नेपालका नयाँ सिचाई गूरुयोजना
साउन १९ गते ।
२९ वर्षे पुरानो सिंचाई गूरुयोजनालाई विस्थापित गर्दै सरकारले नयाँ सिंचाई गूरुयोजना जारी गर्ने भएको छ ।
सन् १९९० सालमा लागु भएको सिंचाई गुरुयोजनालाई विस्थापित गर्दै कृषि प्रदान देशमा कृषिका लागि उचित पानीको प्रयोग गर्ने उद्देश्यले नयाँ सिंचाइ गुरुयोजना जारी गर्ने तयारी गरेको हो ।
नेपाल सरकारको करिब २८ करोड र एसियाली विकास बैंकको १.१ करोड डलर (करिब १ अर्व १० करोड) अनुदान सहयोगबाट सन् २०१६ दसुरु भएको परियोजना अन्तर्गत गुरुयोजनाको तर्जुमा तयार पारेको हो ।
धेरै अध्ययनपछिको उपलब्धि गुरुयोजना मानिएको भूमि स्रोत र जलस्रोतले अनुमान गरेको छ । सिंचाइ योजना र कार्यक्रमहरुको कार्यान्वयन स्थिति पुनरावलोकन र सूचना प्रणालीलाई अध्यावधिकसमेत गरिएको थियो । त्यस्तै सम्भावित योजनाहरुको पहिचान, प्रारम्भिक लागत अनुमान र प्राथमिकीकरण पनि गुरुयोजनाले गरेको छ ।
गुरुयोजनाले तराईमा जलपथान...









