उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६२२ पुग्दा ३४ जना कोरोना मुक्त
पूर्णपुष्टि, माघ १६
उदयपुरमा आज (आईतवार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय २२ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ५ महिला गरी ११ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज ३६ जनाको एन्टिजेन्ट विधिमार्फत कोरोना परिक्षण गर्दा ११ जनाको रिपोट पोजेटिभ आएको हो । आज थपिएका संक्रमितहरु कटारी नगरपालिका र जिल्ला अस्पताल उदयपुरमा परिक्षण गरिएकाहरु रहेका छन् । कटारीको १ जना पुरुष र अस्पतालमा परिक्षण गरिएका ६ पुरुष र ५ महिला संक्रमित भएका हुन् ।
जिल्लामा २२ पुरुष र १२ महिला कोरोना मुक्त भएका छन् । हालसम्म जिल्लामा कोरोनाबाट १ जना पुरुषको मृत्यु भएको छ ।...









