Tuesday, July 14News That Matters

Breaking News 3

पानीमा डुबी एक युवकको मृत्यु

पानीमा डुबी एक युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २३ मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका सम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आईतबार दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
गाईघाटमा पाँच दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न

गाईघाटमा पाँच दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २२ । पत्रकार महासंघ उदयपुरको आयोजनामा सञ्चालित पाँच दिने आधारभूत पत्रकारीता तालिम उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले आयोजना गरेको तालिम शुक्रबार सम्पन्न भएको हो । १६ गतेबाट सुरु भएको तालिममा सहभागी भएका ५० जनालाई प्रमाणपत्र वितरण गरी समापन भएको महासंघमा अध्यक्ष भरत खड्काले बताए । जिल्लाको सबै पालिकाबाट सहभागीहरु आएका खड्काले बताए । तालिम लिसकेपछी सहभागीले यसलाई ब्यावसायीक रुपपा व्यावहारमा उतार्न उनले आग्रह गरे। तालीमबाट सर्वौत्कृष्ट छानिएका १० जनालाई एड्भान्स तालिमको आयोजना गरीले खड्काको भनाई रहेको छ । महासंघका सचिव विश्वराज तामाङका अनुसार तालिममा त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्लि गाउँपालिका र लिम्चुवुङ गाउँपालिकासँगै छिमेकी जिल्ला खोटाङबाट समेत सहभागी रहे...
धरानको होटलमा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न युवक पक्राउ

धरानको होटलमा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ । सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा फागुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ परेको छ । पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ वर्षीय जीवन भनिने बिनेश रानालाई प्रहरीले पक्राउ गरेको हो । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाएसंगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल ईटहरी–५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको प्रहरीले जनाएको छ । यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई शनिबार बेलुका धनकुटाको पाख्रिवास–११ बा...
पोखराका नौ ताल जोड्न साइकलमार्ग

पोखराका नौ ताल जोड्न साइकलमार्ग

Breaking News 3, समाचार
पोखरा, फागुन २२ । सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो । समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ । यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भई रु ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिनुभयो । उहाँले पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको ब...
रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन २२ । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिनुभएको छ ।उहाँले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिनुभएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका...
महिला भलिबल खेलाडीलाई पोशाक वितरण

महिला भलिबल खेलाडीलाई पोशाक वितरण

Breaking News 3, खेलकुद, समाचार
दमक, फागुन २२ । स्व मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश नं १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ । प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६आँै स्मृति दिवसको अवसर पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले बताउनुभयो । ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका बेलायत बस्दै आउनुभएका बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गर्नुभएको थियो । पोशाक हस्तान्तरणमा स्व राईका परिवारका तर्फबाट बुहारी सवनम राई, छोरा रञ्जन राई, नाति विजय सुब्बालगायत खेलप्रेमीको उपस्थिति रहेको थियो । राईद्वारा जन्मदिनमा असहाय तथा विपन्नलाई सहयोग नेपाली कांग्रेस १ नं प्रदेश सदस्य तथा झापा, कमल–५ मङुगलबारे निवासी हुकुमसिंह राईले आफनो जन्मोत्सवको अवसर पारेर असहाय ,विपन्न समुदायलाई रु एक लाख बराबरको सहयोग उपलव्ध गराउनुभएको छ । जन्मदिनलाई...
सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

Breaking News 3, आर्थिक, समाचार
काठमाडौं, फागुन २२ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९ सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९ सयमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४ सय तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४ सय तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४ सय १५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आज अन्...
प्रहरीको कुटाइबाट युवकको मृत्यु भएको आरोप : बिहानै देखि बजार बन्द

प्रहरीको कुटाइबाट युवकको मृत्यु भएको आरोप : बिहानै देखि बजार बन्द

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ । प्रहरीको कुटपिटबाट एक युवकको ज्यान गएको भन्दै बिहानैदेखि स्थानीयले कालीकोटको वीरेन्द्रनगर बजार बन्द गरेको छ । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटपिट गर्दा तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर प्रदर्शन गरेको हो । परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको ज्यान गएको भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको आरोप छ । सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ, भने चोकचोकमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ । घटनबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।...
धनुषामा गोली चल्दा एक युवक घाइते

धनुषामा गोली चल्दा एक युवक घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ । धनुषामा गोली लागेर एक जना युवक घाइते भएको छ । जनकपुरधमम उप–महानगरपालिका–१९ मा शनिबार गोली चल्दा एक १८ वर्षीय मुकेश मुखिया घाइते भएको हो । जिल्लाको कमला नगरपालिका– ८ घर भएका मुकेश शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...
प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण

प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ । सुनसरीको इटहरी उप महानगरपालिका–६ स्थित रहेको अटो सिटि बजाज सोरुमले प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण गरेको छ । कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विद्युतिय अटो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सीलाई हस्तान्तरण गर्नु भएको हो । उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्...