जलेश्वरमा शिव आगमनको आभास
काठमाडौं, फागुन १५
शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ । कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’९ जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो ०। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले मन्दिर सिँगार्ने काममा दर्जनाँै कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान छ । शिवरात्रिको पूर्वसन्ध्यामा जलेश्वर नगरपालिका–१ स्थित मन्दिरमा जलेश्वर महादेव आइसक्नुभएको आभास भइरहेको जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ ।
अनादिकालमा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र बाबा ...









