Friday, June 5News That Matters

आर्थिक

दशैंमा इन्धन अभाव नहुने

दशैंमा इन्धन अभाव नहुने

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ । गाईघाट–दशैंको अवधिमा इन्धन अभाव नहुने भन्दै नेपाल आयल निगमले प्रतिबद्धता जनाएको छ । निगमका अनुसार पर्याप्त भण्डारण रहेको र आपूर्ति सहज भएकाले आपूर्ति सहज हुने भएको हो । निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको निगमले जनाएको छ । निगमको देशभर विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार सञ्चित गरिएको जनाएको छ । विराटनगर, चारआली, भद्रपुर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज र काठमाडौंमा निगमका डिपो छन् । यस्तै, मन्थली, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, दिपायलमा पनि डिपो रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा पनि कुनै समस्या नहुने निगमले जनाएको छ ।...
उदयपुर सिमेन्टलाई विद्युतको मार, सातामा अढाई करोड नोक्सान

उदयपुर सिमेन्टलाई विद्युतको मार, सातामा अढाई करोड नोक्सान

आर्थिक, समाचार
गाईघाट–विद्युत प्राधिकरणको चरम लापरवाहीमा परी देशकै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले सातादिनमा अढाई करोड नोक्सान व्यहोर्नु परेको जनाएको छ । उत्पादन र विक्रीका हिसावले उद्योग नाफामै रहेपनि प्राधिकरणबाट नियमित विजुली आपुर्ति नहुदा एक सातामै २ करोड ५० लाख नोक्सान व्यहोर्नु परेको उद्योगका नायब महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए । उद्योगको बैंक मौजाद अहिलेपनि ५ करोड बढि रहेको साहले बताए । अघिल्लो आर्थिक बर्षमा २५ करोड मुनाफा गरेको उद्योगले यो बर्ष बिद्युत समस्याका कारण सोचेअनुरुप मुनाफा गर्न सक्ने अबस्था नदेखिएको साहले बताए । प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि दैनिक सरदर १५ घण्टाभन्दा बढि उपलब्ध गराउन नसकेको गुनासो उनले गरे । साहका अनुसार उद्योगले गति लिएकै बेला दैनिक १० देखि १२ पटक बत्ति जाने आउने गर्दा ठूलो ...
दँशै बजारमा घ्यू र पनिरमा छुट,  आलु र प्याज पनि सस्तोमा पाईने

दँशै बजारमा घ्यू र पनिरमा छुट,  आलु र प्याज पनि सस्तोमा पाईने

आर्थिक
काठमाडौं – सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिने भएको छ । आईतबार आपूर्ति मन्त्री शिव कुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको छ । उक्त छुट चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलहरुमा दिईने छ । त्यसैगरी बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरुमा आलु र प्याज लगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा खुद्रा मूल्य भन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासंघका अध्यक्ष खोम प्रसाद घिमीरेले बताउनुभयो । ‘होलसेल मूल्यमा ढुवानी भाडा जोडेर थोरै मात्र नाफामा विक्री गर्ने व्यवस्था गरीने छ’ उहाँले भन्नुभयो ‘...