Wednesday, July 15News That Matters

Breaking News 3

भीषण आगलागीमा १३ घर जलेर नष्ट

भीषण आगलागीमा १३ घर जलेर नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । भीषण आगलागीमा परी सप्तरीमा १३ घर जलेर नष्ट भएको छ । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ देंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् । आगलागीले ९ वटा बाख्रा जलेको छ । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मरेको छ । आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकाल...
सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

Breaking News 3, समाचार
काठमाडौं, फागुन २९ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ । रासस...
२१ महिने बालिका मृत्यु प्रकरण : करणीको आशंका, दुई जना पक्राउ

२१ महिने बालिका मृत्यु प्रकरण : करणीको आशंका, दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाका मृत्युको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए । शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको अस्पतालले जनाएको छ । यौनांगमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परका छन् । झापा मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका–४ भाङबारी का ३६ वर्षीय रेस बहादुर सार्की पक्राउ परेका हुन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । हिजै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २८ शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताउनुभएको छ । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको हो । मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिनुभयो । “पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो, “ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ ।” मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बज...
लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २८ ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएको छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । (रासस) फोटो फिचर.......  
मोटरसाइकल दुर्घटनामा एक बालक सहित तीन जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक बालक सहित तीन जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २८ चितवनमा मोटरसाइकल दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हँुदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान

अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान

Breaking News 3, समाचार
काठमाडौं, फागुन २७ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन दिन आग्रह गरेको हो । प्रदेश १ का मोरङ, तेह्रथुम, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा र भोजपुर, मधेस प्रदेशका रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, सिरहा र महोत्तरी तथा बागमती प्रदेशका मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर र चितवनका भूमिहीनलाई निवेदन दिन आग्रह गरिएको छ । यसैगरी गण्डकी प्रदेशका तनहुँ, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, बागलुङ र कास्की, लुम्बिनी प्रदेशका नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, पाल्पा, रुपन्देही, कपिल...
मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या अभियोगमा बस्नेत पक्राउ

मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या अभियोगमा बस्नेत पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २७ । झापाको मेचीनगरपालिका–५ पिपलडाँडा चौकको बाझो खेतमा फागुुन २५ गते मृत फेला परेकी स्थानीय ५६ वर्षीया अम्बिका कुँवरको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मेचिनगर–५ का २७ वर्षीय रण बहादुर बस्नेतलाई कुँवरको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ घर नफर्किएपछि कुँवरको श्रीमान जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २ सय मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए । घटना बारे प्रहरीलाई खवर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा बस्नेतलाई नियन्त्रणमा लिएको हो । मृतक लाशको कानुनी प्...
आर्थिक अबस्थाका कारण पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली धामी

आर्थिक अबस्थाका कारण पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली धामी

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २७ हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहनुभएको छ । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहँुदा घरमै रोग पालिरहनुभएको छ । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आउनुभएको छ । गत जेठमा रु ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुग्नुभयो । अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । चौध दिन अस्पताल बसेर धामीले उपचार गर्नुभएको थियो । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताउनुभयो । होइजालीले औषधि खाएर सक्नुभएको छ, तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै...