सबै मान्छेलाई उद्योगी होइन, रोजगार बनाउने हो : केन्द्रिय अध्यक्ष गिरी
पूर्णपुष्टि, कात्तिक २४ गते
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सबै मान्छेलाई उद्योगी बनाउने हैन, भएका उद्योगलाई राम्रो बनाई धेरैका लागि रोजगारी सिर्जना गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा आइतबार गाईघाट स्थित आफ्नै कार्यालयमा उद्यम, उद्यमी र उद्योगको बारेमा छलफल तथा अन्तरक्रियामा अध्यक्ष रेग्मीले उक्त कुरा बताउनुभएको हो । सरकार वा सरोकारवाला निकायले सबै मानिसलाई उद्योगी बनाउने धारणा र नारा बनाउदै भाषण गरिहिडेकाले समस्या आएको भन्दै यसलाई सुधार गर्नुपर्ने सुझाव उहाँले राख्नुभयो । सबै मानिस उद्योगी कुनै पनि देशमा नरहेको र त्यो सम्भव पनि नरहेको भन्दै भएका उद्योगलाई राम्रो बनाई त्यसमा रोजगारीको वातावरण सिर्जना गर्नु महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उदाहरण पेश गर्दै उदयपुरमा दुईसय उद्योगहरु भ...




