Friday, June 26News That Matters

Breaking News 2

एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा : उदयपुरमा ९ दलले  अन्तरक्रिया गर्ने

एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा : उदयपुरमा ९ दलले अन्तरक्रिया गर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २० ठुला दलहरुले एमसीसी पास गर्न सकारलाई सघाएकै भरमा नेपालमा एमसीसी पास भैसके पनि साना दलहरुले भने यसको निरन्तर बिरोध नै गरिरहेको छ ।एमसीसी विफल बनाउन आफूहरु सफल नभएपनि यसको कार्यान्वन नितीलाई फितलो बनाउने उदेश्यले लगतार यसको विरोधमै उत्रिरहेको छ ।उनिहरुले एमसीसी नेपाली र नेपाली जनताहरुको हितमा नरहेका कारण निरन्तर विरोधमै आफुहरु रहेको जनाए । उदयपुरमा ९ दलले एमसीसी राष्ट्रघातीको संज्ञा दिँदै आईतबार राष्ट्रिय स्वाधिनताको प्रशन बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा ११ बजे देखि गरिने आयोजकले जनाए । बिभिन्न ६ राजनैतिक दल र २ मोर्चाको संयुक्त आयोजना कार्यक्रम गर्न लागिएको हो । नेपाल कम्युनिष्ट पार्टी उदयपुर, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) उदयपुर, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल उदयपु, नेकपा मसाल...
अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन १९ अन्तरराष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिनुभएको छ । ूसक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छु । खानले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछस् अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ। गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ । यसै बीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्। रासस...
रासस आलेखः चिठ्ठीपत्रविहीन हुलाकघर

रासस आलेखः चिठ्ठीपत्रविहीन हुलाकघर

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन १८ झण्डै दुई दशकअघिसम्म पाल्पाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ । टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए । समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त, सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे । कहिले हुलाकी आउलान् र, समुद्रपारि रहेको छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको रामपुरकी लक्ष्मी तिवारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो, पक्कै पनि मेरै छोराको खबर बोकेर आए भनेर खुशीले मन गद्गद हुन्थ्यो, चिठी हात परेपछि हतार हतार खोलेर गाउँमा पढेलेखेका छिमेकी...
तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’

तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन १८ कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ । कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ । “हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौँ भनेर बूढापाकाले भन्नुहुन्थ्यो”, स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भन्नुभयो, “त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौँ ।”, त्यहाँ दुलही ल्याउ...
बैतडीमा स्थानीय तहको निर्वाचन तयारी तीव्र

बैतडीमा स्थानीय तहको निर्वाचन तयारी तीव्र

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन १६ जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो । मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावलीउपर दाबी विरोध गर्न आह्वान गरिएको छ । सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख माधव फँुयालले जानकारी दिनुभयो । मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ । उहाँले भन्नुभयो, “फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन ग¥र्छौं, त्यसपछि निर्वाचन कार्यालयलमा सच्याउने, हटाउने काम हुन्छ ।” मतदाता नामावली प्रकाशन भएपछ...
ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

Breaking News 2, मनोरञ्जन, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, फागुन १५ यहि फागुन १९ गते पर्न गएको ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङ गाउँपालिकामा संस्कृति कार्यक्रम सँगै शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा वडा नं ३ नगरेको आयोजनामा उक्त कार्यक्रम यहि फागुन १९ गते हुने भएको जनाएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान सँगै सोहि कार्यक्रममा बुद्धको मुर्ति समेत राख्न लागिएको आयोजक नेपाल शेर्पा संघ लिम्चुङबुङ गाउँपालिका ३ नगरेले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलकार सान्तेन्जी शेर्पाले प्रस्तुती दिने भएको छ ।  ...
उदयपुरमा फागुन १९ देखी मतदाता नामवली अद्यावधिक दावी विरोध गर्न पाईने

उदयपुरमा फागुन १९ देखी मतदाता नामवली अद्यावधिक दावी विरोध गर्न पाईने

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १५ जिल्ला निर्वाचन कार्यालय उदयपुरले स्थानीय चुनावको लागि भोट गर्न मतदाता नामवलीको बिभिन्न त्रुटी सच्याउने बारे सम्बन्धित निकायहरु सँग आईतबार छलफल तथा अन्तरक्रिया गरेको छ । चुनावमा मतदान गर्न बिभिन्न मतदाता नामवलीहरुमा देखिएको समस्यालाई समधान गर्दै जनताहरुलाई भोट गर्न कसरी सहजीकरण गर्ने भन्ने विषयमा जिल्लामा रहेका पार्टीका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कर्मचारी, संघ संस्था, स्थानीय जनप्रतिनिध तथा संञ्चारकर्मीहरु विच जिल्ला समन्वय समितिको हलमा छलफल भएको हो । छलफल कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हिमालय बरालले यस बिषयमा कुनै पनि निकायहरुले आवश्यकता अनुसारको चासो नराखेको गुणासो गरे । बरालले स्थानीय जनप्रतिनिध, पार्टी प्रतिनिधि तथा संञ्चार क्षेत्रहरुले पनि यस बिषयमा कुनै चासो नराखेको जनाए । यसका लागि यी सम्बन्धित निकायहरुले नै अत्यादिक चासोका ...
बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ

बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ

Breaking News 2, समाचार
काठमाडौं, फागुन १५ नेपाल प्रहरीले एनआसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका तामाङसँग एटिएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ । रासस...
नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं, फागुन १५ । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिनुभएको थियो । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कान...
अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र

अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र

Breaking News 2, समाचार
काठमाडौं, फागुन १५ न्यूनतम् पारिश्रमिक निर्धारण समितिको ‘श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले विनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ । समितिले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका सञ्चारमाध्यममा कार्यरत २४१ पुरुष, ६९ महिला र एक अन्य गरी ३११ श्रमजीवी पत्रकारबीच गरेको अध्ययनमा सहभागीमध्ये १९२ जनाले मात्रै कार्यरत सञ्चार प्रतिष्ठानबाट आर्थिक वर्ष २०७७÷०७८ मा नियुक्तिपत्र लिएको र ११९ जनाले विनानियुक्तिपत्र काम गरेको पाइएको हो । यसमध्ये पनि टेलिभिजनमा कार्यरत अधिकांशले नियुक्तिपत्र नपाएको गुनासो अध्ययन र अनुगमनका क्रममा पाइएको छ । “नियुक्तिपत्र दिए पनि धेरैले नियुक्तिपत्रमा काम गर्ने अवधि, वार्षिक बिदा, ओभरटाइमजस्ता विषय उल्लेख नगरिएको हुँदैन”, अध्ययन प्रतिवेदनको निष्कर्ष छ, “पुरुष महिला सञ्चारकर्मीको तुलनामा महिला सञ्चारकर्मीको समस्या अझ ...