उदयपुरमा पहिलो खाना परिकार मेला सुरु
उदयपुर, पुस १ गते ।
उदयपुरमा पहिलोपटक खाना परिकार मेला आईतबारदेखि गाईघाटमा सुरु भएको छ ।
जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको संयुक्त आयोजनामा सदरमुकाम गाईघाटमा दश दिने खाना परिकार मेला सुरु भएको हो ।
मेलाको १ नं. प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियतले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै मन्त्री कुसियतले नेपाली खाना संसारकै उत्कृष्ट रहेको बताउनु भएको छ । नेपाली खाना अन्तर्गतका विभिन्न जातीय परिकारहरुले मेला विशेष बन्ने र पर्यटनमा टेवा पुग्ने विश्वास उहाँको छ ।
उहाँले विविधताले भरिएको प्रदेशनं १ लाई मुलुकको नमुना प्रदेश बनाउन साँस्कृतिक सम्पदाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । मेलाको उद्घाटनशत्रमा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी लगायतले बोलेका थिए ।
...









