२४ वर्षमा बढेर ३ हजार पुग्यो बृद्ध भत्ता
उदयपुर, जेष्ठ १६ गते ।
सय रुपैयाबाट सुरुवात भएको बृद्धभत्ता २४ वर्षमा ३ हजार पुगेको छ । आर्थिक वर्ष २०५१/०५२ मा तत्कालिन अर्थ मन्त्रि स्व.भरतमोहन अधिकारीले बजेटमा बृद्धभत्ताको व्यावस्था गरेको थियो ।
तत्कालिन प्रधान मन्त्रि स्व. मनमोहन अधिकारीको पालामा नेपालमै पहिलो पटक बजेटमा बृद्धभत्ता समेटिएपछि बृद्धभत्ता कार्यक्रम लोकप्रिय बन्दै गएका थिए ।
त्यसबेला ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैया सामाजिक सुरक्षा भत्ता दिने व्यवस्थ्था गरेका थियो । तर अहिले ७० वर्ष माथिका जेष्ठनागरिकलाई ३ हजार रुपैयाँ दिने घोषणा भएको हो ।
२०५२ सालदेखि २०६० साल सम्म करिब ८ वर्ष बृद्धभत्ता बढेन । २०६० सालमा अर्थ मन्त्री भएका अधिकारीले वृद्धभत्ता बढाएर एक सय ७५ पुर्याएिका थियो ।
तत्कालिन अर्थ मन्त्रि डा. बाबुराम भट्टराईले २०६५ सालमा बृद्ध भत्ता बढाएर ५ सय पु¥याएको थियो । त्यसपछि २०७१ ...









