ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक÷एक गरी चार वटा क्यामेरा हराएका छन् । “बाघ गणनाका लागि राखिएका ठाउमा क्यामेरा फेला परेका छैनन्”, उहाँले भन्नुभयो, “कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।” उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ । बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगा...
नक्चुङ सामुदायिक वनमा आगलागी

नक्चुङ सामुदायिक वनमा आगलागी

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २३ तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ । आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय स...
गाईघाटमा एमसिसि विरुद्ध ७ दल दुई मोर्चाको अन्तरक्रिया  कार्यक्रम

गाईघाटमा एमसिसि विरुद्ध ७ दल दुई मोर्चाको अन्तरक्रिया कार्यक्रम

Breaking News 2, राजनीति, समाचार
उदयपुर, फागुन २२ । एमसीसी नेपाल सरकारले पारित गरिसकेको अवस्था रहेपनि यता ९ दलले भने यसको निरन्तर विरोध गरिरहेको छ । उदयपुरको जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रघाती ‘एमसिसि’ सम्झौता र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एमसिसि सम्झौता राष्ट्रघाति भएको भन्दै संयुक्त आन्दोलनमा जोड दिने उद्देश्यका साथ नौं दलले कार्यक्रम गरेको माओवादि मजदुर पार्टाका संयोजक जगत कटुवालले बताए । नेपाल कम्युनिष्ट पार्टि, ने.क.पा. मसाल, नेपाल कम्युनिष्ट पार्टी, माओवादी समाजवादी, ने.क.पा. माओवादि क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी, बैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी, माओवादि मजदुर पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको संयोजक कटुवालले बताए । कार्यक्रममा वैज्ञानिक समाजवादि पार्टिका केन्द्रय सदस्य गोकुल रा...
सवारी दुर्घटनाबाट एकको मृत्यु सातजना घाईते

सवारी दुर्घटनाबाट एकको मृत्यु सातजना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २२ । ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ, भने सात जना घाईते भएका छन । जिल्लाको चिसंखुगढी गाउँपालिका–३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठकोे ज्यान गएको हो, भने अन्य सात जना घाइते भएको हुन् । आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदैँ गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै ज्यान गएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।...
१ नम्बर प्रदेशको नाम कोसी राख्न ओलीको सुझाव

१ नम्बर प्रदेशको नाम कोसी राख्न ओलीको सुझाव

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २२ । १ नम्बर प्रदेशको नाम अझै पनि नामाकरण भएको छैन । प्रदेशको नाम अन्योलमै भएकोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएको छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हो । ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ ओलीले बताउनु भयो ।...
कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २१ सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने उमेर हँुदा पनि कसरी विवाह गर्ने भने चिन्ताले सबैलाई सताइरहेको थियो । तर कोसी गाउँपालिकाको कार्यालयले सम्झनाको विवाहमा सबै खर्च दिएपछि मण्डल परिवार खुसीे भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई पछिल्लो समय कोसी गाउँपालिकाले निःशुल्क विवाह गरिदिएपछि अहिले त्यस क्षेत्रका गरिब, अति विपन्न र न्यून आय भएका परिवारले छोरीको कसरी विवाह गर्ने भने चिन्ताबाटमुक्त हँुदै गएको छ । गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ सालदेखि ‘सामूहिक विवाह कार...
‘प्रमुख पदमा महिलाले दाबी गरौँ’

‘प्रमुख पदमा महिलाले दाबी गरौँ’

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २१ आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दाबी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पद मात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणासमेत राखेका छन् । नारी जागरण अभियान गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको सहकार्यमा शुक्रबार बागलुङमा आयोजना गरेको एक कार्यक्रममा सहभागीले महिलालाई हराउन पुरुषसमेत उम्मेदवार बन्ने गरेको आरोप लगाएका छन् । कानूनले दिएको पदमा पनि गठबन्धन वा दुई दलको फरकफरक उम्मेदवार भन्ने नाम पारेर महिला हराउने काम भएको उनीहरुले बताए । ‘सम्झौतामा होइन नारीलाई सम्मान गरौँ, विभेदको अन्त्य गर्दै समृद्ध समाज निर्माणमा जुटौँ’ भन्ने नाराका साथ आयोजित प्रवचन कार्यक्रममा सहभागीले आर्थिक सामाजिक र राजनीतिकरुपमा सशक्तीकरण गर्ने कार्यक्रम चाहिएको बताए । उक्त अवसरमा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिला दोस्...
१६ नं वडा सुकौरामा खानेपानी मर्मत कार्य सम्पन्न, तिन सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था

१६ नं वडा सुकौरामा खानेपानी मर्मत कार्य सम्पन्न, तिन सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २१ त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पानी पिउने व्यवस्था सहित खानेपानी मर्मत सम्भार कार्य सम्पन्न भएको छ । वडाअध्यक्ष मान वहादुर राईका अनुसार उक्त कार्यक्रम तथा योजना वडाको आर्थिक बर्ष २०७८÷०७९ को वडागत बजेट अन्तरगत भएको हो । वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयको बजेट बाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको अध्यक्ष राईले बताए । शनिवार अध्यक्ष राई सहितको उपस्थितिमै खानेपानी मर्मत सम्भारको काम भएको हो । एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार समिति सुकौराले जनाए । कार्यक्रममा समितीको योजना वजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ । गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लि. क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको...
के तपाईलाई गाडीमा चड्दा वान्तावा हुन्छ ? यसरी गर्नुस रोकथाम

के तपाईलाई गाडीमा चड्दा वान्तावा हुन्छ ? यसरी गर्नुस रोकथाम

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २१ सामान्यतया कतिपय मानिसहरुलाई गाडी चड्दा वान्तावा हुने गर्छन् । वान्तावा हुने डरले धेरै यात्रुहरु गाडी देखेर त्रसित नै हुन्छ । तर पनि गन्तव्य सफल बनाउन र छिटो छरितोको लागि गाडी चड्न बाध्य नै हुन्छ । गाडी चड्दा स्वभाविक रुपमा वान्तावा भएपनि यसले मानिसलाई निकै कम्जोर बनाउने बनाउने गर्छ । अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो। यो समस्यलाई पूर्ण रूपमा रोक्न सकिदैन तर कम गर्न सकिने डाक्टरहरुको भनाई छ । कसैलाई थोरै हुने कसैलाई धेरै हुने अनि कसैलाई यात्रा गरेको भोलिपल्ट समेत हुन्छ। अब यसलाई कम गर्न के गर्ने त ? अल्का अस्पताल जावलाखेलमा कार्यरत डा. निमेश पौडेल दिनु भएको सुझाव अनुसार गाडीमा वान्ता हुनेले यात्रा गर्नुभन्दा पहिलानै होसियारी अपनाउनुपर्छ। लामो यात्रा गर्नुछ भने राती मजाले सुत्नुपर्छ त्यस्तै रक...